देशमा संघिय व्यवस्था लागु भईसकेपछि प्रदेश सरकार, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, प्रदेश २ को मातहतमा बारा जिल्ला कार्यक्षेत्र रहने गरी वि.सं. २०७५ सालमा कृषि ज्ञान केन्द्र, बाराको स्थापना भएको हो l बारा जिल्लाको आर्थिक विकासको मेरुदण्डको रुपमा रहेको कृषि क्षेत्रलाई समयसापेक्ष नयाँ प्रविधिको माध्यमबाट आधिनिकिकरण र व्यवसायीकरण गरी समग्र जिल्लावासीको जीवस्तरमा सुधार ल्याउनु यस कार्यालयको मुख्य जिम्मेवारी रहेको छ l
उदेश्य
प्रदेश सरकारबाट बारा जिल्लाको लागि स्वीकृत कार्यक्रमहरुलाई कृषकहरु समक्ष पुर्याउने काम गर्ने
भ्यालिडेशन परीक्षण सन्चालन गर्ने
परीक्षण सम्वन्धी सामान्य प्रयोगशाला सेवा
कृषि प्रसार शैक्षिक क्रियाकलाप सन्चालन गर्ने
प्राविधिक तथा व्यवसायिक कृषक र व्यवसायी
एडभान्स तालिम संचालन गर्ने
विशेषज्ञ प्राविधिक सेवा
कृषि विकास कार्यक्रम, आयोजनाको समन्वय तथा सम्पर्क विन्दुको रुपमा कार्य
कृषि बिकाश कार्यक्रममा सरकारलाइ सहयोग
जैविक विविधताको पहिचान, संरक्षण र उपयोग
अनुसन्धान स्थलको रुपमा कार्य
स्रोतकेन्द्रको रुपमा कार्य
क्षमता विकास सम्वन्धि कार्य
संघीय आयोजनाहरुको संचालन र नियन्त्रण
पकेट, ब्लक, जोन तथा सुपरजोनहरुको लागि प्राविधिक सेवा
बाली बस्तु विकासको योजना, मूल्य अभिवृद्धि श्रृंखला विकास तथा कार्यान्वयन
इन्टर्नसिप कार्यक्रम संचालन
कृषि सम्वन्धि तथ्याँक सँकलन तथा अध्यावधिक गर्ने र संघीय तालुक निकायहरुमा पठाउने
Discussion & Queries
Ask a question or share an update (e.g. number unavailable, changed address).
No comments yet. Be the first to start the discussion.