वि.सं. २०५२ सालको चैत्र महिनाको दोस्रो शनिबार देखि एक दिने १५१ जना सदस्यहरुबाट मासिक रु. ४००।– जम्मा गर्ने गरी बु.न.पा.–१०, सुख्खानगरमा लुम्बिनी सोसाइटीको नाममा श्री एक बहादुर राना ज्यूको नेतृत्वमा स्थापना भएको यस इन्द्रेणी बहुउद्देश्य सहकारी संस्था लिमिटेड २०५५ साल आषाढ २४ गते श्री भुपाल कुमार श्रेष्ठ ज्यूको नेतृत्वमा सहकारी कार्यालयमा वैधानिकता पाई विभिन्न समूह संचालन गर्दै बालबचत, शेयरसदस्यहरु बिच बैंकिङ कारोबार, मुद्दती निक्षेप संकलन सहित विभिन्न समुहगत बचत संकलन गर्दै आइरहेको छ । जस मध्ये ४००, ५००, ६००, ७००, ८००, १०००, १२००, १५००, २००० र एकमुष्ट ५००००।– का समुहहरु रहेका छन । ती समुहहरुमध्ये ४००, ५००, १०००, १५०० समुहका बचतकर्ताहरुलाई उक्त समुहले आर्जन गरेको ब्याज लाई विजयादशमीमा बचतका रुपमा वितरण गर्दै आएको छ । जुन रकमले विजयादशमीमा शेयर सदस्यहरुलाई धेरै सहयोग पुर्यााएको छ । बचतको अनुपातमा शेयरमा बृदि गर्दै, बचतलाई नियमितता गर्दा संस्थाप्रतिको लगावमा बढि प्रभावकारिता आउछ भन्ने मान्यता अनुसार बचत वितरण गरिरहेको समुहलाई एकत्रित गरी न्युनतम मासिक रु ५००।– जम्मा गर्ने गरी सबै समुहहरुलाई एकत्रित गरी नियमित बचत संचालन यही २०६८ आश्विन बाट थालिएको छ । शेयर र बचत गरेका रकम शेयर सदस्यहरुको आर्थिक विकासमा लगानी गर्नका साथै सामाजिक कार्यक्रममा बाढि पिडित सहयोग, छत्रवृत्ति वितरण,रक्तदान कार्यक्रम, जेष्ठ शेयर सदस्य सम्मान तथा मासिक भत्ता वितरण, पर्यावरण संरक्षण लगायतका क्षेत्रमा संस्थाले लगानी तथा सहयोग गरिरहेको छ । जग्गा क्षेत्रफल – ०–३–८ (तिन कठ्ठा आठ धुर) ठेगाना – बुटवल उप–महानगरपालिका– ८, धर्मपथ, रुपन्देही कार्यक्षेत्र – रुपन्देही जिल्ला दर्ता – १५२ (९४६) मिति – २०५५/०३/२४
Our Vision
समुदायको पहिलो रोजाइ, उत्कृष्ट वित्तीय सहकारी ।
Our Mission
सुशासन, प्रतिस्पर्धी, प्रविधियुत्तफ् सेवा, खुसी र सुखी सदस्य, गैर वित्तिय सेवा, सर्वसुलभ, गुणस्तरीय, नवीनतम वित्तीय सेवा, संस्थागत सक्षमता (बजारीकरण, जोखिम व्यवस्थापन, मानवीय स्रोत व्यवस्थापन, सदस्यता वृद्धि) कार्यतन्त्र, वकालत र वहस पैरवी ।
Please log in to claim this directory.
No reviews yet. Be the first to rate this directory.
© 2026 Suchanaa. All Rights Reserved.
Discussion & Queries
Ask a question or share an update (e.g. number unavailable, changed address).
No comments yet. Be the first to start the discussion.