नेपालको संघिय संरचना अनुसार ७५३ स्थानिय तहहरु मध्य कनकासुन्दरी गाउँपालिका नेपालको खस भाषाको उदगम थलो मानिने जुम्ला जिल्लाको सिँजा क्षेत्रको केन्द्र विन्दुमा अवस्थित रहेको छ । यस गाउँपालिकाको नामाकरण गाउँपालिकाको प्रख्यात कनकासुन्दरी मन्दिरको नामबाट भएको हो । समुन्द्री सतह देखि २५१४ मिटर मिटर सम्मको उचाई मा रहेको कनकासुन्दरी गाउँपालिका भौगोलिक अवस्थितिका हिसावले २९ डिग्री २४ मिनेट ४९सेकेण्ड उतरि अक्षांश र ८२ डिग्री 0 मिनेट ५५ सेकेण्ड पुर्वी देशान्तरमा फैलिएको छ । यस गाउँपालिका जुम्ला जिल्लाको सदरमुखकाम खलंगा देखि करिव ५५ किमि दुरीमा पश्चिम भागमा रहेको छ ।यस गाउँपालिकको पुर्वमा पातारासी गाउँपालिका पश्चिममा कालिकोट जिल्लाको पलाता गाउँपालिका उतरमा मुगु जिल्लाको खत्याड गाउँपालिका र दक्षिणमा सिँजा गाउँपालिका सँग सिमाना जोडिएको छ ।जुम्ला जिल्लाको कुल भुभाग ८.११ प्रतिशल ओगट्ने यस गाउँपालिकाले २२५.३९ वर्ग कि.मि भु-भाग ओगेटेको छ । जुम्ला जिल्लामा अवस्थित कनकासुन्दरी गाउँपालिका कर्णाली प्रदेश अन्तर्गतको उच्च पहाडी विशेषता बोकेको गाउँपालिका हो साविक बुम्रमाडीचौर, मालिकाबोता कनकासुन्दरी विराट र पाण्डवगुफा गा.वि.स मिलेर बनेको यो गाउँपालिकामा ८ वडा कार्यालय सँगै यहाँको भौगोलिक अवस्थिति, ऐतिहाँसिक चिनारी र प्राकृतिक तथा सास्कृतिक उत्कृष्ठता विकासका प्रचुर सम्भावना रहेको छ ।
नामाकरणको सन्दर्भमा गाउँपालिको नामाकरण हाल वडा नं ४ मा रहेको प्रसिद्ध मन्दिर कनकासुन्दरी देविको मन्दिरको नाममा यस गाउँपालिकाको नामकरण भएको हो ।कनकासुन्दरी मन्दिर यस क्षेत्रकै प्रसिद्ध धार्मिक पिठक हो । यसका साथै यस गाउँ पालिकामा विभिन्न ८ वडा मा रहेका प्रकृतिक तथा पर्यटिकय स्थल रहेका छन (पाण्डवगुफा, विराट दरवार, गरुडनुहनी, तिलिचौरमाई, कनकासुन्दरी मन्दिर, बुढुमस्टो मन्दिर, लामाथाडा, विष्णुदेविको मन्दिर, बुलबुले पाटन, रोत पर्यटकिय ताल, छेडे महादेव मन्दिर, जार्जगुफा) आदि प्रख्यात पर्यटकिय स्थलहरु यस गाउँपालिकामा अवस्थित रहेका छन ।
गाउँपालिकाको कुल क्षेत्रफलको करिव ५५.३६% बनक्षेत्र, २६.२०% भु-भाग घाँसे मैदान वा चरण क्षेत्र र १५.१३% जमिन खेतियोग्य रहेको छ ।गाउँपालिकालाई मुल क्षेत्र बनाएर अविरल वगिरहने हिमा नदि महेन्द्रमल्लि खोला, छलसेरी खोला, धोविघाट खोला, लेतेगाड, जिउगाड, न्याउरिगाड खोलाहरु यहाँका प्रकृति सम्पदाको साथै सिचइ कुलो गर्न महत्वपुर्ण रहेका छन ।जैविक विविधताको हिसावले उच्च पर्वतिय चिसो हावापानिमा पाइने जिव थार, कस्तुरी, सुगुर, झारल, घोडल, डाँफे, कालिज, क्याडेभ्याकुर, आदि जिवहरु मुख्य रुपमा रहेका छन ।जंगल क्षेत्रमा पाइने प्रमुख जडिबुटीहरु पाखनबेद, सतुवा,पाँचऔले, गुच्छिच्याउ, जटामसि, सिलाजित, बनलसुन, कुरिल्लो, खिरौलो, सुर्कील्लो,टिपलाइटच्याउ आदि रहेका छन । यस गाउँपालिकाको माथिल्लो भेगमा अधिकांस स्थानमा बन तथ खर्कहरु रहेका छन् । गाउँपालिको उतरम देखिने रमणिय हिमाली श्रृखलाहरुले यहाको सुन्दरता बढाएको छ ।
ऐतिहाँसिक महत्व सिँजा क्षेत्रको विशेषता बोकेको यस क्षेत्रमा खस सभ्यता तथा हिन्दु साँस्कृतिको अनुपम संगम रहेको छ ।क्षेत्री ब्राम्हण, दलित, जातिहरुको मिश्रित बसोबास रहेको यस गाउँपालिकामा मुख्य बोलिचालिको भाषा खस नेपाली भषा रहेको छ। धार्मिक रुपमा हिन्दु धर्मालम्बिको उच्च बाहुल्यता रहेको यो क्षेत्रमा मनाइने मुख्य चाडपर्वहरुमा दशै, तिहार, जनैपुर्णिमा, माघे संक्रन्ति,साउन पुर्णिमा, चैत्य दशै आदि रहेका छन । धार्मित तथा भाषिक रुममा एकरुपता रहेको यस गाउँपालिकामा साँस्कृतिक चाड पर्वको समयमा गरिने विभिन्न क्रियाकलापहरुले यहाँको सामाजिक र साँस्कृतिक उत्कृष्टता झल्काउने गर्दछ । भेषभुषाका रुपमा पुरुषले मख्य रुपमा दौरा, सुरवाल,टोपि तथा कोट र महिलाले गुन्यु, चोलि र पटुकी लगाउने गर्दछन ।
Please log in to claim this directory.
No reviews yet. Be the first to rate this directory.
© 2026 Suchanaa. All Rights Reserved.
Discussion & Queries
Ask a question or share an update (e.g. number unavailable, changed address).
No comments yet. Be the first to start the discussion.