Directory Home / Directory
Gadhawa Rural Municipality
Gadhawa, Deukhuri, Dang
Government
Office Info
Address Gadhawa, Deukhuri, Dang
Email 2 ito.gadhawagaupalika@gmail.com
Fire Department 9823551707
Gadhawa Ambulance 9844930833
Gobardiha Ambulance 9857832694
Gangaparspur Ambulance 9857840060

विक्रम संवत् २०२२ साल अगाडि यस गाउँपालिकामा रहेको मौजाहरूमा थारु (चौधरी) र अहिर (यादव) जातिको वसोवास रहेको थियो । यहाँ वसोवास गर्ने क्रममा यस ठाउँमा ठूलठूला पानी जम्ने ठाउँ भएकोले पशुपालन गर्ने यादवहरूले आफ्नो भाषामा गहिरो र खाल्डाखुल्डी जम्ने ठाउँलाई “गडाहा” भन्ने गर्थे, यस ठाउँलाई ‘गडाहा’‘गडाहा’ भन्दा भन्दै  पछि ‘गढवा’ भन्न थालिएको हो भन्ने जनश्रुति पाइन्छ । त्यस्तै एक अर्को भनाईअनुसार पहिला अन्य गाउँमा रहेका ईनार कुवाको पानी बाक्लो हुने गथ्र्यो बाक्लो पानीलाई थारु भाषामा “गाहार पानी” भन्ने गरिन्छ । यहाँको पानीलाई ‘गाहार’ पानी भन्दा भन्दै अप्रभंश हुन गई पछि गएर यस ठाउँको नाम नै “गढवा” रहन गएको हो र पछि यसैबाट गढवा नाम रहन गएको कुरामा स्थानीय बासिन्दाहरूको विश्वास रहेको छ ।


वि.सं. २०२१ सालपुर्व यस गढवा गाउँपालिकामा थारु र यादव जातिको मौजा रहेको र उनीहरूले मात्र वसोवास गर्दै आएकोमा वि.सं २०२१ सालमा भूमिसुधार ऐन लागु भएपछि यस ठाउँमा अन्य जातजातिका मानिसहरूको आगमन भएको कुरा स्थानीय बासीन्दाहरूको दावी पाइन्छ । वि.सं २०३६ सालको जनमतसंग्रह पछि दाङ जिल्लाको केही गाउँ पञ्चायतको पुनरावलोकन गरिएको र साविक वडा नं ९ बनाइएको कुरा स्थानीय वुढापाकाहरूले भन्छन् तर यस सम्बन्धमा कुनै लिखित दस्तावेज भने पाईएको छैन ।


वि.सं २००६ साल अगाडि औपचारिक रूपमा स्थानीयस्तरमा लेखपढको व्यवस्था नभएकोले हुनेखाने व्यक्तिहरूले मात्र भारतको बनारस, गोरखपुर, वलरामपुर, तुलसीपुरमा आफ्ना बालबालिकालाई पढ्न पठाउने गर्दथे । वि.सं. २००६ सालमा भरतपुर पद्मोदय पब्लिक हाईस्कूल २०१६ सालमा गोवरडिहा सरस्वती हाईस्कूल र २०१७ साल गढवा जनता उ.मा.वि. स्थापना भएपछि स्थानीयस्तरमा नै पढ्ने लेख्ने व्यवस्था भएको थियो ।


विश्व मानचित्रमा अवस्थिति ८२०२८’०” देखि ८२०४८ु५०” पूर्वी देशान्तर र २७०४१’५०”देखि २७०५०’२०”उत्तरी अक्षांशसम्म फैलिएर रहेको गढवा गाउँपालिका  लुम्बिनी प्रदेश  मा पर्दछ । गढवा गाउँपालिका साविकका गा.वि.स हरू गढवा, कोइलावास, गँगापरस्पुर र गोवरडिहा मिलेर बनेको हो । समुद्री सतहबाट १९५ मिटरदेखि ८८५ मिटरसम्मको उचाइमा रहेको यस गाउँपालिकाको पूर्वमा अर्घाखाँची र कपिलवस्तु जिल्ला, पश्चिममा राजपुर गाउँपालिका, उत्तरमा लमही नगरपालिका र राप्ती गाउँपालिका तथा दक्षिणमा भारतको विहार रहेका छन् भने यस गाउँपालिकाले ३५८.५७ वर्ग कि.मी क्षेत्रफल ओगटेको छ ।


२०७८ को जनगणनाअनुसार यस गाउँपालिकाको जनसंख्या ४५,८९८ रहेको छ जसमध्ये महिलाको जनसंख्या २३,५९० (५१.४ प्रतिशत)र पुरुषको जनसंख्या २२,३०८ (४८.६ प्रतिशत) रहेको छ ।त्यसैगरी जनगणनाअनुसार सबैभन्दा बढी थारु जाति १९,६६९ जना (४१.५%), दोस्रोमा क्षेत्री ४,७१० (१०.२%) र तेस्रोमा मगर ४,१९० (९.१%) चौथोमा कुमाल ४,०९१(८.९%) पाचौमा यादव ३,५२७(७.७%) छैठौमा ब्राह्मण २०१५(४.४%) सातौमा बिश्वोकर्मा १,८३१(४%),आठौमा मुसलमान १,५०२(३.३%) नवौमा परियार ८१७(१.८%)  र दशौमा सन्हयासी/दसनमि ६९२ (१.५%) हरुको बसोबास रहेको छ । औषत पारिवारिक आम्दानीमा कृषि व्यवसायको सबैभन्दा ठूलो हिस्सा रहेको छ र स्थानीय बासिन्दाको आम्दानीको मुख्य श्रोतहरूमा व्यापार, व्यवसाय, नोकरी, साना तथा मझौला उद्योगहरू र विकल्पको रूपमा वैदेशिक रोजगारी पनि एक हो ।परम्परागत प्रणालीको कृषि व्यवसायको उत्तम विकल्प खोजिरहेका यहाँका बासिन्दा आधुनिक जीवनशैलीमा रमाउन थालेका छन् । स्थानीय जनशक्ति मजदुरी तथा अध्ययनका लागि विदेशिने क्रम बढिरहेको छ । यस गाउँपालिकामा आधारभूतदेखि माध्यमिकतहसम्म शिक्षा प्रदान गर्ने शैक्षिक संस्थाहरूरहेका छन् ।गुणस्तरीय र प्राविधिक उच्च शिक्षाको लागि यस गाउँपालिकाका शैक्षिक संस्थाहरूमा स्थानीय विद्यार्थीका अलावा अन्य छिमेकी गाउँपालिकाबाट समेत आउने गरेका छन् । विभिन्न समुदाय, जातजातिका मानिसको बसोबास रहेको यस क्षेत्रमा विभिन्न चाडपर्व मनाउने गरिन्छ ।दशैँ, तिहार, माघी, होली, महाशिवरात्री, रामनवमी, कृष्णजन्माष्टमी, बकरइद, आईतबारी, बुद्धजयन्ती आदि यहाँका प्रमुख चाडपर्वको रूपमा रहेको पाईन्छ ।

 

 

Quick Links

© 2025 Suchanaa. All Rights Reserved.