Dhaulagiri Ayurveda Hospital Home / Directory
Dhaulagiri Ayurveda Hospital
Ward 02, Baglung MUN, Baglung, Gandaki
Health / Medical
Address Ward 02, Baglung MUN, Baglung, Gandaki
Email 2 baglungzonal@gmail.com

धौलागिरी आयुर्वेद औषधालयको स्थापना वि.सं. २०२९ सालमा भएको हो | प्रारम्भमा यो औषधालय नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, आयुर्वेद विभाग अन्तर्गत धौलागिरी अंचल आयुर्वेद औषधालय नामले पंयुपाटा गा.वि.स. मा संचालन भयो । २०५८ सालमा पंयुपाटा गा.वि.स. बाट स्थानान्तरण भई हालको बागलुङ न.पा.-२, माझकोटमा संचालन भयो र पंयुपाटामा बलेवा आयुर्वेद औषधालयको स्थापना भयो | संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भई सात प्रदेशको विभाजन पश्चात गण्डकी प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य निर्देशनालय अन्तर्गत संचालन भयो | प्रदेश सरकारको निर्णयानुसार नाम परिवर्तन भई हाल धौलागिरी आयुर्वेद औषधालयको नामले संचालित छ | हाल गण्डकी प्रदेशमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्थापना भएपछि यो कार्यालय स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य निर्देशनालय अन्तर्गत संचालित छ | विगतमा यस औषधालयले बलेवा आयुर्वेद औषधालय, विंहू आयुर्वेद औषधालय, दमेक आयुर्वेद औषधालय, जैदी आयुर्वेद औषधालय र बुर्तिवांग आयुर्वेद औषधालय गरी हाल विभिन्न स्थानीय तहमा रहेका ५ आयुर्वेद औषधालयहरुको समेत आर्थिक र प्रशासनिक जिम्मेवारी वहन गर्दै आएको थियो | संघीयताको स्थापनापछि आयुर्वेद औषधालयहरु स्थानीय सरकार अन्तर्गत रही संचालन भईरहेका छन् |

“स्वस्थस्य स्वास्थ्य रक्षणमातुरस्य विकार प्रशमनं च |”

 

आयुर्वेदको मूल २ उदेश्यहरु:

१. स्वस्थ व्यक्तिको स्वास्थ्यको रक्षा गर्ने |

२. रोगी व्यक्तिको रोगको उपचार गर्ने |

 

आयुर्वेदको यी दुई मूल उदेश्यहरुलाई आत्मसात गर्दै धौलागिरी आयुर्वेद औषधालयले आयुर्वेद तथा वैकल्पिक चिकित्सा मार्फत प्रवर्धनात्मक, प्रतिकारात्मक,  उपचारात्मक सेवाका साथै स्वस्थ जीवनशैलीका लागि स्वास्थ्य सेवाहरु प्रदान गर्दै आईरहेको छ |

धौलागिरी आयुर्वेद अस्पताल
Verified directories are more trusted. Complete your verification to build more trust.
Claim this Directory

Please log in to claim this directory.

Update

Please log in to request an update.

Ratings & Reviews

0.0 (No reviews yet)
Please log in to leave a review.

No reviews yet. Be the first to rate this directory.

Discussion & Queries

Ask a question or share an update (e.g. number unavailable, changed address).

Please log in to join the discussion.

No comments yet. Be the first to start the discussion.