Directory Home / Directory
Dev Darshan Saving & Credit Co-operative Ltd.
Chandragiri-5, Dauradepo, Kathmandu
Finance & Insurance
Office Info
Address Chandragiri-5, Dauradepo, Kathmandu
Fax 01-4316125
Phone 2 01-4316125

सहकारी ऐन २०४८ अन्तर्गत स्थापना भएको यस देव दर्शन बचत तथा ऋण सहकारी संस्था लि. नेपाल सरकारबाट वित्तीय कारोवार गर्न इजाजत प्राप्त वित्तीय संस्था हो। यसको प्रधान कार्यालय थानकोटमा अवस्थित छ। यस संस्थाको संचालक समिति तथा उच्च व्यवस्थापन तहमा वित्तीय संस्थामा लामो समयको कार्य अनुभव हासिल गरिसकेको स्थानीय व्यक्तिहरु हुनुहुन्छ। संस्थाको मुख्य उद्देश्य वर्तमान प्रतिस्पर्धात्मक वित्तीय वातावरणमा स्वस्थ प्रतिस्पर्धाबाट आकर्षक व्याज प्रदान गरि संकलन गरिएको निक्षेप रकमलाई इमान्दार सदस्य, व्यवसायी तथा उद्धमीहरुको व्यवसाय प्रवर्धनको लागि सुलभ व्याजदरमा कर्जा प्रवाह गरी उनीहरुलाई सवल र आत्मनिर्भर एवं सक्षम व्यवसायी बनाइ संस्थाको हिस्सेदारको रूपमा स्थापित गर्दै लाने रहेको छ।

 


 

शेयर पूँजी / Share Capital

यस संस्थाको शेयर पुंजी रु. १०,००,००,०००/- ( रु. दश करोड) कायम गरिएको छ। “दशक सहयोग तथा शेयर संकलन कार्यक्रम” अन्तर्गत आ. व. २०७९/८० सम्ममा उक्त शेयर पुंजीलाई पुर्णरुपले चुक्ता पुंजीमा परिणत गरिनेछ।

 


 

व्यवस्थापन / Management

नीति नियमको अधिनमा रहि निर्भिक भएर इमान्दारीपूर्वक कर्तव्य पालना गर्नु सफल व्यवस्थापनको प्रतिबिम्ब हो। व्यवस्थापन पक्ष यो यथार्थलाई सदा शिरोपर गर्न दृढ संकल्पित छ। संस्थाको नीति/कार्यक्रमहरु प्रभावकारिताका साथ कार्यन्वयन गर्न दक्ष तथा अनुभवी कर्मचारीहरु कार्यरत रहेका छन्।

 


 

प्रविधि / Technology

ग्राहक वर्गलाई छिटो छरितो तथा सरल ढंगले वित्तीय सेवाहरु प्रवाह गर्नका लागि तथा दैनिक रूपमा हुने कारोवारलाई व्यवस्थित ढंगले लेखांकन गर्न संस्थालाई पूर्ण रूपमा कम्प्युटरइज गरिएको छ। यसको साथै ग्राहकसंगको वित्तीय कारोवारलाई विश्वासनिया तथा व्यवस्थित गर्नको लागि बैंकिंग सफ्टवेयर Premium CBS जडान गरिएको छ।

 

Quick Links

© 2026 Suchanaa. All Rights Reserved.