Directory Home / Directory
Dakneshwori Municipality
Patobazar, Pato
Office Info
Address Patobazar, Pato

परिचय: सप्तरी जिल्लाको मध्य दक्षिण भाग तथा पूर्व पश्चिम राजमार्गको दक्षिण भागमा पर्ने यस नगरपालिका वि.सं. २०७३ सालको फाल्गुन २७ गते पातो बजारमा केन्द्र राखी ९ वटा साविकका गा.वि.स.हरू मिलेर नगरपालिकाको स्थापना गरिएको हो । पातो बजार अवस्थित शक्तिपीठ डाक्नेश्वरी भगवती माताका नामले यसको नामाकरण गरिएको हो । साविकका ९  गा.वि.स. हाल १० वडा, कविलासा, हरिराहा, तरही, भुतही, पातो, औरही, ब्रहमपुर, गम्हरिया प्रवाहा, पत्थरगाडा र बनौला वडामा विभाजन गरिएको हो । यस नगरपालिका कुल क्षेत्रफल ६९.११ वर्ग कि.मी. र जनगणना २०७८ अनुसार ४७,७३९ (जसमध्ये महिला २४,०४९ र पुरुष २३,६९०) जनसंख्या रहेको छ ।

भौगोलिक:सप्तरी जिल्लाको ९ नगरपालिका मध्ये एक डाक्नेश्वरी नगरपालिका हो । यस नगरपालिका पूर्ण तराईमा रही भारतसंग दक्षिणी भागले सिमाना जोडेको छ । पश्चिमी भागमा बादे बर्साइन नगरपालिका, पूर्वी भागमा बेल्ही चपेना (हाल राजगढ) गाउँपालिका, खडग नगरपालिका, शम्भुनाथ नगरपालिका र रूपनी गाउँपालिका उत्तरी भागमा रहेको छ । राजविराजबाट २० कि.मी. पश्चिम–दक्षिण, कठौनाबाट १५ कि.मी. दक्षिणमा यस नगरपालिकाको कार्यपालिका अवस्थित छ । यस नगरका जुडी, खडग, सितुवाही, थलहा, कजरा लगायतका नदीहरू र कोशी नहर र पम्प नहरले यस नगरपालिकाका वडाहरू र अरू नगरपालिकाहरू संग सिमा बनाएको छ ।

आर्थिक:यस नगरका अधिक्तम जनता कृषक छन् । साथै यस नगरपालिकाको अर्थतन्त्र भारतीय सिमानाबाट आयात निर्यातले पनि तोकेको छ । यहाँका जनता माछापालन, कुखुरापालन, पशुपालनमा आत्मनिर्भर पनि रहेको छ । यहाँ सहकारी तथा वित्तीय संस्थाका रूपमा श्रृजना फाइनेन्स लि., ग्लोबल बैंक लि., स्वावलम्बन, साना किसान, आईडियल सहकारी लगायतका रहेका छन् । यस नगरमा हाट बजारका ?पमा पातो, पत्थरगाडा, तरही, ब्रहमपुर, बनौला, सखुवा र अमरलत्ति हटिया रहेका छन् ।

Quick Links

© 2025 Suchanaa. All Rights Reserved.