Directory Home / Directory
Baragadhi Rural Municipality
Khopwa, Bara
Government
Office Info
Address Khopwa, Bara

बारा जिल्लामा अवस्थित बारागढी गाउँपालिका प्रदेश नं. २ अन्तरगतको मिश्रित विशेषता बोकेको गाउँपालिका हो ।  साविक सुखी पथरा, भवानीपुर, पिपरा वस्तपुर, खोपवा, विशुनपुर्वा, गढहलका सवै वडाहरु तथा सिहासनीका ३, ४, ५, ६, ७, ८, ९ वडाहरु मिलेर बनेको यो गाउँपालिका ३९.२९ वर्ग कि.मी. क्षेत्रफलमा फैलिएको छ । यस परिच्छेदमा यहाँको भौगोलिक अवस्थिति, ऐतिहासिक चिनारी तथा नामाकरण, राजनीतिक अवस्थिति, प्राकृतिक तथा साँस्कृतिक उत्कृष्टता र विकासका संभावनाहरुलाई देहाय बमोजिम प्रस्तुत गरिएको छ ।

 

भौगोलिक अवस्थिति

बारागढी गाउँपालिका भौगोगिक अवस्थितिका हिसाबले २६डिग्री ५७मिनेट १ सेकेण्ड देखि २७डिग्री १ मिनेट ४४ सेकेण्ड उत्तरी अक्षांश र ८५ डिग्री ५ मिनेट ३४ सेकेण्ड देखि ८५ डिग्री ११ मिनेट २२ सेकेण्ड पुर्वी देशान्तरमा फैलिएको छ ।

 

यस गाउँपालिका बारा जिल्लाको जिल्ला सदरमुकाम देखि १४ कि.मी. पूर्वमा अवस्थित छ । ६ वटा वडाहरुमा विभाजित यस गाउँपालिकाको पूर्वमा रौतहट जिल्ला, पश्चिममा करैयामाई गाउँपालिका र महागढीमाई नगरपालिका, दक्षिणमा पचरौता नगरपालिका, आदर्श कोतवाल गाउँपालिका र उत्तरमा कोल्हवी नगरपालिकासँग सिमाना जोडिएको छ । जिल्लाको कुल क्षेत्रफलको ३.०९ प्रतिशत भुभाग ओगटने यस गाउँपालिकाको कुल क्षेत्रफल ३९.२९ वर्ग कि.मी. रहेको छ । वडा अनुसार गाउँपालिकाको क्षेत्रफल तलको तालिकामा उल्लेख गरिएको छ ।

Quick Links

© 2025 Suchanaa. All Rights Reserved.