GP Koirala National Centre for Respiratory Diseases Home / Directory
GP Koirala National Centre for Respiratory Diseases
Shuklagandaki 05, Dulegaunda, Tanahun
Health & Medical
Office Info
Address Shuklagandaki 05, Dulegaunda, Tanahun

नेपाली राजनीतिका शिखर पुरुष एवं पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले नेपाली जनता र राष्ट्रका लागि पु¥याउनुभएको महत्वपूर्ण योगदानलाई राज्यले उच्च मूल्याङ्कन र सम्मान गर्दै उहाँको स्मृतिमा जी.पी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रको स्थापना भएको हो । स्व. गिरिजाप्रसाद कोइरालाको २०६६ चैत ७ गतेका दिन श्वासप्रश्वाससम्बन्धी रोगले निधन भएकाले तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको सरकारले मिति २०६७-१-५ को मन्त्रीपरिषद्को निर्णयबमोजिम १०० शैय्याको जी.पी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रको स्थापना गर्ने निर्णय गरेको थियो ।


नेपालमा मुटु, मृगौला, आँखा क्यान्सरलगायत अन्य रोगको उपचार का निम्ति विशेष सेवा सहितको अस्पताल स्थापना भए तापनि श्वास –प्रश्वाससम्बन्धी रोगको विशेष सेवासहितको अस्पताल स्थापना भएको थिएन । सोही आवश्यकतालाई पूरा गर्न डा. जगदीशचन्द्र अग्रवालको नेतृत्वमा १५ सदस्यीय कार्यदल गठन गरियो । कार्यदलले एक वर्षको समयावधि पाएको थियो । कार्यदलले नेपालमा श्वास– प्रश्वाससम्बन्धी रोगको स्थिति भयावह देखिएकाले तत्काल अस्पताल स्थापना गर्न आवश्यक भएको प्रतिवेदन मन्त्रालयमा बुझायो । समितिको प्रतिवेदनपछि डा. लक्ष्मीराज पाठकको नेतृत्वमा कार्यदलको गठन भयो । समितिलाई ठाउँ छनोट र कार्यालय व्यवस्थापन गरी केन्द्र निमार्णको प्रक्रिया अघि बढाउने जिम्मेवारी सुम्पियो । एक वर्षको कार्यकालमा उक्त कार्यदलले केही काम अघि बढायो ।

Claim this Directory

Please log in to claim this directory.

Ratings & Reviews

0.0 (No reviews yet)
Please log in to leave a review.

No reviews yet. Be the first to rate this directory.

Discussion & Queries

Ask a question or share an update (e.g. number unavailable, changed address).

Please log in to join the discussion.

No comments yet. Be the first to start the discussion.