Batika Saving and Credit Cooperative Ltd. Home / Directory
Batika Saving and Credit Cooperative Ltd.
Rajakachautara, Pokhara MC, Kaski, Gandaki
Finance & Insurance
Address Rajakachautara, Pokhara MC, Kaski, Gandaki

हाम्रो बारेमा

बाटिका बचत तथा ऋण सहकारी संस्था लिमिटेड. सहकारी ऐन २०४८ अनुसार बचत तथा ऋण कारोबार गर्न स्थापन भयको संस्था हो | यो संस्था विं.सं. २०६५ साल असोज ९ गते सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय कास्की मा विधिवत रुपमा दर्ता भई शुरु गरिएको हो |

संस्थाको संथापन १५० जना शेयर सदस्यहरुबाट रकम रू.३०,००,०००/- शेयर पुंजी संकलन गरि साविक लेखनाथ नगरपालिका वडा.१३,१४,र १५ लाई कार्यक्षेत्र बनाई कारोबार शुरु गरिएको हो हाल संस्थाको कार्यक्षेत्र साविक लेखनाथ नगरपालिका,देउरली गा.वि.स. र रुपाकोट गा.वि.स. रहेको छ |

 


लक्ष्य:

मुलुकको विकासमा सहकारी संस्थाहरुले खेल्ने भूमिका महत्वपूर्ण हुन्छ | तसर्थ यस संस्थाको माध्यमबाट समेत निष्कृय रुपमा छरिएर रहेको पुंजी, श्रम तथा सीपलाई एकत्रित गरि उत्पादनशील, आयमुलक तथा रोजगारी सिर्जना गर्ने छेत्रमा लगानी प्रबर्द्धन गर्दै प्रतिस्धर्त्मक रुपमा उच्च गुणस्तरीय तथा विश्वश्नीय वित्तिय लगायत समुदाय तथा सदस्यहरुको माग बमोजिम अन्य संभवित क्षेत्रहरु समेतको पहिचान गरि उनीहरुको आर्थिक, सामाजिक विकासमा योगदान पुर्याउने उधेश्यले यस संस्थाको स्थापना गरिएको हो |


शेयर पुंजी:

यस संस्थाको शेयर सदस्य संख्या ८४२ रहेको छ भने चुत्ता पुंजी रकम रु. ४,०९,०२,८००/-(अक्षरुपि चार करोड एक लाख बयानब्बे हजार आठ सय रुपैया रहेको छ |


व्यवस्थापन:

लामो समय देखि बैकिंग, वित्तिय तथा सहकारिटको छेत्रमा कार्य गरि द्क्ष अनुभवी वक्तिहरुबाट संचालित यस संस्थाले बिगत ९ वर्षदेखि भरपर्दोर विश्वश्नीय वित्तीय छेत्रमा काम गर्दै आएको छ | संस्थाको नीति, नियम र कार्यक्रमहरु प्रभावकारिताका साथकार्यान्वयन गर्न दक्ष् तथा अनुभवी कर्मचारी कार्यरत रहेको छन् |


संस्थागत:

संस्थाले पोखरा लेखनाथ महनगरपालिका वडा नं.३२, राजाका चौतारा (०-१४-१-०) क्षेत्रफलको जग्गातथापक्की भवन खरिद गरिसकेको छ | हाल सोहि भवनको भुइँ तलामा डेकोरेशन काम सकी साधारणसभाकोक दिन उद्घाटन गरी कार्यालय संचालन गर्न लागिएको छ|


 
Claim this Directory

Please log in to claim this directory.

Ratings & Reviews

0.0 (No reviews yet)
Please log in to leave a review.

No reviews yet. Be the first to rate this directory.

Discussion & Queries

Ask a question or share an update (e.g. number unavailable, changed address).

Please log in to join the discussion.

No comments yet. Be the first to start the discussion.