बुढीगंगा गाउँपालिका मोरङ जिल्लाको दक्षिण पश्चिममा रहेको तीब्रतर आर्थिक सामाजिक विकासमा लागेको एक गाउँपालिका हो । पश्चिमबाट बग्ने बुढी खोलालाई यसको पवित्र नाम "बुढीगंगा" नामबाट यो गाउँपालिकालाई स्थानीय तहको पुनरसंचनाका बखत कायम गरिएको हो ।
साविकमा रहेका टंकीसिनवारी, हात्तिमुढा, सिसवनी बडहरा र डंग्राहा गरी कुल ४ वटा गाउँ विकास समितिहरूलाई एकीकृत गरी बुढीगंगा गाउँपालिका स्थापित भएको हो ।
२६ डिग्री ४५ मिनेट उत्तरी अक्षांस र ८७ डिग्री २७ पूर्वी देशान्तरमा फैलिएर रहेको यो गाउँपालिका कुल ५६.४१ बर्ग किलो मिटरमा फैलिएको छ ।
यो गाउँपालिकाको पूर्वमा ग्रामथान गाउँपालिका, पश्चिममा सुनसरी जिल्ला र उत्तरमा सुन्दरहरैंचा नगरपालिका तथा दक्षिणमा विराटनगर महानगरपालिकासंग जोडिएको छ । सामुद्रिक सतहबाट मात्र ८७ मिटरको उचाईमा रहेको यस गाउँपालिकाको अधिकांस भूगोल समतल भूभागमा पर्दछ ।
© 2025 Suchanaa. All Rights Reserved.