Directory Home / Directory
Jaljala Rural Municipality
Lamakhet, Parbat
Government
Office Info
Address Lamakhet, Parbat

नेपालको संविधान २०७२ मा उल्लेख भएअनुसार गरिएको राजनैतिक विभाजन अनुसार व्यवस्था गरिएका सातवटा प्रदेशहरु  र ७५३ वटा स्थानीय तहहरुमध्ये  गण्डकी प्रदेश पर्वत जिल्ला अन्तर्गत पर्ने एउटा स्थानीय तह जलजला गाउँपालिका हो । ऐतिहासिक तथा पौराणिक महङ्खवको कालञ्जर हम्पाल पर्वतको उच्च शिखर र प्रसिद्ध कृष्णागण्डकीको तटसम्म विस्तारित यस गाउँपालिका पर्या–पर्यटन, धार्मिक पर्यटन, कृषि तथा लघु उद्यम आदिको विकासका लागि बलियो सम्भावना बोकेको क्षेत्रका रुपमा चिनिन्छ । यो गाउँपालिका पहाडी भौगोलिक बनावट भएको, प्राकृतिक, सांस्कृतिक तथा सामाजिक विविधताका दृष्टिले महङ्खवपूर्ण र सुन्दर गाउँपालिका हो ।
नेपाल सरकारको मिति २०७३ साल फागुन ३० गतेको निर्णयअनुसार पर्वत जिल्लाका साविकमा कायम रहेका ४७ वटा गा.वि.स. र एउटा नगरपालिकालाई समायोजन गरी गठन भएका सातवटा स्थानीय तहहरु
(जलजला, मोदी, महाशिला, पैयुँ एवम् बिहादी गरी ५ वटा गाउँपालिका र कुश्मा तथा फलेवास सहित २ वटा नगरपालिका¬) मध्ये जलजला गाउँपालिका एक हो । साविकमा कायम रहेका बाँसखर्क, माझफाँट, लेकफाँट, शालिजा, धाइरिङ, नागलीवाङ र बनौं सहित सातवटा गा.वि.स. हरुलाई समावेश गरी नौ वटा वडा रहेको जलजला गाउँपालिकाको गठन गरिएको हो ।
हालको मोदी र जलजला गाउँपालिकाको उत्तरी खण्डमा फैलिएर रहेको पौराणिक र ऐतिहासिक महङ्खव बोकेको कालञ्जर हम्पाल पर्वतको काखमा अवस्थित प्रसिद्ध सिमसार क्षेत्र जलजला भन्ने स्थानको नामबाट यस गाउँपालिकाको नाम ‘जलजला’ रहन गएको देखिन्छ । पौराणिककालमा देवराज इन्द्रले बनाएको भनिएको सरोवर संभवतःयही जलजला नै थियो र यो मानसरोवर जत्तिकै पवित्र थियो भनी वृहननारदीय पुराणको पुरुषोत्तम महात्म्यममा उल्लेख गरिएको छ । जैविक विविधताले भरिपूर्ण रहेको, अनेकौं प्रजातिका चराचुरुङ्गी, जनावर, रुख विरुवा र जडिबुटिहरु पाइने यो क्षेत्र पर्या पर्यटन तथा धार्मिक पर्यटनका दृष्टिले उत्कृष्ट गन्तव्यस्थलका रुपमा स्थापित हुनसक्ने सम्भावना बोकेको क्षेत्रका रुपमा रहेको छ । जलजलामा चौबीसी राज्यको अस्तित्वकालमा पर्वत राज्यका राजा डिम्वबमले मुस्ताङ र पर्वतबीचको व्यापारका लागि यही जलजलालाई व्यापारिक सामान सङ्ग्रह गर्ने स्थल बनाएका थिए । राजा डिम्बवमले मुस्ताङबाट ल्याएका नुन, ऊन लगायतका सामग्री यही जलजलामा ल्याएर राख्ने गरेको तथ्य इतिहासमा भेटिन्छ । विगतमा लेसपार, देउपुर तथा आसपासका स्थानीयबासीहरुले भोटमा नुन लिन जाँदा यही जलजलाको मार्ग प्रयोग गर्ने गरेको पाइन्छ ।
यस गाउँपालिकाको पूर्वी सिमानामा मोदी गाउँपालिका र कुश्मा नगरपालिकाको भाग, पश्चिम र उत्तरी भागमा म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिका, दक्षिणमा म्याग्दीकै बेनी नगरपालिका र बागलुङ जिल्लाको बागलुङ नगरपालिका (कालीगण्डकीको सिमाना) पर्दछ । यस गाउँपालिका २८० १६’ ०१” देखि २८० २३’ २९” उत्तरी अक्षांस र ८३० ३४’ ०३” देखि ८३० ३८’ ३९”  पूर्वी देशान्तरमा अवस्थित छ । यस गाउँपालिकाको कुल क्षेत्रफल ८२.२६ वर्ग किलोमीटर रहेको छ भने समुद्र सतहबाट ७६० मीटर उचाईदेखि ३००० मीटरसम्मको उचाईमा यो गाउँपालिका फैलिएर रहेको छ । २०६८ सालको जनगणनाअनुसार जनसङ्ख्याको दृष्टिले जिल्लाका सातवटा स्थानीय तहमा तेस्रो र गाउँपालिकाहरु मध्येमा पहिलो स्थानमा यो गाउँपालिका पर्दछ ।
(जि.स.स., पर्वत, २०७४) । २०६८ सालको जनगणना अनुसार गाउँपालिकामा रहेका ५५६१ घरधुरीमा कुल जनसङ्ख्या २१४५४ बराबर रहेको छ । जसमा महिला ११७४२ (५४.७३) र पुरुषको सङ्ख्या ९७१२ (४५.२७) रहेको छ ।

Suchanaa Logo

Gwarko, Lalitpur

9851402025

info@suchanaa.com

Quick Links

© 2025 Suchanaa. All Rights Reserved.