साविक तामाफोक, माम्लिङ् र आंखिभुई गाविसको संयोजनबाट नेपाल सरकारको मिति २०७३ फागुन २६ गते को निर्णय अनुसार यस धर्मदेवी नगरपालिकाको गठन गरिएको हो । कोशि राजमार्गको उत्तर दक्षिण करिब ४० कि.मी. को भागले छोएको छ । प्रत्येक नगरपालिका एक अविच्छिन्न नगरपालिकाको आफ्नो एउटा छुट्टै छाप हुनेछ । नगरपालिकाले ब्यक्ति सरह चल अचल सम्पत्ति प्राप्त गर्न र बेचबिखन गर्न सक्नेछ । नगरपालिकाले ब्यक्ति सरह आपनो नामबाट नालिस उजुर गर्न र सो उपर पनि सोही नामबाट नालिस उजुर लाग्न सक्नेछ भन्ने उल्लेख गरेअनुसार नै यस नगरपालिको पनि संचालन ब्यवस्थित गरिएको छ ।
© 2025 Suchanaa. All Rights Reserved.