Directory Home / Directory
Guthi Sansthan
Tripureshwor, kathmandu
NGO, INGO & Social Services
Office Info
Address Tripureshwor, kathmandu
Email 2 guthisansthan2021@gmail.com

मानव समाजको विकास क्रमसंगै विकसित हुँदै आएको गुठी प्रथा नेपाली समाजको सभ्यता र परम्पराको लामो श्रृंखलाहरूमा आवद्ध भएको पाईन्छ । यही सभ्यता र संस्कारको संरक्षण एवं सम्वर्द्धन गर्नका लागि हाम्रा पूर्वजहरूले मठ-मन्दिर, धर्मशाला, पाटी पौवा, बाटो-घाट, हिटी, धारा, कुवा, स्थापना गरी पर्व पूजा जात्रा आदिको व्यवस्था लगायत तीर्थयात्री, जोगी, सन्यासी आदिलाई सदावर्तका साथै गरीव-गुरूवालाई सीधा हण्डी र परोपकारी भावनाले सार्वजनिक कार्यका लागि सार्वजनिक अस्पताल, विद्यालय आदि को स्थापना र सञ्चालनार्थ आफ्नो जीवनभरको कमाईबाट चल अचल सम्पत्ति उदात्त भावनाले छुट्याई राखिदिएका छन् । दाताले छुट्टयाई राखेका ती चल-अचल सम्पत्ति नै गुठी हो। पर्यटकीय महत्व समेत वोकेका राष्ट्रिय मठ, मन्दिर एवम् जात्रा, यात्रा, पर्व, नाच-गान, भजन आदि नै नेपालको खाँटी चिनारी झल्काउने सांस्कृतिक धरोहर हुन् । जाती, समाज र सिङ्गो राष्ट्रको स्वतन्त्र अस्तित्वको पहिचान गराउने निधिहरू धार्मिक, सांस्कृतिक, ऐतिहासिक, सामाजिक सम्पदाहरू नै हुन् । यिनै सम्पदा राष्ट्रको गौरव हुन्, राष्ट्रिय पर्यटन व्यवसायको आधार स्तम्भ हुन् । यिनीहरूलाई बचाउने, जोगाई राख्ने कार्यमा खलल पुग्न गयो भने संस्कृती लोप हुन जाने हुन्छ। संस्कृती एक पटक लोप हुन गयो भने यसको पुनर्प्राप्ती असम्भव छ । गुठी भनेका जग्गा जमिन वा भोगको विषय होइन । यो कला, संस्कृति, परम्परा र धर्मको समग्र रूप हो, राष्ट्रको पहिचान हो, समाजको जीवन पद्धति हो। व्यक्ति विशेषको इच्छा र आकांक्षा गुठी संचालन र संरक्षणमा बाधक हुन सक्दैन भन्ने मानसिकताको विकास हामी सबैमा हुन जरूरी छ । समग्रमा गुठी भनेको हामी सबैको साझा सम्पत्ति हो । त्यसैले समयानुकूल यसको संरक्षण, संम्वर्द्धन, संचालन र व्यवस्थापनमा सबै एक जुट भएर अघि बढ्‌नु आजको टड्‌कारो आवश्यकता हो । वर्तमान परिवर्तित सन्दर्भमा हाल भएका र विगतमा प्रस्ताव गरिएका संशोधन समेतलाई आधार लिई जग्गा प्रशासनबाट अलग गरी गुठी सम्बन्धी सम्पूर्ण काम कारवाही हेर्ने छाता संगठनको रूपमा यसलाई बिस्तार र विकास गरी स्पष्ट नीति, निर्देशन, दिशाबोध र प्रभावकारी कार्यक्रम संचालन गर्न गुठी ऐनलाई चाँडो भन्दा चाँडो समयसापेक्ष परिमार्जित कानूनको रूप दिन अपरिहार्य छ । काठमाडौं उपत्यकामा शासन गर्ने लिच्छवीहरू गणतन्त्र प्रणालीका अनुयायी थिए। उनीहरूको सामाजिक कार्य सम्पादन गर्ने पाञ्चाली हुन्थे या त गोष्ठी हुन्थे। समान धर्म विचार, जातिको समूह गोष्ठी हुन्थ्यो, भने समान धर्म जाती नभएका व्यक्ति पनि समावेश हुने स्वायत्त शासनको इकाई पाञ्चाली हुन्थे र सामाजिक कार्य क्षेत्रभित्र पर्ने काममा अर्पण गरिएका जग्गाको व्यवस्था पाञ्चालीबाट हुने गर्थ्यो। वि.सं. २००७ साल अघिसम्म राजगुठी अन्तर्गतका अमानतमा संचालित गुठीको बन्दोवस्त गुठी बन्दोवस्त अड्डावाट हुने र छुट गुठीहरूको बन्दोवस्त तथा संचालन लिखत परम्परा बमोजिम छुट गुठीका गुठीयारहरूवाट हुँदै आएको पाईन्छ । २००७ सालमा प्रजातन्त्रको स्थापना पछि गुठीको बन्दोवस्त अर्थ मन्त्रालयबाट हुने व्यवस्था भएको थियो। केन्द्रीय स्तरको कार्य गुठी बन्दोवस्त अड्डाबाट भई रहेकोमा वि.सं. २०१८ सालमा गुठी बन्दोवस्त अड्डाको पुनर्गठन भयो । गुठीको रकम असूल गर्न र खर्च गर्न गुठी तहसिल र गुठी खर्च अड्डा भन्ने नामले मालपोत विभाग अन्तर्गत रहेको पाइन्छ । नेपालको संविधान, २०१९ ले गुठी रकम (देवस्व) लाई राज्यकोषबाट अलग गरेकाले राजगुठीको वन्दोवस्त र संचालन गर्न वि.सं. २०२१ साल कार्तिक १७ गते बाट गुठी संस्थान स्थापना भयो । गुठी संस्थान ऐन लागू हुनु पूर्व सम्पूर्ण गुठीका कर्मचारीहरू नेपाल सरकार कै कर्मचारी भएका र तिनीहरू बाटै गुठीको बन्दोवस्त हुने हुनाले गुठीका कर्मचारी प्रशासनको सम्पूर्ण खर्च पनि तत्कालीन सरकारले नै व्यहोरेको थियो ।

Suchanaa Logo

Gwarko, Lalitpur

9851402025

info@suchanaa.com

Quick Links

© 2025 Suchanaa. All Rights Reserved.