Fancy Saving & Credit Co-operative Ltd. Home / Directory
Fancy Saving & Credit Co-operative Ltd.
Indradevmarga-01, Bharatpur MC, Chitwan, Bagmati
Finance & Insurance
Address Indradevmarga-01, Bharatpur MC, Chitwan, Bagmati

विकासको क्रमसँंगै देशको विभिन्न स्थानबाट बसाईसराई गरी यस क्षेत्रमा मानिसहरु आउने भएकाले यहाँका स्थानिय जातजाति भन्दा प्राय अन्य स्थानबाट आई बसोबास गर्ने बासिन्दहरुको संख्या बढि रहेको छ । प्राय जसो मानिसहरु उच्च शिक्षा हाँसिल गर्न र जिविकोपार्जन गर्नका लागि सुगम स्थानको खोजी गर्दै यस क्षेत्रमा आउने गरेका छन् । यस क्षेत्रको विगत पेशा व्यवसायलाई हेर्दा पुर्खौली पेशाको रुपमा कृषि पेशा रहेको पाइन्छ । त्यस समयमा न्यून मानिसहरूले मात्र सानो तिनो व्यापार व्यवसाय गर्दथे । त्यो पनि सडकको पेटीमा नाग्लोमा थोरै–थोरै सामग्रीहरु राखेर । सडक बाटो पूर्ण रुपमा पुगेको अवस्था थिएन । यहाँका न्यून व्यवसायीहरु मात्र फेन्सी व्यवसायमा संलग्न रहेका थिए । व्यावसायिक रुपमै फेन्सी व्यवसायसँग सम्बन्धित व्यवसायहरू संचालनमा आएको थिएन ।

२०५६ साल तिर नारायणगढ बजारमा करिव ३०० वटा जति मात्र फेन्सी व्यवसायीहरु थिए । त्यतिवेला सामानहरु काठमाडौंबाट ल्याउनु पथ्र्याे । अहिले जस्तो ट्रान्स्पोर्टको सुविधा थिएन । साना साना पोकामा जम्मा गरी बोरा बनाएर कलङ्की सम्म ठेलामा ल्याएर ट्रकमा लोड गरि ल्याउनुपथ्र्यो । स्थानिय निकायले त्यसवेला चुङ्गीकरको कर्मचारीसँग मोलमोलाई गर्ने र कतिपय अवस्थामा विभिन्न बाधा व्यावधान सम्म हुने गथ्र्याे । त्यही प्रक्रियामा पहुँच हुनेले थोरै कर तिरे पुग्थ्यो भने पहुँच नहुनेले आफूले ल्याएको सामान भन्दा बढि कर तिर्न बाध्या भइन्थ्यो । त्यसलाई समाधान गर्न एउटा संस्था निर्माण गर्नुपर्छ भन्ने अवधाण सहित उद्योग वाणिज्य संघको उपसमितिको रुपमा फेन्सी व्यवसाय उप–समिति तत्कालीन नारायणी फेन्सी स्टोर्सका सञ्चालक हरिश्चन्द्र पियाको नेतृत्वमा गठन गरियो । त्यसले चुङ्गीकर लगायत फेन्सी व्यवसायीहरुमा पर्ने अनेक विवाद अप्ठ्याराहरुलाई सामाना गर्दै गयो र सोमबार बजार बन्द गरि एकता प्रदर्शन गर्ने कार्य समेत गरियो । समयले कोल्टे फेर्दै गयो चुङ्गीकर खारेज भयो र फेन्सी व्यवसायी उप–समिति पनि फेन्सी व्यवसायी संघको रुपमा दर्ता भई अगाडि बढ्यो । त्यस विचमा श्री विजयप्रकाश तण्डुकार, श्री प्रधुम्नकुमार सापकोटा र पुःन श्री विजयप्रकाश तण्डुकार नै क्रमश अध्यक्ष हुनु भयो । सोही समयमा आर्थिक मन्दीको कारण धेरै व्यापारी साथीहरु चर्को र झन्झटिलो व्याजबाट आक्रान्त भई व्यवसाय बन्द गर्ने देखि भाग्ने र पलायन हुने काम भयो जसले गर्दा फेन्सी व्यवसायी संघ माथी नै चुनौती थपिदै गयो । त्यतिवेला फेन्सी व्यवसायी संघका सचिव श्री निलकण्ठ मरासिनी गैंडाकोटमा अवस्थित सहकारी संस्थामा काम गर्नु हुन्थ्यो भने श्री नारायण प्रसाद कँडेल भरतपुर–६, वैदिकनगरमा अवस्थित सहकारी संस्थाको सञ्चालकको भुमिका निर्वाह गर्नुहुन्थ्यो । साथै दुवैजना संघको सल्लाहकार पनि हुनुहुन्थ्यो । वहाँहरुले फेन्सी व्यवसायमा मात्र सिमित दायरा बनाई सदस्यहरुको आर्थिक, सामाजिक र सास्कृतिक विकासका लागि बचत तथा ऋण सहकारी संस्था स्थापना गर्नुपर्ने राय सुझाब पटक–पटक फेन्सी संघमा राखे पश्चात उक्त विषयलाई संघको २०६६ साल पौष महिनामा भगेरी थानमा सम्पन्न साधारण सभामा प्रस्तुत गरिँदा सभाबाट अनुमोदन गरिएको थियो । तत्पश्चात प्रति सदस्य रु.१००० का दरले रकम संकलन गरि ३८ जना सदस्यहरुबाट शुरु गरिएको कार्यलाई मूर्त रुप दिदै फेन्सी बचत तथा ऋण सहकारी संस्था लि नामाकरण गरि आधिकारीकताका लागि २०६८।११।११ गतेका दिन सहकारी प्रशिक्षण तथा डिभिजन कार्यलय भरतपुर चितवनमा दर्ता गरिएको थियो । प्रारम्भिक अवस्थामा संस्थाको जिम्मेवारी तक्कालीन संघका अध्यक्ष श्री विजयप्रकाश तण्डुकारलाई दिईएको थियो ।

संस्थालाई गुणस्तरिय बनाउन नेफ्स्कूनद्धारा सञ्चालित पूर्ण तथा व्यवसायीक साकोस विकास कार्यक्रम (PROBATION) मा २०७५ साल मंसिर २३ गते देखि सहभागि हुँदै आएको छ । यस अवधिमा उक्त कार्यक्रममा सफलता प्राप्त गरी नेपाल स्तरको ब्राण्ड प्राप्त गर्नु र वित्तिय संकटको जोखिम व्यवस्थापन गर्दै संस्थालाई उत्कृष्ठ प्रविधियुक्त, व्यवसायीक दिगो वित्तिय सहकारीको रुपमा विकास गरी संस्थाको छविलाई स्थापित गर्न यो दोस्रो चार वर्षिय रणनीतिक योजना तथा व्यवसायीक योजना निर्माण गरिएको हो ।

 


 

Mission

“सहकारीका आधारभूत सिद्धान्तद्वारा व्यवसायमा आवद्ध सदस्यहरुको आर्थिक सामाजिक तथा सांस्कृतिक जीवनस्तर उकास्नका लागि सम्पूर्ण वित्तीय सेवा प्रदान गर्ने”

 


 

Vision

“आर्थिक समृद्धि सहितको गुणस्तरिय, प्रविधियुक्त, व्यवसायिक दिगो वित्तीय सहकारी संस्था”

 


 

Strategic Objective

१. गुणस्तरीय सेवा प्रदान गरी सदस्यहरुको आर्थिक, सामाजिक तथा साँस्कृतिक जीवनस्तर उकास्ने ।
२. संस्थालाई प्रविधियुक्त, व्यवसायिक ढंगबाट सञ्चालन गरी प्रतिस्पर्धि बनाउने ।
३. संस्थागत क्षमता तथा मानव स्रोतको विकास गरी क्षमतावान बनाउने ।
४. संस्थालाई आर्थिक रुपमा समृद्ध बनाई दिगो वित्तीय सहकारी संस्था बनाउने ।

Claim this Directory

Please log in to claim this directory.

Ratings & Reviews

0.0 (No reviews yet)
Please log in to leave a review.

No reviews yet. Be the first to rate this directory.

Discussion & Queries

Ask a question or share an update (e.g. number unavailable, changed address).

Please log in to join the discussion.

No comments yet. Be the first to start the discussion.