Directory Home / Directory
Hamro Pahuch Multipurpose Co-operative Society Limited
Ghorahi road, Tulsipur, Dang
Finance & Insurance
Office Info
Address Ghorahi road, Tulsipur, Dang

   निम्न आय भएका किसान, मजदुर, ज्यामीहरुलाई एकताबद्ध गरी उनिहरु संग रहेको सानो–सानो पूँजी एकत्रित गरेमा ठुलो पूँजीको निर्माण गर्न सकिन्छ र एक्ला एक्लै गर्न नसकिने कामहरु धेरै जना मिलेर गर्ने उद्देश्य राखेर तुलसीपुर नगरपालिकामा सामाजिक क्षेत्रमा  क्रियासिल व्यक्तिहरुको तत्परतामा २०६४ श्रावण १३ गतेका दिन तुलसीपुरमा पहिलो प्रारम्भिक भेलाको आयोजना गरीयो । सो भेलाको अध्यक्षता हरि प्रसाद रिजालले गर्नु भएको थियो भने भेलामा यस क्षेत्रका महिला पुरुष गरी २९ जनाको उपस्थिति रहेको थियो । भेलाले (क) सहकारी संस्था खोल्ने (ख) संस्थाको नाम हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड राख्ने (ग) संस्थाको ठेगाना तुलसीपुर नगरपालिका वाडा नं. ५, दाङ्ग राख्ने (घ) संस्थाका उद्देश्यहरु (ङ) संस्थाले गर्ने कार्यहरु (च) संस्थाको कार्य क्षेत्र (छ) शेयर शुल्क र प्रवेश शुल्क (ज) संस्थाको कार्ययोजना र विनियम तयार गर्ने सम्बन्धमा लगायतका निणर्यहरु गर्नुका साथै हरि प्रसाद रिजालको अध्यक्षतामा तदर्थ समिति समेतको निर्णय गरेको थियो । जसको उपाध्यक्षमा दुर्गा प्रसाद भण्डारी (जैसी), सचिव हेमराज कालाथोकी, कोषाध्यक्ष मोहन सिंह वली र सदस्यहरुमा तारा बहादुर थापा, घनश्याम खनाल र खिमा भण्डारी रहनु भएको थियो ।

      मिति २०६४ श्रावण १५ गतेका दिन तदर्थ समितिका अध्यक्ष हरि प्रसाद रिजाालको अध्यक्षतामा दोश्रो प्रारम्भिक भेला सम्पन्न भएको थियो । भेलाले खिमानन्द खानालको संयोजकत्वमा जिवन भण्डारी र देवराज भण्डारी सदस्य रहेको लेखा समितिको चयन गरेको थियो । त्यसै गरी मस्यौदा विनियम, मस्यौदा कार्ययोजना पारित गर्नुका साथै संस्था दर्ताका लागी हरि प्रसाद रिजाल, हेमराज कालाथोकी र मोहन सिंह वली लाई अधिकार प्रत्याजोन गर्ने निर्णय गरेको थियो । यसरी सम्पुर्ण प्रक्रिया पुरा गरी डिभिजन सहकारी कार्यालय दाङ्गका तात्कालिन सहकारी अधिकृत विष्णु पौडेलले विनियम, कार्ययोजना तथा अन्य कागजातहरुमा प्रमाणित गरे पछि मिति २०६४ श्रावण ३१ गते विधिवत रुपमा संस्था दर्ता भएको थियो । संस्था दर्ता गर्दा महिला ८ जना र पुरुष १७ जना गरी जम्मा २५ जना संस्थापक सदस्यहरु रहनु भएको थियो । संस्था दर्ता भए पछि मिति २०६४ भाद्र २२ गते वसेको तदर्थ संचालक समितिको बैठकले भरत भण्डारी, दुर्गा प्रसाद खनाल र खुविराम भण्डारी रहेको सल्लाहकार समितिको चयन गरेको थियो ।

       मिति २०६४ आश्विन १९ गतेका दिन तदर्थ संचालक समितिका अध्यक्ष हरि प्रसाद रिजालको अध्यक्षता, सचिव हेमराज कालाथोकीको संचालन र जेष्ठ सदस्य मान बहादुर गुरुङ्गको प्रमुख आतित्थ्यता र उद्घाटनमा प्रारम्भिक साधारण सभा शुरु भएको थियो । साधारण सभामा भरत भण्डारी, शुक्रराज भण्डारी, मनिराम खनाल, नारायण भण्डारी, कमला जि.सी.लगायतले मन्तब्य राख्नु भएको थियो भने उपाध्यक्ष दुर्गा प्रसाद भण्डारी (जैसि)ले स्वागत गर्नु भएको थियो । प्रारम्भिक साधारण सभाले हरि प्रसाद रिजालको अध्यक्षतामा दुर्गा प्रसाद भण्डारी (जैसी) उपाध्यक्ष,हेमराज कालाथोकी सचिव, मोहन सिंह वली कोषाध्यक्ष र खिमा भण्डारी, खिमानन्द खनाल, जागेश्वर भण्डारी सदस्य रहेको संचालक समितिको चयन गरेको थियो । त्यसै
गरी घनश्याम खनाल संयोजक र मान बहादुर गुरुङ्ग, जीवन भण्डारी सदस्य रहेको लेखा समितिको समेत चयन गरेको थियो । साथै दुर्गा प्रसाद भण्डारी (जैसी) संयोजक, जागेश्वर भण्डारी सदस्य र देवराज भण्डारी सदस्य रहेको एग्रोभेट संचालन उप–समितिको गठन गरेको थियो । यो साधारण सभाले नै वचत तथा ऋण कारोवार, सहकारी पेट्रोलपम्प र एग्रोभेट संचालन गर्ने निणर्य गरेको थियो ।

   मिति २०६४ मंसिर ८ गते सम्पन्न सञ्चालक समितिको बैठकले वचत तथा ऋणको कारोवार ०६४ पुष १ गते देखि शरु गर्ने निर्णय गरेको थियो भने सहकारी पेट्रोलपम्पको अध्ययन र दर्ता प्रक्रिया अगाडि बढाउने निर्णय गरेको थियो । सोहि बैठकले मोहन सिंह वली संयोजक, खिमानन्द खनाल र खग प्रसाद पोख्रेल सदस्य रहेको वचत तथा ऋण उप–समिति र हरि प्रसाद रिजाल संयोजक, भरत भण्डारी र हेमराज कालाथोकी सदस्य रहेको सहकारी पेट्रोलपम्प संचालन उप–समिति गठन गरेको थियो । भने सल्लाहकार समितिको पुनःगठन गरी वरिष्ठ सल्लाहकारमा बिष्णु पौडेल र भरत भण्डारी ,शुक्रराज भण्डारीलाई सल्लाहकारमा राख्ने निणर्य गरेको थियो । त्यसै गरी २०६४ मंसिर २१ गते सम्पन्न सञ्चालक समितिको बैठकले सहकारी पेट्रोलपप्पका लागी सल्यान रोडमा ५ कट्ठा जग्गा लिजमा लिने, सरकारी तथा गैर सरकारी संघ संस्था संग सम्झोता लगायत आवश्यक सम्पुर्ण काम गर्नका लागी हरि प्रसाद रिजाल र शुक्रराज भण्डारीलाई अख्तियारी दिने निर्णय गरेको थियो । यसरी संस्थाले मिति २०६४ माघ ११ गते नेपाल आयल निगम लिमिटेडबाट अधिकृत ईन्धन बिक्रेताको नियूक्ती पाएको थियो । त्यस्तै २०६४ फागुन १६ गतेको बैठकले सञ्चालक समितिका सदस्य खिमा भण्डारीले राजिनामा दिए पछि खालि हुन आएको रिक्त रहेको सदस्य पदमा डिल्लीराज भण्डारीलाई नियूक्ति गरेको थियो । पेट्रोलपम्पको भौतिक निर्माण कार्य सम्पन्न भईसके पछि मिति २०६५ श्रावण ३० गतेका दिन सहकारी पेट्रोलपम्पको उद्घाटन् कार्यक्रम सम्पन्न गरीयो । संस्थाका अध्यक्ष हरि प्रसाद रिजालको अध्यक्षता, शुक्रराज भण्डारीको सञ्चालन, दुर्गा प्रसाद भण्डारी(जैसीं) ले स्वागत गर्नु भएको उद्घाटन कायंक्रमको प्रमुख अतिथि तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष दिपेन्द्र कुमार खत्री रहनु भएको थियो । कार्यक्रममा कमल बहुउद्देश्य सहकारी संस्था लिमिटेडका अध्यक्ष तेज बहादुर कार्की, जनसेवा वचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष शेसुराम भण्डारी लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

        मिति २०६५ भाद्र १४ गतेका दिन शेयर सदस्यहरुको भेला अध्यक्ष हरि प्रसाद रिजालको अध्यक्षतामा सम्पन्न भयो । भेलाले पेट्रोलपम्प निर्माण गर्दा भएको खर्च आम्दानी अनुमोदन र पेट्रोलपम्प सञ्चालन नितिका सम्बन्धमा छलफल र निणर्य गरेको थियो । त्यसै गरी २०६५ मंसिर १४ गतेका दिन संस्थाको प्रथम साधारण सभा सञ्चालक समितिका अध्यक्ष हरि प्रसाद रिजाल, सचिव हेमराज कालाथोकीको सञ्चालन, उपाध्यक्ष दुर्गा प्रसाद भण्डारी(जैसी) को स्वागतबाट शुरु भएको प्रथम साधारण सभाका प्रमुख अतिथि डिभिजन सहकारी कार्यालयका सहकारी निरिक्षक जागेश्वर नेपाली रहनु भएको थियो । कार्यक्रममा भरत भण्डारी, श्रीमति ईन्दु शर्मा, शेसुराम भण्डारी लगायतले शुभकामना मन्तव्य दिनु भएको थियो । साधारण सभाको बन्दशत्रमा सञ्चालक समितिको तर्फबाट अध्यक्षले सञ्चालक समितिको विघटनको घोषणा गर्नु भए पछि ढुण्डीराज खनालको संयोजकत्वमा भरत भण्डारी र घनश्याम खनाल रहेको तिन सदस्यीय निर्वाचन समितिको गठन गरिएको थियो । निर्वाचन समितिले निर्वाचन सम्वन्धि सम्पुर्ण प्रक्रिया पुरा गरी सके पछि हरि प्रसाद रिजालको अध्यक्षतामा खुविराम भण्डारी उपाध्यक्ष,बिष्णु बहादुर के.सी. सचिव, मोहन सिंह वली कोषाध्यक्ष र कमला जि.सी., खिमानन्द खनाल, जिवन भण्डारी सदस्य रहेको सञ्चालक समिति र हेम राज कालाथोकी संयोजक, सुर्य प्रसाद शर्मा, वासुदेव भण्डारी सदस्य रहेको लेखा समितिको निर्वाचन सम्पन्न भएको घोषणा गरेको थियो । त्यस्तै साधारण सभाले वचत तथा ऋण निति, सहकारी पेट्रोलपम्प संचालन निति र कर्मचारी प्रसासन नियमावली पारित ग¥यो भने रेडियो परियोजना सञ्चालन गर्ने निणर्य गरेको थियो । साधारण सभाको लगत्तै पछि बसेको सञ्चालक समितिको बैठकले भरत भण्डारी, बिष्णु पौडेल र चेत बहादुर राहु रहेको सल्लाहकार समितिको गठन गरेको थियो । त्यसै गरी २०६५ माघ २२ गतेको सञ्चालक समितिको बैठकले एफ.एम. रेडियो दर्ता प्रक्रिया अगाडी बढाउनका लागी संयोजक हरि प्रसाद रिजाल र सदस्य भरत भण्डारी, खगेन्द्र पोख्रेल,मोहन सिंह वली रहेको रेडियो संचालन उप–समिति गठन गरी काम अगाडी बढाउने निणर्य ग¥यो र मिति २०६५ फागुन ६ गते रेडियो हाम्रो पहुँच सञ्चालनको ईजाजत–पत्र सूचना तथा सञ्चार मन्त्रालयले संस्थालाई प्रदान गरेको थियो ।

       मिति २०६६ भाद्र ५ गते संस्थाको दोश्रो बार्षिक साधारण सभा सञ्चालक समितिका अध्यक्ष हरि प्रसाद रिजालको अध्यक्षता, सचिव बिष्णु बहादुर के.सी.को सञ्चालन,उपाध्यक्ष खुविराम भण्डारीको स्वागत र तुलसीपुर उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष खगेन्द्र प्रसाद पोख्रेलको प्रमुख आतित्थ्यतामा शुरु भएको थियो । कार्यक्रमलाई डिभिजन सहकारी कार्यालयका सहकारी निरिक्षक चेतलाल न्यौपाने, कमल बहुँउद्देश्य सहकारी संस्थाका अध्यक्ष तेज बहादुर कार्की, संस्थाका सल्लाहकार भरत भण्डारी, जनसेवा वचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष शेसुराम भण्डारी लगायतले शुभकामना व्यक्त गर्नु भएको थियो । साधारण सभाले लेखा समितिको संयोजकमा सुर्य प्रसाद शर्मा र सदस्यहरुमा वासुदेव भण्डारी र चिन्तामणि पोख्रेललाई वाकी अवधिका लागी पुनः निर्वाचन गरेको थियो । साथै रेडियो परियोजना समेत अगाडी बढाउने निणर्य गरिएको थियो । साधारण सभाको लगत्तै पछि वसेको सञ्चालक समितिको बैठकले सल्लाहकार समितिको पुनः गठन गरेको थियो । जसमा भरत भण्डारी, बिष्णु पौडेल र हेमराज आचार्यलाई राख्ने निर्णय गरेको थियो । त्यसै गरी सोहि बैठकले दुर्गा प्रसाद भण्डारी संयोजक र बिष्णु बहादुर के.सी., मोहन सिंह वली सदस्य रहेको पेट्रोलपम्प संचालन उप–समितिको समेत गठन गरेको थियो । त्यस्तै २०६६ पुष १० र ११ गते संस्थाका करिब ६० जना शेयर सदस्यहरु सहभागी रहेको अधारभुत सहकारी शिक्षा तालिमको सञ्चालन गरीएको थियो जसको प्रशिक्षकहरुमा सहकारी अधिकृत नारायण प्रसाद श्रेष्ठ, शुक्रराज भण्डारी र बिष्णु बहादुर के.सी.रहनु भएको थियो ।ंं संस्थाले मिति २०६६ चैत्र १९ गते श्रीगाउ गा.वि.स.मा विमला योगीको नाममा रहेको ८ कट्ठा जग्गा खरिद ग¥यो भने मिति २०६७ बैसाख १० गते बसेको सञ्चालक समितिको बैठकले रेडियो परियोजना सञ्चालनका लागी तत्काल भौतिक पुर्वाधार निर्माण कार्य शुरु गर्ने र कृषि विकास बैंकको नाममा रहेको जग्गा लिजमा लिने निणर्य गरेको थियो भने रेडियो सञ्चालनको कार्य अगाडि बढाउन हरि प्रसाद रिजाल संयोजक र भरत भण्डारी, ईश्वरी भण्डारी, मोहन सिंह वली र बिष्णु के.सी. सदस्य रहेको रेडियोको पुर्वाधार निर्माण उप–समितिको गठन गरियो र काठमाण्डौ स्थीत सुश्मीत ईन्टरनेश्नल संग रेडियो उपकरण खरिदका लागी सम्झौता गर्न हरि रिजाल, ईश्वरी भण्डारी, र मोहन सिंह वलीलाई जिम्मा दिने एवंम स्टुडियो निर्माणका लागी ईश्वरी भण्डारीलाई जिम्मा दिने निर्णयका साथै रु ३० लाखको बजेट समेत विनियोजन गर्ने निणर्य गरेको थियो ।

    मिति २०६७ जेठ २२ गते तुलसीपुर उद्योग वाणिज्य संघको सभाहलमा रेडियो परियोजनाका बिषयमा छलफल गर्न कार्यक्रमिक भेला संस्थाका अध्यक्ष हरि प्रसाद रिजालको अध्यक्षता, सचिव बिष्णु बहादुर के.सी.को सञ्चालनमा शुरु भएको थियो । भेलामा ईश्वरी प्रसाद भण्डारी, भरत भण्डारी, शुक्रराज भण्डारी लगायतले बोल्नु भएको थियो । भेलाले रेडियो परियोजना सञ्चालनका लागी शेयर सदस्यहरु बाटै रकम जुटाउने र आवश्यक जनशक्तिको व्यबस्था गर्न पत्रकारीता तालिमको व्यबस्था गर्ने निणर्य गरेको थियो र सोको व्यबस्थापनका लागी ईश्वरी प्रसाद भण्डारी संयोजक र बिष्णु के.सी.,सुरेश सुमन डाँगी सदस्य रहेको तालिम व्यवस्थापन उप–समितिको गठन गरी जिम्मा तोक्ने निर्णय गरेको थियो । यसरी ०६७ भाद्र ५ गते रेडियो हाम्रो पहुँच ८९ मेगाहर्जको परिक्षण प्रसारण शुरु भयो भने नियमित प्रसारणको अनुमति संस्थाले सूचना तथा सञ्चार मन्त्रालय बाट मिति २०६७ असौज १४ गते प्राप्त गरेको थियो । यसै गरी ०६७ असौज ३१ गते दसैको टिकाको दिन साँझ ६ः३० वजे देखि तात्कालिन समाचार प्रमुख ईश्वरी प्रसाद भण्डारीले रेडियो हाम्रो पहुँचबाट हाल खवर शुरु गर्नु भएको थियो । २०६७ कार्तिक १७ गते रेडियो हाम्रो पहुँच ८९ मेगाहर्जको तात्कालिन सू्चना तथा सञ्चार मन्त्रि शंकर पोख्रेलको प्रमुख आतित्थ्यतामा विधिवत उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो । हरि प्रसाद रिजालको अध्यक्षता, बिष्णु बहादुर के.सी.र शुक्रराज भण्डारीले सञ्चालन गर्नु भएको कार्यक्रममा कमला जि.सी.ले स्वागत गर्नु भएको थियो । उद्घाटन कार्यक्रममा बिशिष्ट अतिथि सभासद तथा राष्ट्रिय जनमोर्चाका बरिष्ठ केन्द्रिय उपाध्यक्ष रश्मीराज नेपाली र विभिन्न सरकारी तथा गैर सहकारी कार्यालय तथा संघ÷संस्थाका प्रमुख तथा प्रतिनिधिहरुले शुभकामना मन्तव्य राख्नु भएको थियो । रेडियो हाम्रो पहुँचलाई प्रवद्धन गर्ने उद्देश्य राखेर सञ्चालक समितिको मिति २०६७ कार्तिक २६ गतेको निर्णय अनुसार २०६७ मंसिर २१ गते काठमाण्डौको पर्यटन वोर्डको सभाहलमा “नेपाल पर्यटन बर्ष २०११ र पर्यटन पर्वद्धन तथा विकासमा राप्ती अञ्चलको स्थान,पहिचान, सम्भावना र चुनौती” बिषयक अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रम संचालक समितिका अध्यक्ष हरि प्रसाद रिजालको अध्यक्षता, संस्थाका तात्कालिन व्यवस्थापक शुक्रराज भण्डारीको सञ्चालन मा शुरु भएको उक्त उक्त कार्यक्रममा विभिन्न राजनैतिक दलका नेताहरु, राप्ती अञ्चलबाट विभिन्न समयमा प्रतिनिधित्व गरेका सांसद तथा मन्त्रीहरु, पर्यटन विकास संग सरोकार राख्ने विभिन्न व्यक्तित्वहरु लगायतले मन्तव्य राख्नु भएको थियो । सो कार्यक्रममा काठमाण्डौमा रहेका विभिन्न क्षेत्रमा क्रियासिल करीव २०० जना व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । साथै सोहि सांझ काठमाण्डौ मै विज्ञापन एजेन्सीहरु, मिडिया प्रमुखहरु र अन्य बिशिष्ट व्यक्तिहरुको उपस्थितिमा परिचयात्मक कार्यक्रम सम्पन्न भएको थियो । यसै गरी मिति २०६७ पुस १० गते संस्थाको तेश्रो बाषर््िाक साधारण सभा सञ्चालक समितिका अध्यक्ष हरि प्रसाद रिजालको अध्यक्षता, सचिव विष्णु बहादुर के.सी.को सञ्चालन र स्थानिय विकास अधिकारी सुर्य कान्त झाँको प्रमुख आतित्थ्यमा शुर भएको थियो । साधारण सभामा नेपाल पत्रकार महासंघका पुर्व केन्द्रिय उपाध्यक्ष विपुल पोख्रेल, फ्रिडम फोरम नेपालका सचिव सनत कुमार आचार्य, कमल बहुउद्देश्य सहकारी संस्थाका अध्यक्ष तेज बहादुर कार्की जनसेवा वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष दुर्गा प्रसाद भण्डारी लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

      मिति २०६८ श्रावण ११ गते बसेको सञ्चालक समितिको बैठकले संस्था द्धारा सञ्चालित सबै परियोजनाहरुमा कार्यरत कर्मचारी पद तथा तलव स्केलको मापदण्ड निर्धारण गर्नकालागी भरत भण्डारीको संयोजकत्वमा जीवन भण्डारी र सुर्य प्रसाद शर्मा सदस्य रहेको तिन सदस्यीय पद निर्धारण उप–समितिको गठन गरेको थियो सो समितिले वुझाएको प्रतिवेदनलाई ०६८ भाद्र २ गतेको बैठकले पारित गर्नुका साथै आवश्यकता अनुसार कार्यान्वयन गर्ने निर्णय गरेको थियो । त्यसै गरी मिति २०६८ श्रावण २३ गते बसेको सञ्चालक समितिको बैठकले संस्था स्थापना दिवसको अवसरमा भाद्र १० र ११ गते तिजगित प्रतियोगिता गर्ने निणर्य गरेको थियो जसको तयारीका लागी कमला जि.सी. संयोजक र खिमानन्द खनाल, जिवन भण्डारी सदस्य रहेको एक उप–समिति गठन गरीएको थियो । यसै यरी स्थापना दिवसको अवसरमा ०६५ भाद्र ५ गते देखि रेडियो हाम्रो पहुँचको प्रसारण समय दैनिक १७ घण्टा बनाईएको थियो । यस्तै ०६८ भाद्रं ५ गते बसेको सञ्चालक समितिको बैठकले भरत भण्डारी संयोजक र डिलाराम वुढाथोकी, डिभिजन सहकारी कार्याल, देवराज भण्डारी सदस्य रहेकको ४ सदस्यीय निर्वाचन समितिको गठन गरेको थियो ,पछि देवराज भण्डारीले सो समितिबाट राजिनामा दिए पछि उक्त समिति ३ सदस्यीय बनेको थियो । मिति २०६८ भाद्र १९ गतेको बैठकले असौज १२ गते चौथो साधारण सभा र १५ गते निर्वाचन सम्पन्न गर्ने निर्णय ग¥यो । सोहि अनुसार ०६८ असौज १२ गते तुलसीपुर उद्योग वाणिज्य संघको सभाहलमा सञ्चालक समितिका अध्यक्ष हरि प्रसाद रिजालको अध्यक्षता, सचिव बिष्णु बहादुर के.सि.को सञ्चालन र नेपाल प्रेश काउन्सीलका अध्यक्ष नारायण प्रसाद शर्माको प्रमुख आतित्थ्यतामा बार्षिक चौथो साधारण सभा शुरु भएको थियो । साधारण सभामा वचत तथा ऋण जिल्ला सहकारी संघ दाङ्गका अध्यक्ष अन्जन कुमार पौडेल, कमल बहुउद्देश्य सहकारी संस्थाका अध्यक्ष तेज बहादुर कार्की, जन सेवा वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष खग प्रसाद पोख्रेल, सहयोगी वचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक डिलाराम बुढाथोकी, उन्नत कृषि सहकारी संस्थाका अध्यक्ष नारायण प्रसाद भण्डारी, संस्थाका सल्लाहकार भरत भण्डारी, बयोवृद्ध शेयर सदस्य मनिराम खनाल लगायतले शुभकामना मन्तव्य दिनु भएको थियो । यसै गरी गठित निर्वाचन समितिको घोषित निर्वाचन कार्यक्रम तालिका अनुसार असौज १३ गते उमेदवारी दर्ता र दावि विरोध, १४ गते उमेदवारी फिर्ता सहितका सबै प्रक्रिया पुरा गरी असौज १५ गते आगामी तिन बर्षे कार्यकालका लागी अध्यक्ष शुक्रराज भण्डारी, उपाध्यक्ष–ढुण्डीराज खनाल, सचिव–देवराज भण्डारी, कोषाध्यक्ष–सुर्य प्रसाद शर्मा र सदस्यहरु कृष्ण प्रसाद पोख्रेल, जानकी खनाल, रामबहादुर जि.एम. रहेको ७ सदस्सीय सञ्चालक समिति र संयोजक–खिमानन्द खनाल,सदस्य–शसिराम वुढाथोकी, सदस्य–नारायण प्रसाद भण्डारी रहेको लेखा समिति निर्विरोध निर्वाचित भएको घोषणा निर्वाचन समितिले गरेको थियो भने , ०६८ असौज १६ गते डिभिजन सहकारी कार्यालयका सहकारी अधिकृत विनोद पौडेलको प्रमुख आतित्थ्यतामा पदभार ग्रहण, पदभार हस्तान्तण र सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको थियो । मिति २०६८ असौज २० गते बसेको सञ्चालक समितिको बैठकले भरत भण्डारी बरिष्ठ सल्लाहकार, हरि प्रसाद रिजाल, मोहन सिंह वली, खुविराम भण्डारी, र मनिराम खनाल सल्लाहकार रहेको सल्लाहकार समितिको निर्णय गरेको थियो । त्यसै गरी सुर्य प्रसाद शर्मा संयोजक, डिलाराम वुढाथोकी ,निमा रेग्मी सदस्य रहेको वचत तथा ऋण उप–समिति, दर्गा प्रसाद भण्डारी(जैसी) संयोजक र डिल्ली राज भण्डारी, कृष्ण प्रसाद पोख्रेल सदस्य रहेको सहकारी पेट्रोलपम्प सञ्चालन उप–समिति, देवराज भण्डारी संयोजक र खिमानन्द खनाल, तारा प्रसाद पोख्रेल, नारायण प्रसाद भण्डारी सदस्य र रमेश रेग्मी सदस्य सचिव रहेको कर्मचारी छनौट तथा पद पुर्ति उप–समिति गठन गरेको थियो । सल्लाहकार समितिमा रहेका मध्ये हरि प्रसाद रिजाल, मोहन सिंह वली र खुविराम भण्डारीले समिति समक्ष र विभिन्न मिडिया मार्फत सार्वजनिक रुपमा सल्लाहकार पदबाट राजिनामा गरे पछि मिति २०६८ माघ ६ गते बसेको सञ्चालक समितिको बैठकले सल्लाहकार समितिको पुनःगठन गरी बरिष्ठ सल्लाहकार भरत भण्डारी र ईश्वरी प्रसाद भण्डारी, मनिराम खनाल सल्लाहकार रहेको तिन सदस्सीय सल्लाहकार समितिको गठन गरेको छ ।   

Quick Links

© 2025 Suchanaa. All Rights Reserved.