बेसीशहर नगरपालिकाको कुल जनसंख्याको (४४५९७)४९% महिला छन् भने ५१% पुरुष छन् । कुल जनसंख्याको ७४.९८% जनसंख्या हिन्दु छन् जसमा क्षत्री जतिको बाहुल्यता रहेको पाइयो । मातृभाषाको हकमा ८०.३३% जनसंख्याको मातृभाषा नेपाली देखियो । नगरपालिकाको शैक्षिकस्तरको हकमा ८.८८% जनसंख्या लेखपढ गर्न नसक्ने देखिन्छ भने ७७.५४% जनसंख्या औपचारिक शिक्षा हासिल गरेका वा गर्दै गरेका देखिन्छ । बसोबासको हकमा ७८.१६% जनसंख्या बेसीशहर नगरपालिकामा स्थायी रुपमा बसोबास गरेको पाइयो भने २१.८४% जनसंख्या नगरपालिका बाहिर स्वदेश वा विदेशमा बस्ने गरेको पाइयो । बेसीशहर नगरपालिकामा बसोबास गर्ने जनसंख्याको मुख्य पेसाका रुपमा कृषि तथा पशुपालन देखियो । कुल जनसंख्याको १२.७८% जनसंख्या कृषि तथा पशुपालनमा आवद्ध छन् । वैवाहिक स्थितिको हकमा ३०.७६% जनसंख्या अविवाहित छन् । कुल जनसंख्याको ८८.२२% जनसंख्या स्वस्थ रहेको पाइयो यस्तैगरी कुल जनसंख्याको ९६.९५% जनसंख्यामा कुनै किसिमको अपाङ्गता नरहेको देखिन्छ ।
विगत १ वर्षदेखि बेसीशहर नगरपालिकामा ३१८ जनाको मृत्यु भएको देखिन्छ जसमा ५५.९७% पुरुष र ४४.०३% महिला छन् । मृत्युको मुख्य कारण दीर्घरोग देखिएको छ । जसमा कुल मृत्यु भएकोमा ५७.८६% दीर्घरोग कारक भएको देखिन्छ ।
बेसीशहर नगरपालिकामा कुल९८३५परिवार रहेको देखिन्छ जसमा परिवारमूलीका रुपमा ६३.३८% पुरुष छन् भने ३६.६१% महिला छन् । कुल परिवारमध्ये ७६.५३% परिवारको नगरपालिकाभित्र घर भएको देखिन्छ भने २३.४४% नगरपालिकाभित्र घर नरहेको देखिन्छ । नगरपालिकाभित्र घर नभएकाहरु भाडाका वा संस्थागत घरमा बस्ने गरेको पाइयो र यस्ता पविवारमध्ये ५१.४% परिवारको नगरपालिकाबाहिर अन्यत्रै घर रहेको देखिन्छ । बेसीशहर नगरपालिकामा ११.३% परिवारको कतै पनि घर नभएको देखिन्छ । कुल परिवार संख्याको ४५.६८% परिवार ३ देखि ४ वटा कोठामा आफ्नो परिवारको गुजारा गर्दै आएका छन् । नाराग्पलिकाभित्र कुल परिवार बसोबास गर्ने परिवारमध्ये ५६.१३% परिवारको घरको छाना जस्ता, टिन वा च्यादरले छाएको देखिन्छ भने ४९.४८% परिवारको घरको जग माटोको जोडाई भएको इँटा/ढुंगाले बनेको छ । यस्तैगरी ५७.५०% परिवारको घरको पर्खाल सिमेन्टको जोडाई भएको इँटा/ढुंगाले बनेको देखिन्छ ।
बेसीशहर नगरपालिकामा जोखिमको कुरा गर्दा ४७.३६% परिवारले आफू बसोबास गर्ने ठाउँमा कुनै किसिमको जोखिम नरहेको जनाएका छन् भने ४१.८०% परिवारले भूकम्पको जोखिम रहेको जनाएका छन् ।
बेसीशहर नगरपालिकामा मात्र २३.६२% परिवारले आफ्नो घरसम्म पुग्ने बाटोको अवस्था पक्की/कालोपत्रे रहेको जनाएका छन् । अन्य परिवारको घरसम्म पुग्ने बाटोको अवस्था सन्तोषजनक नरहेको जनाएका छन् । यस्तैगरी नगरपालिकामा मुख्य पानीको स्रोतका रुपमा घरमा जडित पाइप धारा रहेको देखिन्छ । कुल परिवार संख्याको ७७.७०% परिवारको घरमै पानीको पाइप रहेको जनाएका छन् । नगरपालिकामा पिउने पानी शुद्धीकरणका लागि कुल परिवारको ७४.६८% परिवारले केही नगर्ने जनाएका छन् भने मात्र ३५.३२% परिवारले शुद्धीकरण विधि अपनाउने गरेको पाइयो ।
बेसीशहर नगरपालिकामा फोहोर-मैला व्यवस्थापनको हकमा कुल परिवार संख्याको १८.७२% परिवारले फोहोर-मैला अव्यवस्थित रुपले खोल्सामा तथा सार्वजनिक स्थलमा फाल्ने गरेको पाइयो । यस्तैगरी घरबाट निस्किने फोहोर पानीको हकमा कुल परिवार संख्याको १०.१४% परिवारले फोहोर पानी अव्यवस्थित रुपले खोल्सामा तथा सडक वा सार्वजनिक स्थलमा फाल्ने गरेको पाइयो । बेसीशहर नगरपालिकामा कुल परिवार संख्याको १.४३% परिवारको घरमा शौचालय नभएको देखिन्छ ।
बेसीशहर नगरपालिकामा खाना पकाउन इन्धनका रुपमा मुख्य गरी एल.पी. ग्यास र दाउरा देखिन्छ । कुल परिवार संख्याको ९७.३२% परिवारले एल.पी. ग्यास र दाउरा प्रयोग गरेको पाइयो र कुल परिवार संख्याको ९८.७६% परिवारले बत्तीको मुख्य स्रोतका रुपमा बिधुत प्रयोग गरेको पाइयो ।
बेसीशहर नगरपालिकामा धेरैजसो सर्वसाधारणले साधन/सुविधाहरुको प्रयोग गरेको पाइयो । मुख्य रुपमा टेलिफोन वा मोबाइल प्रयोग गरेको पाइयो जसमा कुल परिवार संख्याको ९२.८८% परिवारले प्रयोग गर्ने गरेका छन् । यस्तैगरी ७०.७२% परिवारले टेलिभिजन प्रयोग गर्ने गरेका छन् ।
परिवारको जग्गाको स्वामित्वको हकमा बेसीशहर नगरपालिकाभित्र कुल क्षेत्रफलमध्ये परिवारको स्वामित्वमा रहेको कुल जग्गा४०९५८.४९रोपनी रहेको देखिन्छ । कुल परिवार संख्याको ५४.१४% परिवारले मात्र कृषिको लागि जग्गा प्रयोग गरेको पाइयो । यस्ता परिवारहरुमा, मात्र ३१.१०% परिवारलाई आफूले उब्जाउ गरेको अन्न/बालीबाट ९ देखि १२ महिना खान पुग्ने देखिन्छ ।
बेसीशहर नगरपालिकामा मुख्य रुपमा उब्जाउ हुने बालीमध्ये अन्नबाली, तरकारी र नगदेबाली रहेको देखिन्छ । यस्तैगरी चौपाया तथा पशुपक्षी पालनको हकमा कुल चौपाया तथा पशुपक्षी पालेको परिवारमध्ये मुख्य रुपमा बाख्रा/भेडा, खसी/बोका, राँगा-भैंसी, पाडापाडी, कुखुरा/हाँस र गाई/गोरु पालेको देखिएको छ ।
कुल परिवार संख्याको ८४.२७% परिवारको बैंक तथा वित्तीय संस्थामा खाता रहेको देखिन्छ भने कुल परिवार संख्याको ३७.३४% परिवारले ऋण लिएको पाइयो ।
बेसीशहर नगरपालिकामा परिवारको मुख्य आम्दानीको स्रोतका रुपमा कृषि तथा पशुपालन देखिएको छ । कुल परिवार संख्याको ३६.५५% परिवारले सो पेसाबाट जिविकोपार्जन गर्ने गरेको पाइयो भने २९.८१% परिवारको आम्दानीको स्रोतका रुपमा वैदेशिक रोजगार रहेको पाइयो । यस्तैगरी अन्य आम्दानीको स्रोतका रुपमा नोकरी/जागिर, पेन्सन, व्यापार/ व्यवसाय.. आदि रहेको पाइयो ।
बेसीशहर नगरपालिकामा कुल परिवार संख्याको १०.०९% परिवारको सदस्यले विगत ३ वर्षमा व्यावसायिक सीप/तालिम हासिल गरेका छन् । यस्तो सीप/तालिम प्राप्त गर्ने पुरुषमध्ये सबैभन्दा धेरै निर्माणसम्बन्धी तालिम लिएको पाइयो भने महिलाको हकमा सीप/तालिम प्राप्त गर्नेमध्ये सबैभन्दा धेरै सिलाइ-बुनाई, बुटिक,शृंगार, पार्लर आदि सम्बन्धी तालिम लिएको पाइयो ।
बेसीशहर नगरपालिकामा कुल परिवार संख्यामध्ये धेरै परिवारहरुले सरकारी जानकारी तथा डाटाहरु प्राप्त गर्न उपयुक्त मध्यम टेलिभिजन, मोबाइल एप्लिकेसन, रेडियो, स्थानीय राजनीतिक नेताहरु, समाचारपत्र /पत्रपत्रिकाहरु, सरकारी अधिकारीहरु, वेबसाइटहरु, पोस्टर तथा पम्प्लेट.. आदि मुख्य रुपमा जनाएका छन् । यस्तैगरी बेसीशहर नगरपालिकामा टोल, छिमेक तथा समाजका लागि नगरपालिकाले गर्नुपर्ने काम तथा सहयोगसम्बन्धी मुख्य रुपमा सडक निर्माण तथा स्तरोन्नति, सीपमूलक तालिम र खानेपानी आपूर्तिको व्यवस्था हुनुपर्ने जनसरोकार छ ।
© 2025 Suchanaa. All Rights Reserved.