Directory Home / Directory
Aarughat Rural Municipality
Aarughat, Gorkha
Government
Office Info
Address Aarughat, Gorkha
Email 2 rm.arughat@gmail.com

नेपाल सरकारको पछिल्लो प्रशासनिक विभाजन अनुसार गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लाका ११ स्थानीय तहहरूमध्ये एक आरूघाट गाउँपालिका साविकका ५ वटा गा.वि.स.हरु (आरुचनौटे, आरुपोखरी, आरुअर्बाङ्ग, मान्बु र थुमी) मिलेर स्थापना भएको हो । भौगोलिक हिसाबले ८४४४’३१.९६” देखि ८४५८’२०.०९” पूर्वी देशान्तर र २८२’२१.५५” देखि २८११’५६.१२” उत्तरी अक्षांशसम्म रहेको यस गाउँपालिकामा उष्ण, सम-शितोष्ण, शितोष्ण, लेकाली र हिमाली हावापानी पाईन्छ । यो गाउँपालिका समुद्री सतहबाट ४७९ मिटर देखि ३७३५ मिटरको उचाइमा रहेको छ । गाउँपालिकाको घर धुरी सर्वेक्षण २०७८ अनुसार १५४.५६ वर्ग.कि.मी. क्षेत्रफल रहेको यस आरूघाट गाउँपालिकाको पूर्वमा धादिङ जिल्ला, पश्चिममा बारपाक सुलिकोट गाउँपालिका, उत्तरमा धार्चेगाउँपालिका तथा दक्षिणमा भिमसेनथापा गाउँपालिका पर्दछन् । प्रशासनिक तथा राजनैतिक दृष्टिले यस गाउँपालिकालाई १० वटा वडामा विभाजन गर्नुका साथै गोरखा जिल्लाको निर्वाचन क्षेत्र नं.१, प्रदेशसभाको लागि निर्वाचन क्षेत्र १(ख) गण्डकी प्रदेश अन्तर्गत राखिएको छ । केन्द्रीय तथ्याङ्क बिभाग, राष्ट्रिय जनगणना, वि.सं.२०७८ को प्रारम्भिक नतिजा अनुसार यस गाउँपालिकाको कूल जनसंख्या २१,८७६ (पुरुष : १०४०९,महिला: ११४६७, परिवार संख्या: ६२२०, घरसंख्या ५९५०) रहेको छ ।

गाउँपालिकाको अधिकांश क्षेत्र वनजंगल, पहाडी भूभागले ओगटेको खेतीयोग्य एवं उर्वरा जमीन, नदीनाला,जंगली जनावर र जडीबुटी पनि उल्लेख्य मात्रामा मात्रामा रहेका छन् । नेपालको मध्य पहाडी महाभारत पर्वत श्रृंखलामा अवस्थित गोरखा जिल्लाका ११ वटा स्थानीय तहहरूमध्येको एक आरुघाट गाउँपालिका भौगोलिक विविधताले भरिपूर्ण रहेको छ । बुढी गण्डकी नदीले बनाएको गहिरो आरुघाट खोँच देखि अग्ला हिउँदमा कहिलेकाहीँ हिउँ समेत पर्ने सतिडाँडा माथिल्लो धोरतडाँडा लगायत महाभारत पर्वत श्रृंखलासम्म फैलिएको यस गाउँपालिका प्राकृतिक विविधताको धनी र पर्यटकीय दृष्टीले महत्वपूर्ण रहेको छ ।

Quick Links

© 2025 Suchanaa. All Rights Reserved.