वि.सं. २०३४ सालमा भूजेला, सिद्धनाथ र आदर्श गाउँ पञ्चायतका सम्पुर्ण भू-भाग तथा सुडा र ऐरी गाउँ पञ्चायतको आंशिक भू-भाग मिलाई गठन भएको तत्कालीन महेन्द्रनगर पञ्चायत, वि.सं. २०४७ सालको जनआन्दोलन पश्चात नाम परिवर्तन गरी महेन्द्रनगर नगरपालिका बनाइयो र वि.सं. २०६५ साल कार्तिक २० गतेको नेपाल सरकार मन्त्रिपरिषदको निर्णयानुसार (शहिद भीमदत्त पन्तको सम्मान स्वरुप) भीमदत्त नगरपालिका नामाकरण गरियो । स्थानीय तह पुनर्संरचना आयोगको प्रतिवेदनको आधारमा नेपाल सरकारले वि.सं. २०७३ चैत्र देखि भीमदत्त नगरपालिकाका साविकका वडालाई कायम गरी स्थानीय सरकारको रुपमा कार्य गरिरहेको छ ।
सुदूरपश्चिम प्रदेश अन्तर्गत कञ्चनपुर जिल्लामा यो नगरपालिका अवस्थित छ । यस भीमदत्त नगरपालिकामा १९ वडा कायम रहेका छन् । वि.सं. २०७४ साल देखि यस नगरपालिकाले सार्वजनिक सेवालाई जनताको घरदैलोमै पुर्याउने उद्देश्यले सबै वडाहरुमा वडा कार्यालय स्थापना गरि प्रभावकारी रुपमा कार्य गरिरहेको छ ।
भीमदत्त नगरपालिका २८०५२' देखि २९००८' उत्तरी अक्षांश र ८०००६' देखि ८००१५.५' पूर्वी देशान्तर सम्म १७१.३४ वर्ग कि.मि. क्षेत्रफलमा फैलिएको छ ।समुद्री सतहबाट २२२.५ मिटर देखि ११९२ मिटर सम्म उचाइमा अवस्थित यो नगरपालिका तराईको नगरपालिका भएकाले यहाँको हावापानी उष्ण तथा उपोष्ण प्रकारको छ । नगरपालिका क्षेत्रको अधिकतम तापक्रम गर्मी याममा ४३० सेल्सियस देखि जाडो याममा न्युनतम ६.९६० सेल्सियस सम्म रेकर्ड गरिएको छ । यहाँ वार्षिक सरदर १५७५ मि.मि. सम्म वर्षा हुने गर्दछ । यस नगरपालिकाको अधिकांश भू - धरातल समतल रहेको पाइन्छ । उत्तरी सीमा तर्फको जमिन भने समुद्र सतहबाट करिब ११९२ मिटर सम्मको उचाई रहेको हुनाले अधिकांश भू-भाग उत्तरबाट दक्षिणतर्फ पानीको बहाव हुने समतल किसिमको पाइन्छ ।
© 2025 Suchanaa. All Rights Reserved.