Directory Home / Directory
Barbardiya Municipality
Jayanagar, Bardiya
Government
Office Info
Address Jayanagar, Bardiya
Email 2 info@barbardiyamun.gov.np
Audio Notice Board 1618-084-404107

नेपालको लुम्बिनी प्रदेश को बर्दिया जिल्लामा पर्ने यो बारबर्दिया नगरपालिका नेपाल सरकारको मिति २०७३ साल फाल्गुन २७ गतेको निर्णयानुसार गठन भएको नगरपालिका हो । साविक बानियाभार, पदनाहा, मगरागाडी र धधवार सहित ४ गाविस समाहित गरि यो नगरपालिकाको निर्माण भएको हो । यस नगरपालिकामा जम्मा ११ वटा वडाहरु छन् । बारबर्दिया नगरपालिका बर्दिया जिल्लाको मध्य भागमा २८ डिग्री २६ मिनेट देखि २८ डिग्री ३६ मिनेट उतर आक्षांश सम्म र ८१ डिग्री ३० मिनेट देखि ८१ डिग्री ५० मिनेट उतर देशान्तर सम्ममा अवस्थित रहेको छ । यस नगरपालिकाकाे सिमाना पूर्वमा बाँसगढी नगरपालिका, पश्चिममा मधुवन नगरपालिका, उत्तरमा बर्दिया राष्ट्रिय निकुञ्ज र ठाकुरबाबा नगरपालिका तथा दक्षिणमा गुलरिया नगरपालिका रहेको छ । यस नगरपालिकाको घरधुरी संख्या १६८९७ र  कुल जनसंख्या ७२५३३ रहेको छ जसमा ३४१२६ पुरुष तथा ३८४०७ महिला रहेका छन ।श्रोतः राष्ट्रिय जनगणना २०७८ । यो नगरपालिका २२६.०९ वर्ग किमी क्षेत्रमा फैलिएको छ भने यसको उचाई समुन्द्री सतहदेखि करिव १७५ मिटरमा  रहेको छ । उत्तरमा केहि चुरे क्षेत्र र दक्षिणमा तराई रहेको छ ।

Quick Links

© 2025 Suchanaa. All Rights Reserved.