लुम्विनी प्रदेश अन्तर्गत सिद्धार्थनगर नगरपालिका वडा नम्वर १, वेलहियाको नेपाल-भारत सिमानाकामा अवस्थित भैरहवा भन्सार कार्यालय नेपालको एउटा मुख्य अन्तर्राष्ट्रिय व्यपार तथा पारवहन नाका हो। नेपालको कूल भन्सार राजस्वको करिव बाईस देखि पच्चीस प्रतिशत राजस्व यस भन्सार कार्यालयबाट संकलन हुने गर्दछ। यो कार्यालय सामान्यत: यात्रु शाखा विहान छ बजेदेखि रातिको दश बजेसम्म र मुल भन्सार कार्यालय विहान दश बजेदेखि बेलुका पाँच बजेसम्म जाँचपासकालागि खुल्ला रहन्छ। यस भन्सार कार्यालयमा पुर्णतया कम्प्युटराइज्ड प्रणालिबाट दक्ष जनशक्तिद्वारा यात्रु, सुविधा तथा अस्थायि सवारि पैठरी एवं मालस्तुको भन्सार जाँचपासको कार्य सञ्चालन हुँदै आएको छ।
मालवाहक ट्रक भित्रिने, बाहिरिने तथा पार्किङ्गको व्यवस्थापन लगायतका यस कार्यालयको यार्ड व्यवस्थापनको सम्पूर्ण काम इन्टरमोडल यातायात विकास समितिद्वारा हुँदै आएको छ। यस भन्सार कार्यालयबाट मुख्यत: मोटर साइकल, एम. एस. विलेट, टाइल, हाइस्पीड डिजेल, डबल—क्याव पीकअप गाडी, पेट्रोल, मार्वल स्ल्याब, ट्रक, मिनी ट्रक, पत्थर कोइला, नुहाउने साबुन,पोलीथिन दाना लगायतका औद्योगिक कच्चा पदार्थ आदि पैठारि हुने गर्दछन् भने निकासितर्फ सेन्थेटिक यार्न, पिना अन्य, अन्य कपडा पदार्थको बोरा झोला, भटमासको तेल प्रशोधित, चाउचाउ, नुडल्स, जस्ता आदि, चोकर, भुस, अन्य रेसाको कपडा, काँच र डण्डी ट्यूवहरु, अदुवा, सुठो, स्टीलका भाँडाकुँडा, जडीबुटी, प्लाष्टिकका नली पाइप, खोटो रोजीन, दालचिनि, फलामे पत्रु आदि मुख्य छन्।
Please log in to claim this directory.
No reviews yet. Be the first to rate this directory.
© 2026 Suchanaa. All Rights Reserved.
Discussion & Queries
Ask a question or share an update (e.g. number unavailable, changed address).
No comments yet. Be the first to start the discussion.