सुदुर पश्चिम प्रदेशमा अवस्थित गोदावरी नगरपालिका कैलालि जिल्लाको मध्यपश्चिम भागमा अवस्थित रहेको छ । विगत २०७१ जेष्ठ ४ गते साविकको अत्तरिया, मालाखेति, श्रीपुर र गेटा गांउविकास समितिलाई मिलाई अत्तरिया नगरपालिकाको निर्माण गरिएको थियो । तथापि २०७३ फाल्गुन २८ गते प्रकाशित राजपत्रका आधारमा साविकको अत्तरिया नगरपालिकामा गोदावरी गांउ विकास समितिलाई समेत मिलाएको र साविक अत्तरिया नगरपालिकाको वार्ड नं. ९, १० र ११ लाई छोडी हालको गोदावरी नगरपालिकाको निर्माण गरिएको हो ।
गोदावरी एक धार्मिक महत्व वोकेको क्षेत्र मानिन्छ । यो क्षेत्र हिन्दुहरुको विश्वासको आधार रहेको पवित्र नदी गोदावरीवाट सिंचित रहेको छ । परापूर्व कालमा हिन्दु धर्मका प्रख्यात ऋषि गौतमले यसै क्षेत्रमा तपस्या गरि ज्ञान आर्जन गरेको साथै द्वापर यूगमा भगवान श्रीकृष्ण, भिष्मपितामहः तथा पांच पाण्डव जस्ता तपश्वीहरु समेत यस क्षेत्रको विचरण गरि यसै पवित्र गोदावरी नदीमा स्नान गरि ज्ञान समेत हासिल गरेको विश्वास गरिन्छ । जस्को संझना स्वरुप हरेक वर्ष यस क्षेत्रमा मकर सक्रांतिमा मेला समेत लाग्ने गरेको छ ।
गोदावरी नगरपालिकाको प्रमुख व्यापारिक केन्द्र अत्तरिया वजार पूर्व पश्चिम राजमार्ग र ७ नम्वर प्रदेशको उत्तर दक्षिण भागलाई जोडने भिमदत्त राजमार्गको संगमस्थलमा अवस्थित रहेको छ भने यो नगरपालिका ७ नम्वर प्रदेशको विशेषगरि पहाडी जिल्लाहरुमा जाने स्थल मार्गको द्वारपनि मानिन्छ । चुरे पर्वत श्रृंखलाको काखमा रहेको यो नगरपालिका जिल्लाको सदरमुकाम धनगढी वजारवाट १५ कि.मि. उत्तर र नेपाल भारत सिमानावाट २५ कि.मि उत्तरमा अवस्थित छ । साथै नेपालको पश्चिमी सिमाना गड्ढाचौकि र दक्षिणी सिमाना गौरीफन्टा जाने मार्ग समेत यहि नगरपालिकाको केन्द्र अत्तरिया वजार हो, जो गोदावरी नगरपालिकाको प्रमुख सेवा केन्द्रको रुपमा समेत रहेको छ ।
Please log in to claim this directory.
No reviews yet. Be the first to rate this directory.
© 2026 Suchanaa. All Rights Reserved.
Discussion & Queries
Ask a question or share an update (e.g. number unavailable, changed address).
No comments yet. Be the first to start the discussion.