खोटाङ जिल्लाको दक्षिणी भेगमा अवस्थित यस जन्तेढुङ्गा गाउँपालिका सदरमुकाम दिक्तेलबाट करिब १८ कोष दक्षिण पश्चिम तथा पूर्वमा आमचोक गाउँपालिका (भोजपुर), दक्षिणमा चौदण्डीगढी नगरपालिका (उदयपुर), पश्चिममा बराहपोखरी गाउँपालिका (खोटाङ) र उत्तरमा खोटेहाङ गाउँपालिका (खोटाङ) को बिचमा अवस्थित छ । यस गाउँपालिकाको कुल क्षेत्र फल १२८.६२ स्क्वायर किलोमिटर रहेको छ। राष्ट्रिय जनगणना २०७८ अनुसार यस गाउँपालिकाको कुल जनसंख्या १२०१६ रहेको छ।विविध जातजाती, भाषाभाषी र विभिन्न धर्मालम्वीहरु रहेको यस गाउँपालिकामा राई जातीको बाहुल्यता रहेको पाइन्छ। भिन्न भिन्न जातीले आ-आफ्नै धर्म तथा संस्कृत अनुसार फरक फरक किसिमका चाडपर्वहरू मनाउने भएता पनि साकेला, छोङ्खा चण्डी, दशै तिहार, तिज आदि चाडपर्वहरुको बिशेष महत्व हुने गर्दछ । यस गाउँपालिकाका प्रमुख धार्मिक स्थलहरुमा जन्तेढुङ्गा, देविस्थान, चण्डिथान, भानुमति आदि प्रसिद्ध धार्मिक स्थलहरु रहेका छन् । पर्यटकीय नगरीका रुपमा विकास गर्न सक्ने यस गाउँपालिकामा जन्तेढुङ्गामा, भञ्ज्याङखर्क, चण्डिथान, भानुमति आदि रमणिय स्थानहरु रहेक छन् ।
© 2025 Suchanaa. All Rights Reserved.