Member Service Center Home / Directory
Goodwill Saving & Credit Co-operative Ltd., Member Service Center
Sankhamul, Kathmandu MC, Kathmandu, Bagmati
Finance & Insurance
Address Sankhamul, Kathmandu MC, Kathmandu, Bagmati
Email Not available
Website Not available

परिचय

“एकका लागि सबै, सबैका लागि एक”

सहकारी सिद्धान्त र मुल्य मान्यता अनुसार २०६५ साल श्रावण २३ गते विधिवत रुपमा साविक डिभिजन सहकारी कार्यालय काठमाण्डौमा द.नं. १७७७/०६४/६५ र राष्ट्रिय सहकारी नियमन प्राधिकरण को इजाजत पत्र नं. २०६५–००२२३ प्राप्त गरी काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं. ७ चावहिलमा कार्यालय स्थापना गरि वचत तथा ऋणको कारोवार शुरु गरेको हो । सदस्यहरुको आर्थिक, सामाजिक र सांस्कृतिक सुधार गर्न र गराउनका साथै सदस्यहरुमा आत्मनिर्भर अनि स्वरोजगार र स्वव्यवसायी बनाई समुदायमा स्थापित गर्न सकिन्छ भन्ने उद्देश्यले २६ जना स्थानीय सदस्य मिली स्थापना गरिएको हो । सदस्यहरुलाई नियमित वचत गर्ने वानी बसाली सुरक्षित भविष्य वनाउन विभिन्न वर्ग तथा समुदायहरुलाई प्रोत्साहित गर्ने उद्देश्य समेत रहनुका साथै सर्वसुलभ दरमा ऋण उपलब्ध गरी साना तथा मझौला व्यवसायीहरुलाई प्रोत्साहित गरी देशको आर्थिक वृद्धिमा समेत सहयोग गर्ने लक्ष्य रहेको छ ।


परिकल्पना

“सहज पहुँच र उत्कृष्ट वित्तिय समाधान”

 

ध्येय
“सदस्यको आवश्यकतामा आधारित वित्तिय उत्पादनलाई आधुनिक प्रविधीको प्रयोग गरी सहज सेवा प्रदान गर्ने ”

 

उद्देश्य

  • कामको प्रकृतिको आधारमा संस्थाका उद्देश्यहरुलाई अल्पकालिन र दीर्घकालीन गरी दुई भागमा वर्गिकरण गरिनेछ । संस्थाले आफ्नो जीवनकालमा निरन्तर रुपमा हासिल गर्नुपर्ने उद्देश्यहरु लामो अवधिको उद्देश्य र तोकिएको निश्चित अवधिभित्र हासिल गर्नुपर्ने उद्देश्य छोटो अवधिको उद्देश्यको रुपमा रहनेछन् । हाल संस्था सञ्चालनको लागि केही उद्देश्यहरु निश्चित गरिएको छ ।
  • समुदायका सदस्यहरुलाई बचतको अवधारणा सिकाई नियमित बचत गर्ने बानीको विकास गर्ने ।
  • समुदायका सदस्यहरुको औपचारिक वित्तीय क्षेत्रमा पहुँच स्थापित गर्ने ।
  • सदस्यहरुलाई सर्वसुलभ तवरबाट ऋण तथा अन्य वित्तीय सेवाहरु उपलब्ध गराउने ।
  • आफ्ना सदस्यहरुको आर्थिक वृद्धिको लागि सीपमुलक तथा उत्पादनमुलक क्षेत्रमा लगानी वढाउने ।
  • सदस्यहरुसँगको सम्वन्ध प्रगाढ वनाउने ।
  • सुचना तथा संचार प्रविधीमा अद्यावधिक गर्ने ।
  • सहकारीको माध्यमबाट आर्थिक विकासमा राज्यलाई टेवा पु-याउने ।
  • सदस्यहरुलाई सहकारी शिक्षा तथा सचेतना सम्वन्धी तालिम दिने ।
  • समुदायमा साकोसको छवि उच्च बनाउने ।
  • सदस्यहरु माझ पारिवारिक सम्बन्ध बनाउने ।
  • सदस्यहरुको आर्थिक, सामाजिक र स्वास्थ्यमा आत्मनिर्भर बनाउने ।

 

हाम्रा विशेषताहरु

  1. बिना धितो कर्जा बचतको आधारमा सामुहिक जमानीमा उपलब्ध गराइने छ ।
  2. आफुले जम्मा गरेको बचत रकमको ब्याज ३/३ महिनामा पाइने ।
  3. घर, पसल, कार्यालयबाटै रकम बचत गर्न सकिने ।
  4. कम्प्युटर प्रणालिबाट हिसाब राखिने ब्यवस्था भएकोले छिटो, छरितो काम हुने ।
  5. जति पनि रकम जम्मा बचत गर्न र झिक्न सकिने ।

 

ब्यवस्थापन
यस संस्थालाई सुचारु रुपले संचालन गर्न संचालक समितिको अध्यक्ष लगायत अन्य कर्मठ, इमान्दार र परिश्रमी कर्मचारीहरुको एउटा पारिवारिक वातावरण समुह क्रियाशील रहेको छ । त्यसैले यस संस्थाले अरु सहकारी संस्था भन्दा छिटो, छरितो र भरपर्दो सेवा प्रदान गरेको छ ।

 

Parent Company

Claim this Directory

Please log in to claim this directory.

Ratings & Reviews

0.0 (No reviews yet)
Please log in to leave a review.

No reviews yet. Be the first to rate this directory.

Discussion & Queries

Ask a question or share an update (e.g. number unavailable, changed address).

Please log in to join the discussion.

No comments yet. Be the first to start the discussion.