Balkumari Saving & Credit Co-operative Ltd. Home / Directory
Balkumari Saving & Credit Co-operative Ltd.
Shankhadhar Chowk, Ward 04, Madhyapur Thimi MUN, Bhaktapur, Bagmati
Finance & Insurance
Address Shankhadhar Chowk, Ward 04, Madhyapur Thimi MUN, Bhaktapur, Bagmati

'आर्थिक, सामाजिक तथा साँस्कृतिक उन्नतीका लागि सहकारीताको भावनालाई जगाऔं’भन्ने मुल नाराका साथ मध्यपुर थिमिका विभिन्न क्षेत्रमा आबद्ध २८ जना महानुभावहरुले २०५७ असोज २ गते सोमबार यस संस्थाको स्थापना भएको हो ।

 

      जिल्ला सहकारी कार्यालय भक्तपुरमा दर्ता नं ३३/०५७/५८ मा दर्ता भई ७ लाख रूपैयाँ पुँजीबाट सुरु भएको संस्थाले स्थानीय तहमा छरिएर निस्क्रिय रुपमा रहेको सानो-सानो पुँजीलाई एकीकृत गरी सहकारीताको भावनाले अभिप्रेरित भएर विभिन्न क्षेत्रमा लगानी गर्दै सदस्यहरुको आर्थिक उन्नतिमा टेवा पुर्‍याउँदै आइरहेको छ । सदस्य तथा स्थानीयवासीहरुलाई वित्तीय रुपमा साक्षर बनाउन संस्थाले वित्तीय साक्षरता तालिमहरु सञ्चालन गर्दै आइरहेको छ ।

 

      आफ्नै भवनबाट सञ्चालित यस संस्थाले स्थापनाकालदेखि नै सदस्यहरुलाई स्वरोजगार बनाउने उद्देश्यले विभिन्न आयमूलक र सीपमूलक तालिमहरु जस्तै- दालमोठ, मैनबत्ती, आलुटिप्स, अचार, मिठाई, कपडाको जुत्ता र कपडाको फुललगायतको तालिम सञ्चालन गर्दै आइरहेको छ । यसका साथै समाजमा देखिएको विभिन्न समस्याहरुलाई समाधान गर्ने उद्देश्यले स्वच्छ वातावरणको लागि वृक्षरोपण गरी वातावरण संरक्षण तथा प्रबद्र्धनमा काम गरी आएको छ ।

 

स्थानीय सम्पदा र संस्कृतिलाई जीवन्त बनाइराख्न समुदायिक वन अन्तरत चिफ्ःमा पाटीपौवा निर्माण गरी स्थानीय बालकुमारी, विष्णुविर उपभोक्तालाई हस्तान्तरण गर्नुका साथै विभिन्न मठमन्दिर, पाटीपौवा निर्माणमा संस्थाले आर्थिक तथा भौतिक सहयोग गर्दै आइरहेको छ । स्थानीय नित्य भजनमण्डल र अन्य भजन मण्डललाई विभिन्न वाद्य सामग्रीहरु वितरण गरी लोपोन्मुख भजनमण्डललाई निरन्तर सञ्चालनका लागि सहयोग गर्दै आइरहेको छ । लोप हुन लागेको स्थानीय लाय्कू भैल (भैरव नाच) लाई निरन्तरता दिनका लागि संस्थाले अक्षयकोष सञ्चालनको लागि आर्थिक सहयोग गरेको छ । 

 

      अरनिको राजमार्गको ६ लाइन सडक विस्तारबाट अत्यधिक सडक दुर्घटना हुन थालेपछि न्यूनीकरणका लागि संस्थाले स्थानीय विभिन्न चोकमा ट्राफिक जनचेतनामूलक सन्देश बोर्डहरुबाट सचेत गर्नुका साथै ट्राफिक प्रहरीको समन्वयमा ट्राफिक जनचेतनामूलक कार्यक्रम गर्दै आइरहेको छ ।

 

      सामाजिक उत्तरदायित्व अन्तर्गत संस्थाले नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा स्थापना दिवसको उपलक्ष्यमा वार्षिक रुपमा रक्तदान कार्यक्रम गर्दै आइरहेको छ । नेपाल रेडक्रस सोसाइटीको समन्वयमा प्राथमिक उपचारलगायत विभिन्न तालिमहरु सञ्चालन गर्दै आइरहेको छ । साथै नेपाल रेडक्रस सोसाइटी, मध्यपुर थिमि उपशाखाले सञ्चालन गरेको शववाहन संचालनको लागि अक्षयकोष स्थापना गर्न संस्थाले आर्थिक सहयोग गरेका थिए ।

 

      स्थानीय विद्यालयका विद्यार्थीहरुको प्रतिभा प्रस्फुटनका लागि संस्थाले जिल्ला व्यापी विद्यालय स्तरीय नृत्य, चित्रकला, वक्तृत्वकला र हाजिरीजवाफ प्रतियोगिता गर्दै आइरहेको छ । साथै शारीरिक सुस्वास्थ्य र खेलकुदको विकासका लागि संस्थाले फुटसल प्रतियोगिता आयोजना गरेको थियो । विभिन्न संघसंस्थाले आयोजना गरेको प्रतियोगिताहरुमा संस्था सक्रिय सहभागिता जनाउँदै उत्कृष्ट स्थान हासिल गर्दै आइरहेको छ । संस्थाको स्थापना दिवसको अवसरमा ‘स्वस्थ हुनका लागि हिँडौं’भन्ने मूल नाराका साथ वाकथनको आयोजना गरेको थियो ।

 

      नेपाल सरकार डिभिजन सहकारी कार्यालय भक्तपुरले आर्थिक वर्ष २०६७/६८ मा यस संस्थालाई जिल्लाभरिको उत्कृष्ट सहकारी घोषणा गरी पुरस्कृत गरिएको छ । राष्ट्रिय सहकारी बैंक लिमिटेडले यस संस्थालाई सहकारीको विकास, प्रबद्र्धन र सामाजिक रुपान्तरणमा पुरयाएको योगदानको उच्च मूल्यांकन गर्दै आर्थिक वर्ष २०७२/७३ को उत्कृष्ट क्षेत्रीय उपत्यकाभित्र मध्येबाट सम्मान गरिएको छ । संस्थालाई विभिन्न संघसंस्थाले आर्थिक सहयोग गरेवापत कदरपत्र र प्रशंसापत्र प्रदान गर्दै आइरहेको छ ।

 

      संस्थाले विभिन्न राष्ट्रिय/अन्तर्राष्ट्रिय सभा-सम्मेलन, गोष्ठी, तालिममा सक्रिय सहभागिता जनाउँदै आइरहेको छ । आन्तरिक पर्यटन प्रबद्र्धनका लागि संस्थाले अधिराज्यभरिका विभिन्न सहकारी संस्थाहरुको अवलोकन भ्रमण गर्दै आइरहेको छ भने संस्थामा पनि विभिन्न सहकारीहरुले भ्रमण गरेका छन् । साथै अन्तर्राष्ट्रिय राष्ट्र बंगलादेश, भारत र भुटानका सहकारीकर्मीले यस संस्थाको अवलोकन भ्रमण गरेको छ ।

 


 

Vision

सदस्यहरूको सामाजिक र आर्थिक हितलाई ध्यानमा राखी देहायका उल्लेख भए बमोजिम काम कारबाही संस्थाको उद्देश्य हुनेछ ।
(क) संस्थाका सदस्यहरूबीच स्वावलम्बन, पारस्परिक सहयोग एवं मितव्ययिताको अभिबृद्धि गरी नियमित बचत गर्ने बानी प्रबद्र्धन गर्ने,
(ख) नियमितरुपमा सदस्यहरूबाट बचत प्राप्त गर्नुका साथै उनीहरूले गरेका बचतमा उचित व्याज दिने,
(ग) उत्पादनशील, आयमूलक, सीपमूलक उद्देश्यका लागि सदस्यहरूलाई उचित व्याज दरमा ऋण प्रदान गर्ने,
(घ) आत्मनिर्भरता तथा आत्मविश्वास बढाउनका लागि सदस्यहरूलाई उत्प्रेरित गर्ने,
(ङ) सदस्यहरूलाई आयआर्जन क्षमता बृद्धि गर्नका लागि आवश्यक सहयोग र जानकारी उपलब्ध गराउने ।
(च) सदस्यहरूको आर्थिक अवस्था सुधार गर्न सक्ने किसिमका अन्य क्रियाकलाप सञ्चालन गर्ने ।
(छ) साधारण जनताका आर्थिक अवस्थाको विकास र प्रबद्र्धनमा समर्पित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संगठनको ढाँचामा पुग्ने उद्देश्य लिई गठित केन्द्रीय संघको  सदस्यता ग्रहण गर्ने ।

 


 

Mission

  • समुदायमा आधारित एक उत्कृष्ट सहकारी बनाउने

Claim this Directory

Please log in to claim this directory.

Ratings & Reviews

0.0 (No reviews yet)
Please log in to leave a review.

No reviews yet. Be the first to rate this directory.

Discussion & Queries

Ask a question or share an update (e.g. number unavailable, changed address).

Please log in to join the discussion.

No comments yet. Be the first to start the discussion.