Chhabis Pathibhara Rural Municipality Home / Directory
Chhabis Pathibhara Rural Municipality
Byasi, Bajhang
Government
Office Info
Address Byasi, Bajhang
Toll Free No. 18105000045
सुदुर पश्चिम प्रदेशमा रहेकाे सेती अञ्चलकाे बझाङ जिल्लाकाे मध्य क्षेत्रकाे पहाडी भागमा छबिसपाथिभेरा गाउँपालिका अवस्थित रहेकाे छ। बि.सं २०७३ सालमा सङ्गीय मामिला तथा स्थानिय विकास मन्त्रालद्धारा ७५३ स्थानिय तह लागु गरेपछी बझाङ जिल्लामा साविकका ४ वटा गा.वि.स (मटेला ,ब्याँसी,कँडेल,लेकगाउँ) मीलेर छबिस पाथिभेरा गाउँपालिका बनेकाे हाे।यस गाउपालिकाकाे कुल क्षेत्रफल ११६.१५ वर्ग कि.मी रहेकाे छ। हाल याे गाउँपालिका ७ वटा वडामा विभाजन गरिएकाे छ र यस गाउँपालिकाकाे केद्र ब्याँसी रहेकाे छ। जम्मा ११६.१५ वर्ग कि.मी क्षेत्रफल रहेकाे यस गा.पा.काे जनघनत्व १४०.३० प्रति वर्ग कि.मी रहेकाे छ। २०६८ काे जनगणना अनुसार जम्मा १६,२९६ जनसंख्या रहेकाे यस गा.पा काे २०७४ मा गाउँपालिकाद्धारा गरीएकाे सर्वेक्षण अनुसार जम्मा जनसंख्या २३,७११ रहेका छ।समुद्रि सतहबाट ३६०० फिट देखि ९९८१ फिटकाे उचाईमा रहेकाे र यस गा.पा काे भाैगलिक अवस्थिति पूर्वमा जयपृथ्वी नगरपालिका र खप्तडछान्ना गाउपालिका ,पश्चिममा बुंगल नगरपालिका ,उत्तरमा सुर्मा गाउपालिका र दंक्षिणमा थलारा गाउपालिका रहेकाे र २९डीग्री २९ मिनेट उत्तरदेखि २९ डीग्री ४१ मिनेट उत्तरि अक्षांश र ८० डीग्री ५९ मिनेट देखि ८९ डीग्री ५ मिनेट पूर्वी देशान्तर सम्म फैलिएकाे छ। पर्यटकिय दूष्टिका‍णले अति नै सम्भावना वाेकेकाे यस गा.पा मा एेतिहासिक/पर्यटकिय स्थल जयपूथ्वि बहादुर सिंहकाे दरबार ,माैभेरा झरना , पाथिभेरा हिमाल ,काेट दरबार,माटेसाँगु ,बाईसधारा मन्दिर, बान्निमष्टा मन्दिर ,आदी विभिन्न पर्यटकिय स्थलहरु यस गाउपालिका रहेका छन।
Claim this Directory

Please log in to claim this directory.

Ratings & Reviews

0.0 (No reviews yet)
Please log in to leave a review.

No reviews yet. Be the first to rate this directory.

Discussion & Queries

Ask a question or share an update (e.g. number unavailable, changed address).

Please log in to join the discussion.

No comments yet. Be the first to start the discussion.