Directory Home / Directory
Chautara Hospital
Sindhupalchok
Health & Medical
Office Info
Address Sindhupalchok

चौतारा अस्पताल, सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका वार्ड नं. ५ स्थित चौतारामा रहेको छ। वि.स.२०३१ सालमा स्थापना भएको यस अस्पतालको नाममा १३ रोपनी २ आना १ दाम क्षेत्रफल जग्गा रहेको छ । तत्कालिन जिल्ला अस्पतालको रुपमा संचालनमा रहेको १५ शैयाको अस्पताल स्थानिय तहको गठन भए पश्चात चौतारा साँगाचोकगढी नगरपालिका अन्तगत संचालन भएको थियो। २०७५ सालमा बागमती प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले यस अस्पताललाई सिन्धुपाल्चोक जिल्ला स्ततरिय चौतारा अस्पतालको नामाकरण गरी प्रदेश स्तरिय अस्पतालको रुपमा राखी प्रदेश सरकारवाट संचालन हुदै आइरहेको छ । २०७२ सालको विनाशकारी भूकम्पवाट पूर्ण क्षति भएको अस्पतालको भवन निर्माणको लागि नेपाल सरकार र चीन सरकार विच भएको सम्झौता वमोजिम चीनिया ठेकेदार कम्पनीवाट विभिन्न विभागहरु सहित ३९ वटा सुविधा सम्पन्न कोठाहरु निर्माण गरी अस्पताललाई हस्तान्तरण भएको र हाल हामी नयाँ भवनवाट सवै सेवाहरु प्रदान भइरहेको छ ।

यस अस्पतालले सिमित स्रोत साधनको उचित प्रयोग गर्दै गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको छ । बागमती प्रदेश सरकार, मन्त्रिपरिषद्‌को मिति २०८०/०९/०३ गतेको निर्णय बमोजिम यस अस्पताललाई ५० शैंयामा स्तरोनती गरी संगठन संरचना र दरवन्दी तेरिज स्वीकृत सगै अस्पतालमा कूल ६३ जनाको दरबन्दी कायम रहेको छ। यस अस्पतालले सेकेन्डरी 'ए' लेबलको अस्पतालमध्ये न्यूनतम सेवा मापदण्ड कार्यान्वयन एमएसएसको सूचकाङ्क अनुसार १०० प्रतिशतमा ९३ प्रतिशत ल्याइ बागमती प्रदेशमा प्रथम हुन सफल भएको छ। यस अस्पतालवाट तपिशल अनुसार सेवाहरु संचालन गरी सेवाहरु प्रवाह गर्दै आइरहेको छ ।

 


 

Vision Statement

"Providing accessible quality health service to establish itself as a model hospital"

 


 

Mission Statement

"Quality health care is our obligation towards the society and committee to provide through competent personnel, modern medical technologies and support service at an affordable cost making first choice of the people."

Quick Links

© 2025 Suchanaa. All Rights Reserved.