डोटी जिल्लाको साविक घाङल, बर्छैन, मान्नाकापडी र लानाकेदारेशवर गा.वि.स. लाई मिलाएर बडीकेदार गाउँपालिकाको स्थापना २०७३ चैत्र २ गते भएको हो । डोटी जिल्लाको सदरमुकाम बाट १५० कि.मि. दक्षीण तर्फ रहेको यस गाउँपालिकाको नाम यसै क्षेत्रको प्रसिद्ध धाम बडीकेदार को नाम बाट नामाकरण गरिएको छ । यस गाउँपालिकामा जम्मा ५ वटा वडाहरु रेहका छन् । समुद्री सतह देखि १८०० मिटर उचाईमा रहेको यस गाउँपालिकाको कुल क्षेत्रफल ३३२.५५ वर्ग किलोमिटर रहेकोछ । धार्मिक पर्यटन र जटीबुटीको प्रचुर सम्भावना रहेको यस गााउँपालिकाको प्रमुख प्रसिद्ध धार्मिक स्थल बडीकेारधाम यस गाउाँपालिकाको वडा नं. ५ मा र प्रमुख पर्यटकीय स्थल कालारुवा ताल यस गाउँपालिकाको वडा नं. ४ मान्नाकापडी मा रहेको छ ।
© 2025 Suchanaa. All Rights Reserved.