Directory Home / Directory
Aadar Multi Investment Company Limited
Metropark Bhawan, Uttardhoka Lazimpat
Finance & Insurance
Office Info
Address Metropark Bhawan, Uttardhoka Lazimpat
Website aadarmic.com.np

कम्पनी ऐन २०६३ अन्तर्गत कम्पनि रजिस्टारको कार्यालय त्रिपुरेश्वरमा दर्ता  नं. १६४७२६/०७३/०७४ तथा आन्तरीक राजश्व कार्यालय कर दाता सेवा केन्द्र न्यूरोडमा स्थाई  लेखा नं. ६०५९८८१८५ बमोजीम दर्ता भएको आदर मल्टि ईन्भेष्टमेन्ट कम्पनि लिमिटेड सम्भवत एसिया महादेशकै पहिलो End User Based Crowd Funded Project हो । महाबौद्ध क्षेत्रमा बसेर बिशेष गरी चिनिया सामानको थोक व्यापार गर्ने ५२२ जना ब्यापारीको समान लगानीमा यो कम्पनी स्थापना भएको हो ।

 

महाबौद्ध क्षेत्रमा यातायात, गोदाम, पार्किङ्ग, सामान ढुवानी, खुल्ला ठाउँ तथा सुरक्षा जस्ता थोक व्यापार का लागि आवश्यक न्युनतम सुविधाहरुको उपलब्धता कम हुँदै गएको तथा घर भाडा र सामान ओसार पसार मा दिन प्रतिदिन समस्या थपिन थालेकाले बिकल्पहरुको खोजी हुन थालेको थियो । त्यही क्रममा २०७२ साल बैशाख १२ गते गएको महाभुकम्पले बिकल्पको खोजीलाई अपरिहार्य आवस्यकतामा परिवर्तन गरिदियो । महाभुकम्प पछि बिकल्पको खोजीमा थोक व्यापारी आबद्ध संघसंस्थाले तत्कालिन सरकारसँग जग्गाको प्रबन्ध गरिदिन अनुरोध गरेको थियो। राहत, उद्धार तथा पुननिर्माणमा लाग्नु परेकाले त्यतिबेला सरकारले ब्यापारीका लागि काठमाडौंमा जग्गा उपलब्ध गराउन सक्ने अवस्था थिएन । त्यही भएर हामीले सरकारसँग जग्गा माग्नुको साटो सक्नेले आना लागि सकेको गर्ने अवधारणा बिकाश गरि आदर बचत तथा ऋण सहकारी संस्थामा इच्छुक व्यापारीहरुलाई आवद्ध गरायौं । सो अवधारणा माथी बिस्तृत रुपमा द्धिपक्ष तथा बहुपक्ष छलफल गरि सहकार्यको खाका बनायौं ।

 

त्यही खाका अनुसार लगानीको बातावरण बनाएर बैंकसँगको सहकार्यमा एनआरएनका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोको कम्पनी तथा उहाँको परिवार का सदस्यको नाममा का.म.पा. १४, बल्खुमा भएको करीब ३६ रोपनी जग्गा खरीद गरेका छौं । कम्पनीको पहिलो प्राथमिकता पारदर्शिता हो । त्यसका लागि हरेक कारोबार बैंक मार्पmत भएको छ भने जग्गा खरीद प्रकृयामा तिरेको मुल्यलाई नै कारोबार मुल्य मानेर कर भुक्तानी गरिएको छ । कम्पनिले उक्त जग्गामा मौजुदा कानुनका अधिनमा रहि शतप्रतिशत कर भुक्तानी तथा कानुनले तोकेको दायरामा रहि आदर ट्रेड महल नामक व्यापारीक भवन निर्माण गर्दैछ । उक्त कम्पनि तथा सहकारीको संचालक समिति, सल्लाहाकार समिति तथा शेयर धनिहरुको बिवरण निम्नानुसार क्रमबद्ध रुपमा रहेको छ ।

Quick Links

© 2026 Suchanaa. All Rights Reserved.