Kaski Branch Home / Directory
Doodh Pokhari Saving And Credit Co-operative Ltd., Kaski Branch
Sikles-01, Madi RM, Kaski, Gandaki
Finance & Insurance
Address Sikles-01, Madi RM, Kaski, Gandaki
Email Not available

समुदायिक तहमा उपलप्ध पूँजीलाई बचतको माध्यमबाट एकिकृत गरी उक्त पूँजीको परिचालनबाट संस्थामा संलग्न सदस्यहरुको आर्थिक, सामाजिक तथा शैक्षिक स्तरलाई माथि उठाउँदै दिगो र सफल भविश्यको लागि आत्मनिर्भरता बनाउने अभिप्रायले वि.सं. २०६५ मंसिर २३ गते तत्कालिन सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय कास्कीमा विधिबतरुपमा दर्ता गरी दूध पोखरी बचत तथा ऋण सहकारी संस्थाको स्थापना गरिएको हो । स्थानीय व्यक्तिहरुको स्वऐच्छिक सहभागिताबाट उनीहरुको समान आर्थिक, सामाजिक, शैक्षिक र साँस्कृतिक आवश्यकताहरु परिपुर्ति गर्नको लागि सामूहिक स्वामित्व र प्रजातान्त्रिक ढंगबाट नियन्त्रित स्वायत्त संस्था नै सहकारी हो । मानव सभ्यताको प्रारम्भिक कालदेखि नै सामुहिक सहकार्यको विकास हुँदै आएको तथ्य सबैलाई थाहा नै छ । एक जना व्यतिmको प्रयासले मात्र हाम्रा आवश्यकताहरु पुर्ति गर्न सम्भव छैैन । त्यसका लागि सामूहिक सोच, प्रयास, छलफल, सहकार्य र नेतृत्वको खाँचो पर्दछ । म होइन हामी, मेरो होइन हाम्रो, एक जनाको लागि होइन सबैंका लागि भन्ने मन्त्र र भावनाबाट अभिप्रेरित भई सदस्यहरुको वित्तीय तथा गैह–वित्तीय आवश्यकताहरु पुरा गरी समृद्ध समाज निर्माणको लागि धन श्रृजना गरी सदस्यहरुको आर्थिक स्थिति फराकिलो बनाउने काम सहकारीले गर्छ । सहकारीको राष्ट्रिय तथा बिश्वब्यापी अवधारणालाई ब्यवहारमा मुर्तरुप दिंदै सदस्यहरुको आर्थिक, सामाजिक, शैक्षिक एवं साँस्कृतिक आकांक्षाहरु तथा अल्पकालिन र दिर्घकालिन वित्तीय तथा गैह्र–वित्तीय उद्देश्यहरु परिपूर्ति गर्नका लागि समावसेबी तथा यस संस्थाका बरिष्ठ सदस्य श्रीमती रसकुमारी गुरुङको नेतृत्वमा स्थापना गरिएको यस दूध पोखरी साकोसले वि.सं. २०६५ बाट वित्तीय कारोबर गर्दै आईरहेको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहकारी मूल्य, मान्यता र सिद्घान्त, स्थानीय, प्रादेशिक तथा संघीय सरकारको सहकारी सम्बन्धी ऐन नियम, विनियम, नीति, बिधि र कार्यबिधि तथा कार्ययोजनाबाट निर्देशित हुँदै आफ्नो सदस्यहरुको आर्थिक, सामाजिक, शैक्षिक र सांस्कृतिक पक्षहरुको प्रगतिमा दूध पोखरी बचत तथा ऋण सहकारी संस्था लि. योगदान गर्दै समाज परिर्वतनको पवित्र कार्यमा सम्पूर्ण सदस्यज्यूहरुको सक्रिय सहयोग र सहभागिताले हाम्रो संस्थालाई समुदायको दिगो विकासको लागि उत्कृष्ठ सहकारी संस्थाको रुपमा विकास गर्न सहयोग पुग्ने विश्वास हामीले लिएका छौं ।

शेयर सदस्यहरुलाई संस्थाले प्रदान गर्ने सम्पुर्ण सेवाहरु घर दैलोमा पु¥याउने, वित्तीय परामर्श, तालिम, सहकारी शिक्षा, आयमुलक सम्बन्धी तालिम, स्वास्थ्य सम्बन्धी सचेतना लगायतका सेवा तथा कार्यक्रमहरु हम्रो साकोसले संचालन गर्दै आईरहेको छ । पुर्ण सुशासन, पारदर्षिता, ब्यवसायिक तथा कार्यकुशलता, दिगो तथा गुणस्तरीय साकोस, नीति, बिधि तथा प्रबिधिबाट निर्देशित भई नमुना साकोस बनाउने अभियानमा हामी निरन्तर रुपमा लागिपरेका छौं । हाम्रो अभियानलाई अझ प्रभावकारी बनाउन नेपाल सरकार तथा नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लि. (नेफस्कुन) ले संयुक्तरुपमा प्रवद्र्धन तथा कार्यान्वयनमा ल्याएको प्रोबेसन ब्राण्ड (एच्इद्यब्त्क्ष्इल् द्यचबलम) कार्यक्रममा हाम्रो साकोस सकृया रुपमा सहभागि भएको छ । यो कार्यक्रममा सहभागि हुनुको मुल उद्देश्य नेपाल गुणस्तर चिन्ह (द्यचबलम) पाउनु रहेको छ ।

 


 
Vision (परिकल्पणा)

समुदायको दिगो विकासको लागि उत्कृष्ट सहकारी संस्था

 


 
Mission (ध्यय)

सदस्यहरुको गुणस्तरीय जीवन निर्वाहका लागि सहकारी सिद्धान्त अनुरुप सम्पूर्ण वित्तिय, सामाजिक तथा आर्थिक सेवा प्रदान गर्ने संस्था

मुल्य मान्यताहरु
  • इमान्दरिता : निती र निर्णय अनुसार काम गर्ने
  • पारदर्शिता: संस्थाको आन्तरिक संस्थामा आवद्ध सबैलाई यथार्थ जानकारी गराउने ( आवश्यकता अनुसार )
  • जवाफदेहिता : काम परिणामको जिम्मेबारी लिने
  • ऐक्यवद्धता : मिलेर काम गर्ने भावना
  • व्यवसायिक : सदस्यहरुबाट वचत संकलन र सदस्यहरुलाई नै ऋण प्रदान गर्ने वा लगानी गर्ने

 


 

उद्देश्यहरु 

सदस्यहरुको आर्थिक, सामाजिक तथा सांस्कृतिक विकासका लागि संस्थाको उद्देश्यहरु देहायमा उल्लेख भए बमोजिमको हुनेछन् ः

क. संस्थामा संलग्न सदस्यहरु वीच स्वावलम्वन, पारस्परिक सहयोग एवं मितव्ययिताको अभिवृद्धि गरी नियमित बचत गर्ने बानी प्रवद्र्धन गर्ने ।ख. सदस्यहरुको व्यक्तिगत क्षमता विकास तथा उनीहरुको उत्पादन, व्यवसाय तथा पेशाको अभिवृद्धिका लागि वचत परिचालन गर्ने ।ग. सदस्यहरुको आवश्यकता र आय आर्जन क्षमताको पहिचान गरी उत्पादनशिल, आयमूलक, सीपमूलक क्षेत्रमा लगानी व्यवस्थापन कार्यको प्रवद्र्धन गर्ने ।घ. समुदाय भित्र सामाजिक, सांस्कृतिक, शैक्षिक, स्वास्थ्य, पर्यावरण संरक्षण जस्ता क्रियाकलापको जगेर्ना एवं प्रवद्र्धन गर्ने ।ङ. विविध क्षेत्रमा, तालिम र सहकारी शिक्षा मार्फत सदस्यहरुको क्षमता अभिबृद्धि गर्ने ।

Parent Company

Claim this Directory

Please log in to claim this directory.

Ratings & Reviews

0.0 (No reviews yet)
Please log in to leave a review.

No reviews yet. Be the first to rate this directory.

Discussion & Queries

Ask a question or share an update (e.g. number unavailable, changed address).

Please log in to join the discussion.

No comments yet. Be the first to start the discussion.