Directory Home / Directory
Dhanpalthan Rural Municipality
Sorabhag, Morang
Government
Office Info
Address Sorabhag, Morang

मोरङको दक्षिण भागमा पर्ने धनपालथान  गाउँपालिका नक्सामा हेर्दा त्रिकोनातमक आकारमा रहेको छ ।यो गाउँपालिका साविकका नोचा,कदमाहा, दादरबैरिया,अमाही बरियाती र सोराभाग गाविसलाई मिलाएर बि.स. २०७३ सालमा गठन भएको हो । गाउँपालिका निर्माणका क्रममा साविकको नोचा  गाविसलाई यसको वडा नं. १, अमाही बरियाती गाविसलाई वडा नं. २, सोराभाग  गाविसलाई ३ र ४,दादरबैरिया गाविसलाईआधा जति वडा नं. ५ तथा आधा  वडा नं. ६ तथा कदमाहा गाविसका केही भागलाई वडा नं. ६ मा नै राखेर बाँकी भागलाई वडा नं. ७ मा समावेस गरिएको छ । यसरी दक्षिणमा मोरङका यी पाँचवाटा गाविसलाई मिलाएर धनपालथान  गाउँपालिका बनाइएको छ । यस  गाउँपालिकाको नाम भने साविकको कदमाहा  गाविसमा रहेको राजा धनपालथानको मन्दिरको नाममा राखिएको हो ।

Quick Links

© 2025 Suchanaa. All Rights Reserved.