ऐतिहासिक सम्पदाले भरिपूर्ण बन्दीपुर, विगतमा भारत र तिब्बत जोड्ने प्राचिन व्यापार मार्गको प्रमुख व्यापारिक केन्द्र रहँदै आएको थियो। कला, संस्कृति, धर्म र अर्थ यहाँको मुख्य मान्यता रहेका थिए। वनदेवीको वासस्थान रहेकोले बन्दीपुरको नाम सुपरिचित छ। जहाँ भगवान शिवजिको साक्षात देवी गुरुआमाको रुपमा वनदेवीलाई पूजेको किंवदन्ती पाइन्छ। प्राचिन धर्म, संस्कृति, सम्पदा र प्राकृतिक सौन्दर्यताले भरिएको यस ठाउँमा रुपमय काठका घरहरू, मन्दिरहरू र प्यागोडा शैली साथै पृथक जीवनशैलीले समृद्ध इतिहास सम्झाइदिने गर्दछ। यहाँबाट विश्वको सबैभन्दा लामो हिमालहरूको श्रृङ्खलालाई २२७ डिग्रीको कोणमा देख्न पाइन्छ। बन्दीपुर स्वयं देवी मन्दिर र तीन धारा जोडिएको रहको अत्यन्तै पवित्र पुण्य भूमि हो।
शान्त वातावरण : बन्दीपुरको ट्राफिकमुक्त मुख्य सडक र शान्त पहाडी स्थानले यसलाई विश्राम र ऊर्जा पुनः प्राप्तिका लागि उपयुक्त गन्तव्य बनाएको छ, जसले पर्यटकहरूलाई विशेष आकर्षित गर्दछ। संस्कृति, प्रकृति र साहसिक यात्राको अनुपम संयोजनले बन्दीपुरलाई हरेक प्रकारका पर्यटकहरूका लागि उपयुक्त गन्तव्य बनाएको छ।
© 2025 Suchanaa. All Rights Reserved.