Directory Home / Directory
Barahathawa Municipality
barhathawa, Sarlahi
Government
Office Info
Address barhathawa, Sarlahi

परापुर्व कालमा बरहथवा छेत्रमा हाती लुक्ने बाह्र हात लामो खरको घाँसको धाडी बढी पाइने भएकोले सो क्षेत्रलाई बरहठा भन्ने गरिन्थ्यो | पछि अप्भ्नस भएर बरहथवा नाम हुन गएको पाइन्छ | जनकपुर अन्चलको सर्लाही जिल्लामा पर्ने बरहथवा विक्रम सम्वत् २०११ साल भन्दा पहिला अग्ला स्थान भएका वस्तीहरु वाहेक अधिकांश क्षेत्र जंगलले ढाकेको थियो | बरहथवा क्षेत्र जमिन्दारी प्रथामा संग्रामपुर मौज अन्तर्गत पर्दथ्यो | विक्रम सम्वत् २०११ सालमा बागमती नदीमा आएको भिषण बाढीले बरहथवा र वरिपरिका क्षेत्रलाई नदी उकाश जग्गाको रुपमा परिणत गर्यौ | वरपरका क्षेत्रबाट घाँस, दाउरा तथा काठको लागि जंगलमा आउने व्यक्तिहरुले बाढीले गर्दा जंगलमा उकास भएको जाग्गाको बारेमा थाहा पाए पछि हालआवादीको लागि निवेदन दिए | बिक्रम सम्वत् २०११ साल पछि हालआवादीको दरखास्त संगै तत्कालिन जमिन्दार श्री चक्र बहादुर आमात्य ज्यु को नेतृत्वमा बरहथवा र आसपासका क्षेत्रलाई जंगल कटान गरी वसोवास योग्य बनाउन बन्दोवस्त मिलाइएको थियो |

 

पंचायतकालमा बरहथवा क्षेत्र पिडारी गाउँ पंचायत अन्तर्गत पर्दथ्यो | त्यसवेला पिडारी गाउँ पंचायतमा पिडारी, जानकीनगर, मुर्तिया, बरहथवा र शंकरपुरको केहि भागहरु समेटिएको थियो | २०२० सालमा बरहथवा क्षेत्र पिडारी गाउँ पंचायतबाट अलग भएर गंगापुर-सीतापुर गाउँ पंचायतअन्तर्गत समेटियो | बिक्रम. सम्वत् २०२०-२४ को नापीमा त्यस वेलाको बरहथवा गंगापुर-सीतापुर गाउँ पंचायत अन्तर्गतको वडा नम्बर ५,६,७,८, र ९ पर्दथ्यो | बाढी पश्चात विक्रम सम्वत् २०१९ सालसम्म बरहथवा वरिपरीका क्षेत्र हरुमा जंगलको अधिकारिक फडानी भयो | बरहथवा बजार को शुरुवात बिक्रम सम्वत २०२०-२१ सालतिर भएको पाइन्छ | बरहथवा क्षेत्रको आफ्नो छुट्टै पहिचान २०२५ सालमा मात्र बरहथवा गाउँपंचायतको रुपमा भएको थियो | बिक्रम सम्वत् २०२६ साल मा भएको बरहथवा गाउँ पंचायतको पहिलो चुनावमा श्री क्षेत्र सिंह गुरुङ निर्विरोध गाउँ पंचायतको प्रधान-पंचमा निर्वाचित हुनु भएको थियो | त्यस पश्चात प्रजातन्त्र आउदाकाल सम्म अधिकांश समय श्री नारायण बहादुर अमात्य ज्युले बरहथवाको निर्वाचित प्रधानपंचको रुपमा सेवा गर्ने मौका पाउनु भयो |

 

विक्रम सम्वत् २०४६ सालको आन्दोलन पश्चात प्रजातन्त्रको प्रादुभाव संगै बरहथवा गाउँ पंचायत बरहथवा गाउँविकास समितिमा परिवर्तन हुन गयो | प्रजातन्त्र को प्रादुभाव भएपक्षि यस गा.वि.स.को अध्यक्ष श्री रामचन्द्र महतो ज्यु हुनु भयो त्यस पछिको चुनाव बाट श्री नारायण बहादुर आमात्य ज्यु नै गा.वि.स.को अध्यक्ष हुनु भयो | हाल जनसंख्या बार्षिक  आय तथा भौतिक पूर्वाधारको अवस्थाको आधारमा नेपाल सरकारले मिति २०७२ साल अशोज १ गते बरहथवा गाउँ विकाश समिति मुर्तिया, हजरिया र लौकठ गाउँ विकाश समितिहरु मिलाएर बरहथवा नगरपालिका घोषित गरियो | तत्पस्चात साविकका सुन्दरपुर चुहर्वा गा.वि.स. श्रीपुर गा.वि.स. र जानकीनगर गा.वि.स. का वडा नं. ४,६,७,८, र ९ समायोजन गरि बरहथवा नगरपालिका को केन्द्र पुरानो बरहथवा गाउँविकास समितिको कार्यालयमा रहेको छ |

 

Quick Links

© 2025 Suchanaa. All Rights Reserved.