Directory Home / Directory
Bidur Municipality
Bidur-4, Nuwakot
Government
Office Info
Address Bidur-4, Nuwakot
Website bidurmun.gov.np
Email 2 munbidur@gmail.com

विदुर नगरपालिका काठमाण्डौं उपत्यका देखि उत्तर पश्चीम ६९ कि.मि. दुरीमा अवस्थित रहेको छ । नुवाकोट जिल्लाको सदरमुकाम बिदुरको नामवाट परिचित यस नगरपालिका नेपालको संविधान २०७२ भाग ५ मा व्यवस्था भए अनुसार राज्यको संरचना गर्ने क्रममा नयाँ स्थानीय तहको रूपमा घोषणा भइ नेपाल राजपत्रमा प्रकाशित मिति २०७३।११।२७ बाट संचालनमा आएको हो । १३०.०१ वर्ग कि.मि. क्षेत्रफलमा फैलिएको यो नगरपालिका समथर मैदान तथा पहाडी डाडाँकाडाँ मिलेर वनको छ । १३ वडामा विभाजित यस नगरपालिका साविक विदुर नगरपालिका, चारघरे, तुप्चे, गेर्खु, कल्याणपुर गा.वि.स.का सम्पूण भाग र साविक खड्गभन्ज्याङ्ग गा.वि.स.को ४ देखि ९ नं. वडा मिलेर गठन भएको हो । पूर्वमा सूर्यगढी र लिखु गाउँपालिका, पश्चिममा मेघाङ र तारकेश्वर गाउँपालिका, उत्तरमा किस्पाङ गाउँपालिका र रसुवा जिल्ला र दक्षिण सिमानामा बेल्कोटगढी नगरपालिका पर्दछ ।

Quick Links

© 2025 Suchanaa. All Rights Reserved.