Directory Home / Directory
Jayaprithvi Municipality
Chainpur, Bajhang
Government
Office Info
Address Chainpur, Bajhang
Fax 092-421064
भुपरिवेष्टीत देश नेपालको सुदूरपश्‍चिम देशको उत्तरी भागमा अवस्थित रहेको बझाङ जिल्लाको दक्षिणी-पुर्व क्षेत्रको पहाडी भागमा यो जयपृथ्वी नगरपालिका अवस्थित रहेको छ । यो नगरपालिका २०७१ साल बैशाख २५ गते नेपाल सरकारको मन्त्री परिषदको निर्णय अनुसार साविकको ५ ओटा गा.वि.स.हरु चैनपूर, रिठापाटा, सुवेडा, हेमन्तवाडा र लुयाटा लाई मिलाएर गठन भएको हो । पहाडी जिल्ला बझाङको भुभागमा अवस्थित यस नगरपालिकालाई पुनः स्थानिय तह निर्धारण आयोगको प्रतिवेदन बमोजिम साविकको कैलाश गा.वि.स. र जयपृथ्वी नगरपालिका वडाहरु मिलायर हाल जयपृथ्वी नगरपालिका कायम रहेको छ, जसको केन्द्र साविक जयपृथ्वी नगरपालिकको वडा नं ४ र हालको वडा नं १० चैनपूर रहेको छ । मिति २०७३/११/२७ गते नेपाल सरकारद्वारा प्रकाशित खण्ड ६६,संख्या ५८, नेपाल राजपत्र भाग ४ को पृष्ट नं ३५८ प्रकाशित राज्य पुनसंरचनाको प्रतिवेदन अनुरुप यस नगरपालिकामा जम्मा ११ वटा वडा कायम गरएको छ ।
 
यस भुमिमा जन्मेका मानवतावादी राजा जयपृथ्वी बहादुर सिंहले पुर्याएको योगदानलाई सम्मान गर्देै उहाँको नाममा यस नगरपालिकाको नामाकरण गरिएको हो ।
 
जम्मा १६६.७९ वर्ग कि.,मी,क्षेत्रफल रहेको यस नगरपालिकाको जनघनत्व १३२.४७ प्रति कि.मी रहेको छ । २०६८ को जनगणना अनुसार २२,१९१ जनसंख्या रहेको यस  नगरपालिकामा ५८.५९% जनसंख्या गरिबिको रेखामुनी रहेको पाईन्छ। समुन्द्र सतहबाट ३३०७ फिट देखि ११,७७९ फिट सम्मको उचाईमा रहेको छ ।
 

Quick Links

© 2025 Suchanaa. All Rights Reserved.