Directory Home / Directory
Department of Environment
Babarmahal, Kathmandu
Government
Office Info
Address Babarmahal, Kathmandu
Website doenv.gov.np

मानव स्वास्थ्यको  रक्षा र  वातावरण संरक्षण प्रत्येक राज्यको  दायित्व अन्तर्गत पर्दछ। वातावरण एक वृहत् विषय हो  जसले  प्राकृतिक, सांस्कृतिक र  सामाजिक प्रणालीहरू, आर्थिक तथा मानवीय क्रियाकलापहरू र  यिनका अवयवहरू तथा तिनीहरु बीचको अन्तरक्रिया र  अन्तरसम्बन्धलाई जनाउँछ । वर्तमान सन्दर्भमा प्रमुख रुपमा रहेका वातावरणीय समस्याहरू वायुप्रदुषण, पानी र माटोको  प्रदुषण, जलवायु परिवर्तन, वातावरणीय विनाश साथै मानवसिर्जित वातावरणीय समस्या हुन् । यी समस्याहरूको समाधान मापदण्डसहित नियन्त्रण र नियमन गर्नु आवश्यक रहेको  छ ।

 

नेपाल पनि वातावरण विनाशको  बढ्दो  दर र त्यसको  व्यवस्थापनको  विश्वव्यापी चासोबाट अछुतो  रहन सक्दैन । त्यसकारण, नेपालमा वातावरणीय समस्याहरू न्यूनीकरण गर्नको  लागि वातवारणीय मापदण्डहरू लागू गर्न दबाब दिने र अनुगमन गर्ने एउटा आधिकारिक निकायको आवश्यकता बोध लामो  समय अघिदेखि नै गरिदै आएको थियो । वातावरणीय व्यवस्थापनको  अवधारणालाई स्थानीय स्तरसम्म पुरयाउने, नेपालको जलवायु परिवर्तनका कारण सिर्जित समस्याहरूलाई समाधान गर्न सरकारी, गैरसरकारी तथा निजी क्षेत्रबीच समन्वय कायम गर्ने र वातावरणीय व्यवस्थापनको प्रभावकारी अनुगमन गर्ने जस्ता कार्यहरू सम्पादन गर्न विज्ञान, प्रविधि तथा वातावरण मन्त्रालयअन्र्तगत नेपाल सरकार (मन्त्रिपरिषद्) को  वि।सं। २०६९ साउन १२ गतेको  निर्णयानुसार वातावरण विभागको गठन भई २०६९ चैत्र १ गते देखि काभ्रेपलाञ्चोक जिल्ला, पनौती नगरपालिकास्थित सूचना प्रविधि पार्कबाट कार्य सञ्चालन शुरु गरेको थियो । मिति २०७०/०७/११ बाट कुपण्डोल, ललितपुरबाट कार्य गर्दै आएकोमा हाल वातावरण विभाग काठमाडौं जिल्लाको बबरमहलको वन परिसरभित्रमा अवस्थित छ । जल, वायु, जमिन र ध्वनि प्रदुषणलगायतका जलवायु परिवर्तन न्यूनीकरण र अनुकूलनको क्षेत्रमा वातावरण विभाग अग्रणी संस्था रहनेछ, जसले देशको गुणस्तरयुक्त वातावरण कायम राख्न र प्रवर्द्धन गर्न सहयोग पुग्ने अपेक्षा राखिएको छ ।

 


 
 
समष्टिगत लक्ष्य
 
  • वातावरणीय नीति, नियमसम्बन्धी संयन्त्रको सबलीकरण र संस्थागत क्षमता विकास गर्ने।
  • जनस्तरमा वातावरणीय सचेतना जगाउने ।
  • सबै किसिमका वातावरणीय प्रदुषण रोकथाम गर्ने ।
  • वातावरण व्यवस्थापनमा परिपालना अनुगमन (Compilance Monitoring) लाई प्रभावकारी तुल्याउने ।
  • प्राकृतिक सम्पदा तथा जैविक विविधताको संरक्षण गर्ने ।
  • जलवायु परिवर्तनका जोखिमबाट बच्न न्यूनीकरण, अनुकुलन तथा समयानुकुल क्षमता अभिवृद्धि गर्ने ।
  • वातावरण संरक्षण एवं प्रदुषण नियन्त्रणको लागि स्थानीयस्तरमा योजना, कार्यक्रम तर्जुमा र कार्यान्वयनमा जोड दिने ।

 


 

कार्यनीतिक लक्ष्यहरु

  • वातावरणसम्बन्धी कानुनहरुको तर्जुमा गर्दा प्राविधिक सहयोग उपलब्ध गराउने ।
  • वातावरणसँग सम्बन्धित कानुन, नीति तथा मापदण्डहरुको कार्यान्वयनका लागि योजना एवम् कार्यक्रम तर्जुमा, कार्यान्वयन, अनुगमन, मूल्यांकन तथा परीक्षण गर्ने ।
  • कानुनद्धारा निर्दिष्ट अधिकारको कार्यान्वयनलगायत कानुन उल्लंघन गर्नेलाई दण्ड एवम् जरिवाना गर्न पहल गर्ने ।
  • वातावरणीय तत्वहरु तथा वातावरणीय गुणस्तर पालना अनुगमन गर्ने ।
  • वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनहरुको कार्यान्वयन सम्बन्धमा अनुगमन, मूल्याङ्कन एवम् परीक्षण गर्ने ।
  • वातावरण प्रभाव पार्ने तत्वहरुको परीक्षण र प्रतिवेदन तयार गर्ने ।
  • वातावरणीय सचेतना एवम् जनचेतना अभिवृद्धिसम्बन्धी कार्यक्रम सञ्चालन गर्ने ।
  • वातावरणीय तथ्याङ्क एवम् सूचना प्रणालीको विकास एवम् सूचना सामग्रीको वितरण ।
  • वातावरणका क्षेत्रमा कार्य गर्ने सरकारी, गैरसरकारी तथा निजी संस्थाहरुसँग सहकार्य गर्ने।

Quick Links

© 2026 Suchanaa. All Rights Reserved.