Kankai Municipality Home / Directory
Kankai Municipality
Jamunbari
Government
Office Info
Address Jamunbari
नेपालको पूर्वमा रहेको झापा जिल्लालाई चिनाउने ऐतिहासिक स्थल मध्येका झापाको  कनकाई नदि र हिन्दु धार्मिक आस्थाको कोटीहोम साविक सुरुङ्गा गाउ विकास समितिका नामले परिचित थिए भने स्थानीय तहको पुनर्र्संरचना पछि पहिलो चरणमा सुरुङगा गाविस र घैलाडुब्बा गाविसलाई समेटि २०७१/०१/२५ गतेको नेपाल सरकारको निर्णय अनुसार यस क्षेत्रको  प्रसिद्ध धार्मिक महत्व बोकेको कनकाई नदिको नाममा यस नगरपालिकाको नामाकरण गरिएको छ। जम्मा ५३०८८ जनसंख्या रहेको यस नगरको ७९.१ वर्ग किमिमा फैलिएकोछ। यो नेपालकै पहिलो विधुत चुवहावट मुक्त र बन्द निषेधित नगरपालिका हो।
अक्षांश 260 69’ 74” - 260 57’87” देशान्तर 87092’59”- 87089’06”

क्षेत्रफल ७९.1 वर्ग कि.मि. 
उचाई ३०० मिटर सम्म (१००० फिट)

सिमाना
पूर्व विर्तामोड र अर्जुनधारा नगरपालिका उतर इलमाको माई नगरपालिका
पश्चिम शिवसताक्षी नगरपालिका दक्षिण झापा र बाह्रदशी गाउपालिका
 
निकायको काम कर्तव्य र अधिकार
 
क. नेपालको संविधानको धारा र अनुसूचि ८ बमोजिम स्थानीय तहको सरकारले गर्ने सबै कार्यहरु

१. भाग १७ बमोजिम स्थानीय सरकार (कार्यपालिका) सम्बन्धी सम्पूर्ण कार्यहरु
२. भाग १८ बमोजिम स्थानीय व्यवस्थापिका सम्बन्धी सम्पूर्ण कार्यहरु
३. भाग १९ बमोजिम स्थानीय आर्थिक कार्यप्रणाली सम्बन्धी सम्पूर्ण कार्यहरु
४. भाग २० बमोजिम संघ प्रदेश र स्थानीय तहविच अन्तर्सम्बन्धमा स्थानीय तहको दफाहरुमा उल्लेख भएका सम्पूर्ण कार्यहरु
५. अनुसूचि ८ बमोजिमको अधिकारका सूचिहरु उल्लेख भएका सबै कार्यहरु
६. अनुसूचि ९ बमोजिम संघ प्रदेश र स्थानीय तहको अधिकारका सूचिमा उल्लेख भएका र संघीय तथा प्रदेश कानून बमोजिम स्थानीय तहको जिम्मेवारीमा आउने सबै कार्यहरु
७. कनकाईनगरपालिकाको कार्यपालिका तथा व्यवस्थापिकाबाट पारित भएका सबै ऐन नियम नियम तथा कार्यविधिहरुले निर्धारण गरेका सम्पूर्ण कार्यहरु
८. अन्य स्थानीय सरकारले गर्ने कार्यहरु

 

Claim this Directory

Please log in to claim this directory.

Ratings & Reviews

0.0 (No reviews yet)
Please log in to leave a review.

No reviews yet. Be the first to rate this directory.

Discussion & Queries

Ask a question or share an update (e.g. number unavailable, changed address).

Please log in to join the discussion.

No comments yet. Be the first to start the discussion.