Directory Home / Directory
Bhojpur Municipality
Bhojpur Municipality Ward no 7, Hatiya
Government
Office Info
Address Bhojpur Municipality Ward no 7, Hatiya

नेपाल सरकारको मिति २०७१ बैशाख २५ गतेको निर्णय वमाेजिम ७२ वटा नगरपालिका घोषणाका क्रममा यस भोजपुर नगरपालिकाको गठन गरिएकोमा वि.सं. २०७१ ज्येष्ठ २ गतेदेखि विधिवत रुपमा आफ्नो कार्यसन्चालन तथा व्यवस्थापन गर्दै आएकोछ । भोजपुर नगरपालिका नेपालको १ नं. प्रदेश अन्तर्गत पूर्वाञ्चल विकास क्षेत्रको कोशी अञ्चलका ६ जिल्ला मध्ये  भोजपुर जिल्लाको सदरमुकाममा रहेको छ । यो नगर भौगोलिक हिसावले मध्य पहाडी भेकमा पर्दछ । यहाँको हावापानी मध्यम खालको रहेका छ । यस नगरपालिका रहेको स्थानलाई मध्यकालीन नेपालमा पूर्व ४ नम्वरको किल्ला भनेर पनि चिनिन्छ । स्थानीय बोलिचालीको भाषामा अझै पनि यस क्षेत्रलाई पूर्व ४ नं नै भन्ने गरेको सुन्न पाइन्छ । भौगोलिक विविधतायुक्त यस नगर क्षेत्रले ऐतिहासिक महत्व पनि राख्दछ । नेपाल एकीकरण अभियान पश्चात यस क्षेत्रलाई माझकिराँत क्षेत्रको प्रशासनिक केन्द्रका रुपमा चयन गरिएको इतिहास छ भने वि.सं.१८७२ सालमा  यसै नगर क्षेत्रको टक्सार बजारमा नेपालभर आवश्यक पर्ने डोली पैसाका नामले प्रख्यात टक (पैसा) टकमारी गर्ने काम भएकोले सो वजारको नाम नै टक्सार रहन गएको छ जुन बजार हाल यसै नगर क्षेत्रमा पर्दछ । मध्ये पहाडी राजमार्गले छाेएकाे हुँदा नेपालको राजधानीसम्म अावागमन गर्न सहज हुने सम्भावना रहेको यस नगरपालिका  पर्यटकीय हिसावले पनि अत्यन्तै सुन्दर एवं मनमोहक देखिन्छ । नगर क्षेत्रबाट पश्चिम तर्फ रहेको टयाम्के र सेल्मे डाँडो, पश्चिम उत्तर तर्फ रहेको चखेवा डाँडाले भोजपुर नगरमा पर्यटकहरुलाई कम्तिमा एक पटक भोजपुर भ्रमणका लागि निम्तो दिइरहे झैं लाग्छ । यसैगरी यस नगरपालिकाको वडा नं ३ स्थित सुन्तले वजार र सो आसपासका क्षेत्रबाट दृश्यावलोकन गर्न सकिने हिमाल तथा विश्वकै गहिराे अरुण उपत्यकाको उत्तिनै महनमोहक दृश्य हेर्न सकिन्छ भने नगरको मध्यभागमा रहेको सिकद्धकालीको मन्दिर रहेको छ जसको दर्शन गर्नाले आफ्ना मनोकांक्षा सिद्ध हुन्छ भन्ने जनविश्वास रहेको छ ।  टक्सार बजार भित्रका पाटी पौवा देवी देवताका मन्दिरहरु धार्मिक हिसावले  उत्तिकै महत्वपूर्ण रहेकाछन् । पेशागत वस्तु उत्पादनका हिसावले यहाँको खुकुरी विश्वमै प्रख्यात रहको छ भने करुवा, तामाका भाडाकुँडा तथा सुन्तला उत्पादनमा पनि यो जिल्ला नेपालकै अग्रस्थानमा रहेका छ जुन क्षेत्रहरु यसै नगरपालिका तथा आसपासका गाविसहरु पर्दछन् । यस नगरको सामाजिक संरचनाका हिसाबले मिश्रित बस्ती, पितृसतात्मक परिवार, हिन्दु धर्मावलम्वीहरुको बाहुल्यता, एकल परिवार, अधिकांश समुदाय कृषिमा आश्रित रहेकाछन् । भोजपुर र टक्सार बजार वाहेक अन्य स्थानका बस्तिहरु छरिएर रहेका छन् । यस नगरको बस्ति (settlement pattern) छरिएर रहेका कारण विकासका पूर्वाधारहरु समान रुपले लैजान उत्तिकै चुनौतिकारुपमा रहेको छ । यो नगर आफैंमा सम्भावना र अवसरको रुपमा रहेको छ भने चुनौतिहरु पनि त्यतिकै बग्रेल्ती रहेका छन् । यस नगरपालिकाको भौगोलिक अवस्तिी, नामाकरण तथा अन्य संक्षिप्त विवरण देहाय वमोजिम रहेका छन् ।

Quick Links

© 2025 Suchanaa. All Rights Reserved.