Directory Home / Directory
Himalaya Cooperative Society Ltd.
Old Baneshowr, Kathmandu
Finance & Insurance
Office Info

यस संस्थाले मिति २०५३।०९।२८ गते तत्कालीन कृषि मन्त्रालय अन्तर्गत डिभिजन सहकारी कार्यालय, काठमाडौंमा दर्ता  भई (द.नं.२३१।०५३) मिति २०५४।०१।१६ देखि बचत संकलन तथा कर्जा लगानीको कारोवार गर्दै आइरहेको     छ । मिति २०५४।११।०१ देखि नेपाल राष्ट्र बैंकबाट सिमित बैंकिङ कारोवार गर्ने  समेत स्वीकृति लिइएकोमा मिति २०७५।०४।०१ देखि सिमित बैंकिङ कारोवार गर्ने सहकारीहरुलाई नेपाल राष्ट्र बैंकको  नियमाकीय तथा सुपरीवेक्षकीय दायराबाट अलग गराइएको छ । काठमाडौ जिल्ला कार्यक्षेत्र रहेको यस संस्थाले कुनै शाखा कार्यालय स्थापना गरेको छैन भने संस्थाले का.जि का.म.न.पा वडा नं. १० देवकोटा सडक, पुरानो बानेश्वरमा रहेको आफ्नै भवनबाट कार्यालय संचालन तथा दैनिक कारोवारबाट गर्दै आएको छ । सहकारी सिद्धान्त, मुल्य र मान्यताका आधारमा आफ्ना सदस्यहरुबाट आकर्षक व्याजदरमा निक्षेप स्वीकार गरी सर्वसुलभ व्याजदरमा  सरल र सहज कर्जा प्रदान गर्दै सदस्यहरुको आर्थिक स्तर सुदृढ एवं अभिवृद्धि गर्दै आर्थिक सम्वृद्धिको बाटोमा लैजान संस्था प्रयत्नशील रहेको छ ।

Quick Links

© 2025 Suchanaa. All Rights Reserved.