Central Jail Hospital Home / Directory
Central Jail Hospital
Tripureshwor
Health & Medical

नेपालको संविधानले आधारभुत स्वास्थ्य सेवालाई नागरिकको मौलिक हकको रुपाम स्थापित गरेको छ । नेपाल सरकारले कारागारमा रहेका कैद/बन्दीहरुको निःशुल्क रुपमा सम्पूर्ण रोगको उपचार प्रदान गर्ने प्रतिबद्धता जाहेर  गरेको छ ।

      हाल सम्मको विभिन्न जिल्लाका कारागारमा रहेका कैद/बन्दीहरुको संख्याका आधारमा स्वास्थ्य प्राविधिकहरुको व्यवस्थापन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्दै आईरहेको छ र त्यहाँ सामान्य उपचारको व्यवस्थापन गर्ने र  त्यहाँ व्यवस्थापन हुन नसकेका बिरामीलाई स्थानिय तथा जिल्लाहरुमा रहेका माथिल्लो तहका स्वास्थ्य संस्थाहरु तथा केन्द्रीय कारागार अस्पतालमा उपचारको व्यवस्थापन हुँदै आईरहेको छ

 केन्द्रीय तहमा नेपालकै सबैभन्दा ठूलो कारागारको रूपमा रहेको केन्द्रीय कारागारमा ३०  शैय्याको अस्पताल सञ्चालनमा आएको छ . विसं १९७१ मा स्थापना भएको केन्द्रीय कारागार जगन्नाथदेवलमा २०२० सालमा एउटा कोठाबाट कैदीबन्दीको स्वास्थ्य जाँच गर्न सुरू गरिएको थियो। कारागार अस्पतालले २०६८ सालमा छुट्टै भवन निर्माण गरी २०७० साउन २८ देखि १५ शैय्याको अस्पताल सञ्चालनमा ल्याएको  र हाल ३० शैय्याको अस्पताल प्रमुख मेडिकल सुपेरीन्टेन्डेन्ट एघारौ तहको नेतृत्वमा ६७ जनाको दरबन्दी रहने गरी अस्पताल सञ्चालन  छ । विभिन्न रोगका  विशेषज्ञ चिकित्सकले उपचार गर्ने व्यवस्था समेत मिलाइएको छ । 

कारागार अस्पतालले पुरुष तथा महिला कैदीबन्दीका लागि छुट्टाछुट्टै वाड स्थापना गरेर ओपिडी, ल्याब, एक्सरे, इसिजी, अल्ट्रासाउण्ड, डेन्टल, मनरोग, छालारोग र आँखा रोगको उपचारको ब्यबस्था छ |

पन्ध्र शैय्याको अस्पताल सञ्चालनमा ३१ दरबन्दी रहेको अस्पतालले ३० शैय्याको अस्पताल सञ्चालन गर्नका लागि ३६ दरबन्दी थप गरेको हो। कारागार अस्पतालले अस्पतालभित्र उपचार हुन नसकेका बिरामीलाई भने अस्पताल बाहिरका सरकारी अस्पतालमा पठाउने गरेको छ।रोगको प्रकृति हेरेर वीर अस्पताल, त्रिभुवन शिक्षण अस्पताल, मानसिक अस्पताल, गङ्गालाल अस्पताल लगायतमा पठाईन्छ | कैदीबन्दीले निजी अस्पतालमा आफ्नो स्वास्थ्य जाँच गर्न चाहेमा आफ्नै पैसा खर्च गर्नुपर्ने हुन्छ। कारागार अस्पतालले भने निःशुल्क स्वास्थ्य जाँच गर्दै आएको छ। अस्पतालका बिरामीमा अहिले रुघाखोकी, दम, ज्वरो, टाइफाइड एवं विभिन्न किसिमका सरुवा रोग देखापरेको छ। साँघुरो ठाँउ र धेरै कैदीबन्दी राख्दा उक्त रोग बढी देखिएको हो। अस्पतालले बिरामी कैदीबन्दीको स्वास्थ्य अवस्थालाई ध्यानमा राखेर चौबीसै घण्टा सेवा सञ्चालन गर्दै आएको छ।

Claim this Directory

Please log in to claim this directory.

Ratings & Reviews

0.0 (No reviews yet)
Please log in to leave a review.

No reviews yet. Be the first to rate this directory.

Discussion & Queries

Ask a question or share an update (e.g. number unavailable, changed address).

Please log in to join the discussion.

No comments yet. Be the first to start the discussion.