Directory Home / Directory
Digo Paryatan Co-operative Ltd.
SorhakhutteChowk, Nayabajar-16, Kathmandu
Finance & Insurance
Office Info
Address SorhakhutteChowk, Nayabajar-16, Kathmandu
Email 2 info@digoparyatan.coop.np
Phone 2 9851150240

दिगो पर्यटन सहकारी संस्था लिमिटेड सहकारी ऐन २०४८ अन्तर्गत स्थापना भएको, नेपाल सरकार, भूमि व्यवस्था, सहकारी तथा गरिबि निवारण मन्त्रालय अन्तर्गत सहकारी विभाग, डिभिजन सहकारी कार्यालय काठमाण्डौंबाट दर्ता नं. ३३२९/०६७/०६८ मिति २०६७।०४।०७ मा दत्र्ता भई विधिवत रुपमा २०६७ साल माघ २५ गतेबाट वित्तीय कारोबार सुचारु गरेको सहकारी संस्था हो ।

 

यस संस्थाले सहकारी विभागद्धारा जारी गरिएको मापदण्ड भित्र रहदै पर्यटन तथा कृषि व्यवसाय प्रवद्र्धनको लागि सुलभ व्याजदरमा छिटो छरितो सेवाको माध्यमबाट कर्जा प्रवाह गरी सदस्यहरुलाई आर्थिक रुपमा सबल र आत्मनिर्भर बनाउँदै सदस्यहरुको आर्थिक, सामाजिक, साँस्कृतिक विकासमा उच्च टेवा पुयाउँदै र समाजप्रतिको उत्तरदायित्व समेत निर्वाह गर्दै आइरहेको छ । अन्तर्राष्ट्रिय सहकारी मूल्यमान्यता र सिद्धान्तलाई समेत आत्मसात गर्दै नेपालको सहकारी ऐन, नियमावली, संस्थाको स्वीकृत विनियम तथा विनियमावलीहरुको अधीनमा रही सदस्यहरुको अधिकतम हित गर्ने उद्धेश्यले पर्यटन क्षेत्रको विकासमा विषेश जोड दिदै आइरहेको छ । स्थापनाकालमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं २६ ठमेलबाट आफनो कारोवार गरेको यो संस्थाले हाल काठमाण्डौ जिल्लाको काठमाण्डौ महानगरपालिका वडा नं. १६, सोह्रखुट्टेमा कार्यालय स्थानान्तरण गरी सेवा प्रवाह गर्दै आइरहेको छ ।

 

समुन्नत सहकारीको परिकल्पना सहित उद्यमशीलता विकास, व्यावसायिक हित र अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको पर्यटन क्षेत्रको प्रवद्र्धन गर्ने प्रष्ट सोचाइका साथ सुचारु गरिएको यस संस्थामा पर्यटन क्षेत्रका प्रतिष्ठित उद्योगी,व्यवसायी, डाक्टर, ईन्जिनियर, पेशाकर्मी, समाजसेवी लगायत हरेक तह र तप्कामा रहेका व्यक्तित्वहरु समावेश हुनु हुन्छ ।

 

काठमाण्डौ महानगरपालिकाको वडा नं १, १५, १६, २९ र ३० मा कार्य क्षेत्र सीमीत रहेता पनि भविष्यमा जिल्ला भरि नै आफ्नो सेवा विस्तार गर्ने क्रममा अगाडि बढिरहेको यस संस्थाले शेयर रकम तथा सदस्य संख्यामा उल्लेख्य बृद्धि गर्नुका साथै कारोबारमा बिस्तार गरी आफ्ना शेयर सदस्यहरुलाई मुनाफा वितरण गर्न सफल भएको छ । संस्थाले शेयर सदस्यको सहजता र मागलाई ध्यानमा राख्दै भविष्यमा Smart Banking, QR Code लगायतका सेवा समेत संचालमा ल्याउने लक्ष्यलिएको छ ।

 

यस संस्था दिगो पर्यटन सहकारी लिमिटेडले काठमाण्डौ महानगरपालिका वडा नं १६ स्थित साविक गार्डेन होटेल रहेको स्थानमा आफनै नाममा १८५.९५ वर्ग मिटर क्षेत्रफल भएको जग्गा खरीद गरेको र भबिष्यमा उक्त जग्गामा संस्थाको आफनै निजी भवन निर्माण गरी वित्तीय काम कारोबार संचालन गर्ने तथा संस्थाको कार्यालय वाहेकको प्रयोगबाट भाडा संकलन गरी संस्थाको नियमित आम्दानी गर्ने लक्ष्य लिएको छ । यस संस्थाले साना लगानी कर्ताहरु जो व्यवसाय गर्ने अवसारको खोजिमा छन् उनीहरुलाई लगानी गर्ने वातावरणको निर्माण गरी स्वावलम्वी वनाउने र देशमा थप रोजगारी सृजना गर्ने उद्देश्य लिएको छ ।

 


 

Vision

यस संस्थाले देश कै सम्पूर्ण सहकारी संस्थाहरु माझ समुदायमा आधारित दिगो र प्रविधि मैत्री हुँदै आफ्ना सदस्यहरुको आर्थिक, सामाजिक र साँस्कृतिक विकास गरी एक सबल र सर्वोउत्कृष्ठ वित्तिय सहकारी संस्थाको रुपमा स्थापित हुने रहेको छ ।

 


 

Mission

सहकारीको अन्तराष्ट्रिय मूल्य, मान्यता, र सिद्धान्तहरुको मर्म र भावनालाई आत्म साथ गर्दै नेपालको सहकारी ऐन, नियमावली, संस्थाको स्वीकृत विनियम, विनियमावलीहरु, नीतिहरु तथा कार्यविधिअनुुसार आफ्ना सदस्यहरुको आर्थिक ,सामाजिक, साँस्कृतिक विकास सहित रुपान्तरणको लागि समूदायमा आधारित भएर सदस्य सहकारी शिक्षा, वित्तीय साक्षरता, व्यवसायिक तथा स्वरोजगार तालिम सहितको प्रविधिमा आधारित वित्तीय सेवाको पहुँच विस्तार गर्दै सदस्यको सन्तुष्टि अभिवृद्धि गर्ने रहेको छ ।

 


 

Objectives

  • पर्यटन विकासका लागि सहकारिता भन्ने अवधारण अनुरुपपर्यटन व्यवसायी, मजदुर तथा सरोकार वाला सदस्यहरुको आर्थिक, सामाजिक, सांस्कृतिक एवं बौद्धिक कार्यका लागिपर्यटन क्षेत्रमा व्यवसायीक कार्य गरी मुनाफा आर्जन गर्ने ।
  • सहकारी मार्फत नेपालको पर्यटन क्षेत्रको विकास, विस्तार तथा सुधारका संभावनाहरुको अध्ययन, अनुसन्धान गरी सदस्यहरुलाई व्यावसायीक सेवा पु¥याउने ।
  • वातावरणीय स्वच्छता कायम राख्दै पर्यटन क्षेत्रको विकासका लागि समान उद्देश्य भएका राष्ट्रिय तथा अन्तराष्ट्रिय सहकारी संस्था, गै.स.संस्था तथा स्वदेशका विभिन्न निकायहरु संग समन्वय गरि नेपालको पर्यटन विकासमा योगदान पु¥याउने र यस मार्फत सदस्यहरुको व्यावसायिक उत्थान गरी आर्थिक समुन्नत बनाउने कार्य गर्ने ।
  • व्यावसायिक सदस्यहरुको आवश्यकताका आधारमा पर्यटन प्रवद्धन सामग्रीहरुको प्रकाशन तथा व्यवस्थापन गर्ने ।
  • संस्थामा संलग्न सदस्यहरुमा मितव्ययिताको भावना जागृत गराई नियमित बचत गर्ने बानीको विकाशगर्ने ।
  • सदस्यहरुको व्यक्तिगत एवं सामुहिक क्षमता अभिबृद्धि गरी स्वावलम्वी एवं आत्मनिर्भर समाजको निर्माणमा योगदान पु¥याउने ।
  • सदस्यहरुको प्राथमिक आवश्यकता र आयआर्जन क्षमताको पहिचान गरी उत्पादनशील र आयमूलक क्षेत्रमा सदस्यहरु मार्फत लगानी प्रवद्र्धन गरी छरिएर रहेको राष्ट्रिय पुँजीको उपयोग बढाउने ।
  • सहकारी सिद्धान्तको पालना गर्दै संस्थागत शुसासन र वित्तीय स्वःसक्षमताका मूल्य मान्यतालाई सर्बोपरि मानेर संस्था र सदस्यहरुको सर्वोपरी हितको प्रवद्र्धन गर्ने ।
  • सदस्यहरुबाट नियमित बचत संकलन एवं अन्य बैंक तथा वित्तीय संस्थाहरु सँग कर्जा प्राप्त गरी आवश्यक वित्तीय स्रोत संकलन गर्ने र संस्थाका सदस्यहरुलाई कृषि एवं पशुपक्षी, माछा जन्य आय मूलक एवं उद्यमशील क्रियाकलापहरु संचालनका लागी ऋणको रुपमा परिचालन गर्ने ।
  • समान प्रकृतिका अन्य सहकारी संस्थाहरुको विभिन्न तहका संघहरुको नियमानुसार सदस्यता प्राप्त गरी अन्तर सहकारी व्यावसायिक एवं प्राविधिक अन्तर सम्बन्ध र सहयोग विस्तार गर्ने ।
  • सहकारी, शिक्षा, प्रशिक्षण, कार्यशाला, गोष्ठी आदि मार्फत सदस्यलाई वित्तीय साक्षरता प्रदान गर्ने ।
  • पर्यटन व्यवसाय प्रवद्र्धनका कार्यहरु गरि सदस्यहरु लाई सुविधा दिने ।

Quick Links

© 2026 Suchanaa. All Rights Reserved.