District Court, Rupandehi Home / Directory
District Court, Rupandehi
Bhairahawa, Siddharthanagar MUN, Rupandehi, Lumbini
Legal & Audit Services
Address Bhairahawa, Siddharthanagar MUN, Rupandehi, Lumbini

नेपालको संविधान २०७२ को धारा १४८ (१) तथा न्याय प्रशासन ऐन, २०७३ को दफा ३ (१) वमोजिम स्थापित रूपन्देही जिल्ला अदालत शुरु तहको मुद्दा हेर्ने जिल्ला अदालत  हो। यस अदालतको स्थापना वि.सं. २०२१ सालमा भएको हो। यस अदालतको स्थापनाको इतिहास हेर्दा साविकमा वेथरी (हालको मायादेवी गाँउपालिका अन्तर्गतको वेथरी भन्‍ने स्थानमा) अमिनी अदालतको रुपमा स्थापना भएको र यसको क्षेत्राधिकार वेथरी अमिनी अदालतको सबै क्षेत्र र पाली माझखण्ड अमिनी अदालतको (हालको अर्घाखाँची जिल्ला, पाणिनी गाँउपालिकाका अन्तर्गतको पाली, चिदिका, मैदान, पटौटी लगायतका स्थान) केही भू–भाग रहेको पाईन्छ। हाल रूपन्देही जिल्ला अदालत विश्वमा परिचित भगवान गौतम वुद्धको पवित्र जन्म स्थल लुम्बिनी प्रदेश अन्तर्गतको रूपन्देही जिल्ला, सिद्धार्थनगर नगरपालिका, वार्ड नं. ७ भैरहवामा अवस्थित रहेको छ।

नेपालको प्रादेशिक विभाजन अन्तर्गत लुम्बिनी प्रदेशमा पर्ने रुपन्देही जिल्ला तराईमा पर्ने नेपालको भारत तर्फ सिमाना जोडिएको एउटा महत्वपूर्ण जिल्ला हो। यो जिल्लाको अवस्थिति ८३°१२१६” देखि ८३°३८१६” पूर्वी देशान्तर र २७°२०’००”देखि २७°४७’२५”उत्तरी अक्षांशमा पर्दछ। यस जिल्लाको पूर्वमा नवलपरासी, पश्चिममा कपिलवस्तु उत्तरमा पाल्पा जिल्ला र दक्षिणमा भारतको उत्तर प्रदेश पर्दछन्। यो जिल्ला समुन्द्री सतहबाट १०० मिटर देखि १२२९ मिटरसम्मको उचाईमा रहेको छ। मिश्रित जातजातिको बसोबास रहेको यस जिल्लामा नेपाली, भोजपुरी, थारु, अवधि, मगर, गुरुङ भाषा प्रमुख रुपमा बोलिन्छ। हिन्दू धर्मावलम्वीहरूको बाहुल्यता रहेको यस जिल्लामा मुस्लिम र अन्य धर्म मान्‍ने मानिसको बसोबास पनि उल्लेख्य रहेको छ।

यस रूपन्देही जिल्ला अदालतमा वि.सं २०२० साल साउन ७ गते देखि प्रथम जिल्ला न्यायाधीशको रुपमा टेकबहादुर रायमाझीले सेवा प्रदान गरेको अभिलेखबाट देखिन्छ। हालसम्म यस अदालतमा ११५ जना जिल्ला न्यायाधीशहरूले सेवा प्रदान गरेको देखिन्छ। २०२० देखि २०३४ सालसम्म यस अदालतमा १ जना जिल्ला न्यायाधीश रहेकोमा २०३५ साल देखि २ जना न्यायाधीश रहेको, २०३६ सालदेखि ३ जना न्यायाधीश रहेको र विच विचमा न्यायाधीशको सङ्ख्या थपघट हुदै आएकोमा हाल १० जना न्यायाधीश रहने गरी दरवन्दी कायम गरिएको छ। पहिले डिठ्ठा, सुब्बा श्रेस्तेदार रहने व्यवस्था भएकोमा वि.स. २०५१ साल देखि शाखा अधिकृत  श्रेस्तेदार रहने व्यवस्था भएको, वि.स. २०५५ साल देखि उपसचिव श्रेस्तेदार रहने व्यवस्था गरिएको छ। हालका वर्षहरूमा यस अदालतमा हरेक वर्ष ५ हजारको हाराहारीमा नयाँ मुद्दा दर्ता हुने र जिम्मेवारी सरी आएको मुद्दासमेत गरी वार्षिक रूपमा 9 देखि 10 हजार सम्म मुद्दाको लगत पुग्ने गर्दछ। २०८० आषाढ मसान्त सम्मको अभिलेख अनुसार यस अदालतमा सबै भन्दा पुरानो मुद्दा वि.सं. १९८७ सालमा दर्ता भएको कुलापानी मुद्दा रहेको र ८९,३९४ थान मुद्दाहरूको दर्ता अभिलेख रहेका छन। फैसला कार्यान्वयका लागि यस अदालतमा वार्षिक रूपमा ३,५०० सय भन्दा बढी निवेदन पर्ने गरेको छ।  अदालतको काम कारवाही सञ्‍चालनका लागि न्यायाधीश १० जना, स्रेस्तेदार (उप-सचिव) १ जना, तहसिलदार (शाखा अधिकृत) १ जना, शाखा अधिकृत र इजलास अधिकृत गरी ७ जना र अन्य नायव सुब्बा, सर्वेक्षक, सुचना प्रविधि सहायक, कम्प्युटर अपरेटर, डिठ्ठा, तामेलदार, हलुका सवारी चालक, कार्यालय सहयोगी समेत गरी जम्मा ९७ जना कर्मचारीको दरवन्दी रहेको छ।  

Claim this Directory

Please log in to claim this directory.

Ratings & Reviews

0.0 (No reviews yet)
Please log in to leave a review.

No reviews yet. Be the first to rate this directory.

Discussion & Queries

Ask a question or share an update (e.g. number unavailable, changed address).

Please log in to join the discussion.

No comments yet. Be the first to start the discussion.