बारा जिल्लामा विद्यमान १६ स्थानीय तहहरु मध्ये करैयामाई गाउँपालिका जिल्लाको उत्तरपूर्व भागमा अवस्थित रहेको छ । प्रदेश नं. २ को बारा जिल्ला अन्तर्गत समतल भु-भागको विशेषता बोकेको यो गाउँपालिकामा प्राय कृषि पेशामा आश्रित धान, मकै, गहुँ, उखु जस्ता बालीहरु आयका मुख्य स्रोतहरु हुन । मिश्रित जातजाती बसोबास रहेको यस पालिकाको मुख्य बोलीचालीको भाषा भोजपुरी रहेको छ । समुन्द्र सतहबाट करिब ८८ देखि ११७ मिटर सम्मको उचाईमा रहेको र भौगोलिक अवस्थितिका हिसाबले २६ डिग्री ५८ मिनेट ० सकेण्ड देखि २७ डिग्री ४ मिनेट ५१ सेकेण्ड उत्तरीअक्षांश र ८५ डिग्री ३ मिनेट ४ सेकेण्ड देखि ८५ डिग्री ८ मिनेट १३ सेकेण्ड पूर्वी दशांन्तरमा फैलिएको छ । धार्मिक रुपमा हिन्दु धर्मालम्बीहरुको उच्च बाहुल्यता रहेको यस क्षेत्रमा मनाईने चाडपर्वहरु कृष्णाष्टमी, तीज, रक्षाबन्धन, दशै, तिहार, छठ, माघे सक्रान्ती, होली आदि रहेका छन् । भौगोलिक रुपमा ग्रामीण क्षेत्र भएता पनि यस पालिका पर्यटकीय, बातावरणीय लगायतका विभिन्न पक्षहरुबाट महत्वपूर्ण रहेको छ ।
© 2025 Suchanaa. All Rights Reserved.