Directory Home / Directory
Baijnath Rural Municipality
Rampur, Banke
Government
Office Info
Address Rampur, Banke
Email 2 baijanathrumun@gmail.com

बैजनाथ गाउँपालिका लुम्बिनी प्रदेशको बाँके जिल्लामा अवस्थित रहेको छ। पूर्वमा कोहलपूर नगरपालिका, दक्षिणमा खजुरा गाउँपालिका र पश्चिममा मानखोला तथा उत्तरमा बर्दिया जिल्लाको बाँसगढी नगरपालिका अवस्थित रहेको छ| गाउँपालिकाको केन्द्र साविक बनकटवा गाविसको कार्यालय रहेको स्थानमा रहेको थियो, हाल रामपुर वडा नं. ५ मा रहेको छ। साविकका चिसापानी, नौवस्ता, वनकटवा र टिटिहिरिया गाविस मिलेर गठन भएको हालको बैजनाथ गाउँपालिकाको नामाकरण ऐतिहासिक तथा राजनितिक पृष्ठभुमि सँग जोडिएको छ। साविकको वनकटवा वडा नं ३ र हालको वडा नं ७ पेडारीमा जन्मेका बैजनाथ थारुको नामबाट यस गाउँपालिकाको नामाकरण भएको हो।

 

जातीय हिसाबले मिश्रित बसोबास रहेको यस गाउँपालिकामा थारु, मुस्लिम, बाहुन, क्षेत्री, ठकुरी र दलित जातिहरु रहेका छन्। जातीय र भाषिक विविधता रहेको यस गाउँपालिका क्षेत्रमा मुख्य रुपमा हिन्दु धर्मावलम्बी नै रहे पनि मुस्लीम र  क्रिश्चियन धर्म मान्ने जनसंख्या पनि यहाँ रहेको छ।

 

पश्चिमी तराइ क्षेत्रमा पर्ने यस गाउँपालिकाको सम्पूर्ण भुभाग समथर रहेको छ। बर्दिया राष्ट्रिय निकुञ्ज र बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ति क्षेत्रमा पर्ने केही भुभागमा चुरे क्षेत्रका विषेशता रहे पनि अधिकांश क्षेत्रहरु समथर रहेको छ। यस गाउँपालिकाको कुल जमिन मध्ये सबैभन्दा बढि क्षेत्रमा खेती गरिएको छ भने मध्यवर्ती क्षेत्र लगायतको बन जंगलले पनि उल्लेख्य क्षेत्र ओगटेको छ।

 

Ambulance Service

सम्पर्क नं. : 9866911383/ 9762316831
चेतन सुनार, नौबस्ता स्वास्थ्य चौकी

सम्पर्क नं. :9762316832/ 9812450513
निरज चौधरी, टिटिहिरिया स्वास्थ्य चौकी

Quick Links

© 2025 Suchanaa. All Rights Reserved.