Damak Hospital Home / Directory
Damak Hospital
Falgunanda Chowk-01, Damak MUN, Jhapa, Koshi
Health & Medical
Address Falgunanda Chowk-01, Damak MUN, Jhapa, Koshi

झापा जिल्लाको पश्चिम सिमानामा अवस्थित, यस दमक अस्पताल दमक नगरपालिकाको मातहत रहेको छ। नेपाल सरकारको १५ बेड क्षमता स्वीकृत यस अस्पतालले विभिन्न विशेषज्ञ सेवाहरुसहितको दिँदै आइरहेको छ। यहाँ नाक कान घाटी रोग विशेषज्ञ, छाला तथा यौन रोग विशेषज्ञ, हाड जोर्नी तथा नसा रोग विशेषज्ञ, प्रसूति तथा स्त्री रोग विशेषज्ञ, बाल रोग विशेषज्ञ साथै अन्य विशेषज्ञ डाक्टर सेवा र चौबीसै घण्टा आपतकालीन सेवा उपलब्ध छ। यस अस्पतालले विभिन्न किसिमका मेजर र माइनर अपरेसन सेवा दिँदै आइरहेको छ।

औसतमा, लगभग 800 देखि 1000 बिरामीहरूले दैनिक ओ. पी. डि. सेवा साथै आपतकालीन सेवा लिइरहेका छन्। लगभग ९०% सेवा प्रयोगकर्ताहरूले आफ्नो उपचारको लागि स्वास्थ्य बीमा कार्यक्रम प्रयोग गर्छन्।

अस्पतालको आफ्नै अक्सिजन प्लान्ट,फार्मेसी र प्रयोगशाला कक्ष हुनुको साथै, दुइवटा एक्स-रे, अल्ट्रासाउन्ड, इण्डोस्कोपी, इको,इ.सी.जी. जस्ता सेवा हरू यहाँ उपलब्ध छन्।

झापा माई पश्चिमका सबै पालिकाहरुको साथै इलाम र पाँचथरको तल्लो भेग, मोरंगको मिक्लाजुङका जनताको स्वास्थ्य बिमाको प्रथम सेवा विन्दु दमक अस्पताल नै रहँदै आएको छ र यसले सो क्षेत्रका बिरामीहरूलाई स्वास्थ्य बिमा अन्तर्गतको सेवा दिँदै आई रहेको छ।

Claim this Directory

Please log in to claim this directory.

Ratings & Reviews

0.0 (No reviews yet)
Please log in to leave a review.

No reviews yet. Be the first to rate this directory.

Discussion & Queries

Ask a question or share an update (e.g. number unavailable, changed address).

Please log in to join the discussion.

No comments yet. Be the first to start the discussion.