साविक गजेडि र रुद्रपुर गाविसलाई गाँभेर बनेको कञ्चन गाउँपालिका लुम्बिनी प्रदेश अन्तर्गत रुपन्देही जिल्लाका १० गाउँपालिका मध्ये एक हो । पूर्व पश्चिम लोकमार्ग अन्तर्गत बाँसगढीबाट करीब १ किलोमिटर दक्षिण ८३.२७०३५३ पूर्वी देशान्तर र २७.६४२२९१ उत्तर अक्षांशसम्म अवस्थित यो गाउँपालिका समुन्द्र सतहदेखि करीब ९२.१ मिटर को उचाइमा छ । ५८.५१ बर्ग किलोमिटर क्षेत्रफल भएको यो गाउँपालिका रुपन्देही जिल्लाको प्रतिनिधि सभा निर्वाचन क्षेत्र ५ अन्तर्गत पर्दछ । उत्तरमा सैनामैना नगरपालिका र पूर्वमा गैडहवा गाउँपालिका, पश्चिममा कपिलबस्तुको सिमाना, उत्तर-पूर्वमा सैनामैना नगरपालिका र पूर्व-दक्षिणमा गैडहवा गाउँपालिका सिमाना भित्र करिब विच भाग हुँदै उत्तरबाट दक्षिणमा बग्ने कञ्चन नदिसंगै प्राकृतिक, भौगोलिक, साँस्कृतिक, मनोरमताले यो गाउँपालिका सिंगारिएको छ । खुल्ला दिशा मुक्त, पूर्ण खोपयूक्त र पूर्ण साक्षर यस गाउँपालिकाको उत्तरपश्चिम क्षेत्रमा बाक्लो जंगल र केही भागमा बुट्यान बाहेक अन्य क्षेत्रमा खेतीयोग्य जमीन रहेको छ । राष्ट्रिय जनगणना २०७८ का अनुसार यस गाउँपालिकामा ब्राह्मण, क्षेत्री, मगर, गुरुङ, नेवार,कार्मी, सार्की, दमाइ लगाएत पहाडी मूलका विभिन्न जातजाति र रैथाने थारु, यादव, लोध, कुर्मी, हरिजन, मुसलमान आदि लगाएत जातजातिका साथसाथै विभिन्न धर्म र संस्कृतिका १०,४४० घर छन् जसमा महिला २३,१२०(५४.४%) र पुरुष १९,४०८(४५.६%) गरि जम्मा ४२,५२८ जनसंख्या रहेको छ । यस्तै यहाँको पुरुष साक्षरता दर: ८९.८% र महिला साक्षरता दर: ७७.६% रहेकाे छ भने कुल साक्षरता ८३% रहेको छ ।
© 2025 Suchanaa. All Rights Reserved.