Directory Home / Directory
Department of Postal Service
Babarmahal, Kathmandu
Government
Office Info
Address Babarmahal, Kathmandu
परिचय

परापुर्वकालदेखि नै एक ठाउँबाट अर्को ठाउँमा खबर आदान-प्रदान गर्न चिठ्ठीपत्रको प्रयोग भएको पाइन्छ। तिनताक खासगरी राजा महाराजाहरुको दरवारमा समाचार तथा सूचना आदान-प्रदान गर्न परेवा, बाज, घोडा जस्ता पशु पंक्षिहरुको प्रयोग भएको किंवदन्ती पाईन्छ। संस्थागत रूपमा हुलाकको स्थापना सँगै चिठ्ठीपत्र पुर्याउने कार्य प्रणालीगत रूपमा हुलाकबाटै हुँदै आएको देखिन्छ। विश्वमा सन् १६६० मा बेलायतका तत्कालीन राजा चार्लस् द्वितीयले - General Post Office स्थापना गरेको इतिहाँस भेटिन्छ । नेपालमा चिठीपत्र मार्फत खबर, सूचना र समाचार आदान-प्रदान गर्ने उद्देश्यले तत्कालीन राणा प्रधानमन्त्री रणोदिप सिंहको पालामा विक्रम सम्बत् १९३५ मा नेपाल हुलाक घरको स्थापना भई हुलाक सेवाको प्रारम्भ भएको पाइन्छ । सन् १९७४ मा विश्व हुलाक संघको सदस्यता प्राप्त गरेपछि विश्व मञ्चमा नेपालको हुलाक सेवाको उपस्थिति भई नेपालमा अन्तर्राष्ट्रिय हुलाक सेवाको पहुँच सम्भव भएको हो । सञ्चार माध्यमहरुमध्ये यस्तो पुरानो ईतिहास बोकेको हुलाक सेवालाई नेपालमा थप व्यवस्थित, प्रभावकारी र जनमूखी बनाउन विक्रम सम्बत् २०१९ मा हुलाक सेवा ऐन आएपछि हुलाक सेवा विभागले हुलाक सेवाको समूचित व्यवस्थापन गर्दै आएको छ। स्थापनाकालमा चिठीपत्र ओसार-प्रसार गर्ने कार्यमा मात्र केन्द्रीत रहेको नेपालको हुलाक सेवाले आजभोली जनताको माग र सूचना प्रविधिको विकासलाई आत्मसात गर्दे पुलिन्दा सेवा, फिलाटेलिक तथा हुलाक टिकट सेवा, ई.एम.एस. सेवा. उपत्यका घुम्ती सेवा, ट्रयाकिङ् सेवा लगायतका आधुनिक तथा छिटो छरितो सेवाहरु सञ्चालन गरिरहेको छ । हाल नेपालमा हुलाक सेवा सञ्चालन र व्यवस्थापनका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, हुलाक सेवा विभाग, हुलाक सेवा विभाग अन्तर्गत रहने गरी केन्द्रीय कार्यालयहरु - गोश्वारा हुलाक कार्यालय र हुलाक प्रशिक्षण केन्द्रका साथै हुलाक सेवा विभाग अन्तर्गत ६ वटा हुलाक निर्देशनालयहरू (मोरङ, धनुषा, कास्की, दाङ, सुर्खेत र कैलाली), ७० वटा जिल्ला हुलाक कार्यालयहरु, ६७६ स्थानीय तहमा अवस्थित हुलाक कार्यालयहरु र ३०७४ वटा अतिरिक्त हुलाक कार्यालयहरु (खारेजीका क्रममा रहेका) सञ्चालनमा रहेका छन्।

 

हुलाक सेवा विभागका मुख्य कार्यहरु;

प्रचलित कानून र अन्तराष्ट्रिय सन्धी सम्झौताका आधारमा नेपाली जनतालाई शीघ्र तथा विश्वसनीय रुपमा चिठ्ठीपत्र लगायतका हुलाक सेवामा पहुँचको सुविधा प्रदान गर्नु यस विभागको प्रमुख कार्य हो। यसका साथै यस विभागका अन्य कार्यहरु देहाय बमोजिम छन् ।

  • चिठीपत्र तथा पुलिन्दाहरु समयमै सम्बन्धित समक्ष पुर्याउन आवश्यक व्यवस्थापन गर्ने,
  • निर्धारित समयमै हुलाक टिकट प्रकाशन गर्ने,
  • मातहका निकायहरुको नियमित अनुगमन र सुपरिवेक्षण गर्ने,
  • ऐनले दिएको अधिकार भित्र रही मातहत कर्मचारीहरुको सरुवा बढुवा सिफारिस गर्ने,
  • विश्व हुलाक संघ (UPU), एशिया-प्यासिफिक हुलाक संघ (APPU) जस्ता अन्तर्राष्ट्रिय हुलाक संस्थाहरुसँग समन्वय, सहकार्य गर्दै त्यस्ता संस्थाहरुको अभिन्न सदस्यका रुपमा रही नेपालको हुलाक सेवालाई अन्तर्राष्ट्रिय पहुँचमा निरन्तरता दिने,
  • हुलाक सेवासंग सम्बन्धित अन्तर्राष्ट्रिय प्रावधान पद्धति अनुरुप नेपालको हुलाक सेवालाई थप परिमार्जित र सुदृढ गर्न आवश्यक पहल गर्ने।

हाल देशभर करिब ४ हजार कार्यालयबाट हुलाक सेवा प्रवाह भइरहेको अवस्था छ। ती कार्यालयहरुमा करिब १७ हजार जनशक्ति कार्यरत छन् । हुलाक ऐन २०१९, हुलाक नियमावली २०२० र अतिरिक्त हुलाक नियमावली २०३४ अनुसार नियमित रुपमा हुलाक सेवाहरु सुचारु छन् । आजको बदलिंदो परिस्थितिलाई ध्यानमा राखी हुलाक सेवालाई थप विश्वशनीय, प्रभावकारी, प्रतिष्पर्धी र जनमूखी बनाउनु आजको आवश्यकता भएकोले हुलाक सेवालाई समयानुकुल सुधार गर्नुपर्ने देखी नेपाल सरकाले हुलाक सेवा सुधार तर्फ पहलकदमी चालेको छ।

Quick Links

© 2026 Suchanaa. All Rights Reserved.