विराटनगर महानगरपालिका नेपालका ७ प्रदेश मध्ये कोशी प्रदेशको मोरङ जिल्लामा अवस्थित छ । मोरङ जिल्लाको दक्षिण पश्चिम सिमानामा रहेर जोगवनी नाकासँग जोडिएको यो नगर देशकै दोस्रो ठुलो शहर तथा पुर्वाञ्चलको औद्योगिक, व्यापारिक तथा प्रशासनिक केन्द्रको रुपमा समेत परिचित छ । पुर्वमा कटहरी र जहदा गा.पा., पश्चिममा केशलिया खोला, उत्तरमा वुढीगंगा र ग्रामथान गा.पा. तथा दक्षिणमा भारतको सिमानासँग जोडिएको यो नगर समतल भु—भागमा फैलिएको छ भने स्थानीय नगरवासीहरुलाई सर्वसुलभ ढंगबाट सेवा सुविधा उपलब्ध गर्न गराउन भौगोलिक रुपमा जम्मा १९ वटा वडाहरुमा विभाजन गरिएको छ । सम्पुर्ण मोरङ जिल्लाको कुल जनसंख्यामध्ये १९.७७ प्रतिशत मानिसहरुको बसोवास रहेको यस नगरको आर्थिक औद्योगिक, व्यापारिक, शैक्षिक, स्वास्थ्य लगायतका नागरिकहरुलाई पुर्याउन पर्ने अत्यावश्यक सेवा प्रवाहको क्षेत्रहरुमा पुर्वाञ्चलकै अग्रणी शहरको भुमिका निर्वाह गर्दै आईरहेको छ ।
Please log in to claim this directory.
No reviews yet. Be the first to rate this directory.
© 2026 Suchanaa. All Rights Reserved.
Discussion & Queries
Ask a question or share an update (e.g. number unavailable, changed address).
No comments yet. Be the first to start the discussion.