राजधानी देखि ३० किमी पुर्वमा रहेको यस धुलिखेल नगरपाको प्राय अधिकांश भाग पहाडी भूभागले ढाकेको छ र मिश्रित जनजातिले बसोबास गरेको यस नगरमा नेवार समूदायको बाहुल्यता भएको पाईन्छ। पहाडी भूभागले ओगटेता पनि यहाँ प्राय सबैजसो वडामा खानेपानी , बिजुली र सडकको सुविधा उपलब्ध छ । काठमाडौँ उपत्यकाको बढ्दो वायु प्रदुषणका कारण यस नगरपालिका क्षेत्र भित्र कहि वर्ष यतादेखि बसोबासको चाप बढ्न गएको पाईन्छ । धुलिखेल नगरपालिका सुरुदेखि नै पर्यटकीय नगरिको रुपमा विकास हुँदै आईरहेको छ । नगरले बिगत ५ बर्षमा ५३ वटा पार्क निर्माण गरि पर्यटन लाई थप टेवा पुर्याएको छ | यस नगरपालिकाको वार्ड नं. ६ को मैनेभीरको डाॉडामा अत्याधुनिक साधन सम्पन्न धुलिखेल सामुदामयिक अस्पताल संचालनमा रहेको छ । यसले हजारौ स्वदेशी तथा विदेशीहरुलाई स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको छ। त्यस्तै यसै नगरपालिकाको वार्ड नं. ४ भ्याण्डोलमा अन्तराष्ट्रिय स्तरको काठमाण्डौ विश्वविधालय संचालनमा रहेको छ।
नेपालकै नमूनाको रुपमा सञ्चालित खानेपानी कार्यक्रम तथा ढल प्रशोधन केन्द्रबाट नमूनाको रुपमा बायोग्याॉस उत्पादन समेत भएको छ । यस नगरपालिका भित्रमा खानेपानी , विधुत तथा अन्य विविध सुविधाहरु रहेको हुनाले विभन्न होटलहरु समेत संचालनमा रहेका छन। नगरको मध्यभाग भएर जाने २ वटा ठुला राजमार्ग (बिपी राजमार्ग र अरनिको राजमार्ग) का कारण यस नगर ब्यापारको केन्द्र विन्दु समेत बनेको छ ।
© 2025 Suchanaa. All Rights Reserved.