बागमती प्रदेश अन्तर्गतको बलेफी गाउँपालिका सिन्धुपाल्चोक जिल्लाका १२ वटा स्थानीय तह मध्ये महत्वपूर्ण भौगोलिक अवस्थितिमा रहेको स्थानीय तह हो । यो गाउँपालिका जलबिरे, फुल्पिङकोट, फुल्पिङडाँडा र मांखा गाविसहरु समेटेर स्थापना भएको हो । यस गाउँपालिको कुल क्षेत्रफल ६१.६० वर्ग कि.मी. रहेको छ । यहाँ हिन्दु, बौद्ध र क्रिश्चियनहरुको बसोबास रहेको छ । यहाँको मुख्य भाषा नेपाली हो, त्यस्तै तामाङ, नेवार र अरु भाषा पनि बोलिने गर्दछन् । यस गाउँपालिकाको कुल जनसंख्या १७,०८५ रहेको छ । ‘गाउँपालिका, नगरपाकिला तथा विशेष संरक्षित वा स्वायत्त क्षेत्रको संख्या तथा सीमाना निर्धारण आयोग’ले बलेफी गाउँपालिकालाई ८ वटा वडामा विभाजन गरको छ । सोही आधारमा गाउँपालिकाले प्रशासनिक एवं सेवा प्रवाहका कार्य गरिरहेको छ । बलेफी गाउँपालिकाको पूर्वमा बाह्रबिसे नगरपालिका, पश्चिममा चौतारा साँगाचोकगढी नगरपालिका, उत्तरमा जुगल गाउँपालिका र दक्षिणमा सुनकोशी गाउँपालिका रहेका छन् ।
© 2025 Suchanaa. All Rights Reserved.